Saturday, October 3

प्रशासन

इन्सपेक्टर हुँ भन्दै लुटपाट गर्ने दुई जनालाई युवक पक्राउ
प्रशासन, समाचार, समाज

इन्सपेक्टर हुँ भन्दै लुटपाट गर्ने दुई जनालाई युवक पक्राउ

नेपालअखबार, काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर) हुँ भनेर लुटपाट गरेको आरोपमा प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ घर भएका २५ वर्षीय सुमन तामाङ भनिने मिङमार तामाङ र बाग्लुङको काठेखोला गाउँपालिका–२ का ६३ वर्षीय बलबहादुर सुनार छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुमध्ये सुमनले आफू प्रहरी वृत्त स्वयम्भूको सादा पोशाकको इन्सपेक्टर भएको बताउँदै लुटपाट गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी काजीकुमार आचार्यले बताए । २२ साउनमा सुमनले काभ्रे घर भई डल्लुमा बस्दै आएका तीर्थलाल तमााङलाई आफू इन्सपेक्टर भएको बताउँदै १ तोलाको सुनको सिक्री र नगद ६७ हजार लुटपाट गरेको पाइएको प्रहरीले जनाएको छ । लुटपाट भएपछि तीर्थलालले प्रहरीमा निवेदन दिएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो...
३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न जारी अन्तरिम आदेश खारेज
प्रशासन, समाचार

३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न जारी अन्तरिम आदेश खारेज

नेपालअखबार, काठमाडौँ । सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिबारे जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ। शुक्रबार न्यायाधीशहरू विनोद शर्मा र शारंगा सुवेदीको इजलासले ३० वर्षे सेवा अवधिबाट अवकाशमा नपठाउन दिएको अन्तरिम आदेश खारेज गरेको सर्वोच्‍च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए। नेपाल प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जनाले ३० वर्षे सेवा अवधिबाट आफूहरूले अवकाश पाउन लागेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनीहरूले दायर गरेको रिटमा भदौ ६ गते सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको इजलासले प्रहरीको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशले तत्काललाई सेवा अवधिबाट अवकाशमा कसैलाई पनि नपठाउन र अवकाशको पत्र समेत कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको थियो। यसरी प्रहरीका २१ जनासहित अन्य प्रहरी अधिकारीहरूको पनि अवकाश रोकिएको थियो। तर सर्वोच्चको आदेशले प्रह...
हातमा जग्गाधनीपुर्जा, नक्सामा भेटिँदैन
प्रशासन, समाचार, समाज

हातमा जग्गाधनीपुर्जा, नक्सामा भेटिँदैन

नेपालअखबार, अर्घाखाँची । शीतगङ्गा नगरपालिका–१२ का स्थानीय बासिन्दाले सयौं वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन्। विसं २०४०/२०५६ मा नापी भएर पुर्जा पाएको जग्गाको अर्घाखाँचीमा भएको पुनःनापीबाट आफूहरूले पुर्जा पाउन नसकेको भन्दै सयौं जनाले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यायलाई ज्ञापनपत्र बुझाएका छन्। विसं २०५७ मा पाएको पहिलाको पुर्जा आफूहरूसँगै रहेको र सोही पुर्जाका आधारमा नगरपालिकामा तिरो तिर्दै आएको भए पनि पुर्जा पाउन नसकेपछि जग्गा भएर पनि सुकुम्बासीजस्तै भएको शीतगङ्गा–१२ खुम्चीकोटका स्थानीय देवेन्द्र पौडेलले बताए। उनले सयौँ वर्षदेखि चर्चेको पहिलाको जग्गाधनीपुर्जा देखाउँदा समेत पुर्जा पाउन नसकेको गुनासो गरे। वडा कार्यालय, नगरपालिकाको कार्यालय, विशेष नापी कार्यालयलगायत कार्यालयमा पटकपटक ध्यानाक...
३० वर्ष सेवा अवधिअनुसार अवकाशमा नपठाउन भन्दै प्रहरी हेडक्वाटरको सर्कुलर
प्रशासन, समाचार

