स्वास्थ्य मन्त्री ढकाल : परिस्थितिको समीक्षापछि मात्रै स्कुल र हवाई यातायातबारे निर्णय गरिने
नेपाल अखबार, काठमाडाैं। कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारले भदौ पहिलो साता परिस्थितिको समीक्षा गरेर मात्रै स्कुल र हवाई यातायात सञ्चालनबारे आवश्यक निर्णय गरिने जनाएको छ। यसअघि सरकारले यी क्षेत्र भदौ १ बाट सञ्चालन गर्ने बताएको थियो।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले स्कुल–कलेज र हवाई यातायात सञ्चालनबारे समीक्षापछि मात्र निर्णय गरिने बताए।
सरकारले बिहीबारदेखि नै सडक यातायातमा जोरबिजोर प्रणाली लागू गरिसकेको छ भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ।
बुधबार मन्त्रालयले सञ्चारकर्मीहरुसँग गरेको अन्तक्र्रियामा स्वास्थ्यमन्त्री ढकालले परिस्थिति नियन्त्रणबाहिर नगएको दाबी गरे।
‘मन्त्रालयले यसअघि साउन २५ गते संक्रमितको संख्या उच्चबिन्दुमा पुग्ने र भदौ २ गतेसम्म त्यो कायम रहने अनुमान गरेको थियो। तर हिजो (साउन २०) गतेसम्मको अवस्थामा हेर्दा संक्रमणको संख्या अनुमान गरिएको भन्दा...