३० वर्ष सेवा अवधिअनुसार अवकाशमा नपठाउन भन्दै प्रहरी हेडक्वाटरको सर्कुलर

नेपालअखबार, काठमाडौं। ३० वर्षे सेवा अवधि अनुसार अनिवार्य अवकाश हुने व्यवस्था कार्यान्वयन नगर्न भन्दै प्रहरीप्रधान कार्यालयले सर्कुलर गरेको छ । आइतबार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले पत्राचार गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार ३० वर्षे कार्यान्वयन नगर्न भन्दै पत्राचार गरेको हो । विभागका प्रमुख तथा एआईजी भीम ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘…सर्वोच्च अदालतबाट ६ भदौमा जारी भएको अन्तरिम आदेश प्रहरी प्रधान कार्यालय, महानिरीक्षकको सचिवालय कानून शाखाको पत्र यस विभागमा प्राप्त भएको छ ।’ प्रहरी नियमावलीको नियम १२७ मा उल्लेखित अनिवार्य अवकशका प्रावधानहरु मध्ये ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश हुने प्रहरी कर्मचारीहरुसँग सम्बन्धीत विषयमा अदालतको अन्तरिम आदेश बमोजिम कार्य गर्नु÷गराउनु हुन अनुरोध गरिएको छ । ३० वर्षे सेवा अवधिका कारण यही भदौ १६ मा अनि...
मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि बन्द
प्रशासन, समाचार, समाज

मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि बन्द

नेपालअखबार, गोरखा । मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि बन्द गरिएको छ । मर्स्याङ्दी नदीमा दुर्घटना भएको भारतीय नम्बरको बस निकाल्ने काम गर्नुपर्ने भएकाले आज बिहान साढे ६ बजेदेखि बिहान १० बजेसम्म सडक पूर्णरुपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । भदौ ७ गते बिहान पोखराबाट भारतीय पर्यटकहरुलाई लिएर काठमाडौं आउँदै गरेको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाकाे मृत्यु  भएको थियो भने १६ जना घाइते भएका थिए । शव संकलन गरी भारत पठाइसकिए पनि बस भने निकाल्न सकिएको छैन । आज ठूला मेसिन उपकरणहरु प्रयोग गरी बस निकालिने भएकाले मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि पूर्णरुपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत मैता बहादुर गुरुङले जारी ...
राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश
प्रशासन, समाचार

राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश

नेपालअखबार, काठमाडौं । सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य  गर्ने  सरकारको  निर्णय   तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो । राष्ट्रिय परिचयपत्र जारी गर्न सरकारले ढिलाइ गरिरहेको र त्यसलाई अनिवार्य गर्दा कैयौ जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुने भन्दै अधिवक्ता रामबहादुर रावल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । सरकारले सामाजिक सुरक्षा भत्ता लिन, मोबाइलको सिमकार्ड लिन र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । यसअघि २४ जेठ २०८१ को मन्त...
आवश्यक कर्मचारी नहुँदा जनलोकपाल आयोग कामविहीन
प्रशासन, समाचार, समाज

आवश्यक कर्मचारी नहुँदा जनलोकपाल आयोग कामविहीन

नेपालअखबार, जनकपुरधाम । जनलोकपाल आयोगलाई आवश्यक  स्रोतसाधन एवं जनशक्तिको अभाव भएको छ । मधेस प्रदेश सरकारले प्रदेशमा सुशासन कायम गर्ने उद्देश्यले तीन वर्ष अगाडि उक्त आयोग स्थापना गरेको थियो । साथै प्रदेश सरकारले जनगुनासोलाई सम्बोधन गर्न उक्त आयोगको परिकल्पना गरेको थियो । आयोगका अध्यक्ष रामसहाय राययादवले भने, “आफूले आयोगको जिम्मेवारी सम्हालेको तीन वर्ष पूरा हुन लाग्यो । सुशासन प्रवर्द्धनका क्षेत्रमा चाहेजति काम गर्न नसकेको  छैन । आयोगको मुख्य उपलव्धि देखाउन नपाउँदा मन दुःखी भएको छ ।”  प्रदेश सरकारले नै ‘आयोग सक्षम होस्’ भनेर नचाहेको जस्तो देखिएको  उनले गुनासो गरे। आयोगका सदस्य राजकिशोर साहले प्रदेशमा सुशासन कायम गर्न आयोगले चाहेजस्तो  कार्य सम्पादन नसकेको बताए । उनले भने, ‘प्रदेश सरकारले आयोगलाई सुदृढ बनाउन आवश्यक स्रोतसाधन उपलब्ध गराउनुपर्छ । श्रोत साधन  उपलब्ध नगराउँदा कामविहीन भयौँ ...
बागमतीका मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेद्वारा शपथ ग्रहण
प्रशासन, समाचार

बागमतीका मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेद्वारा शपथ ग्रहण

नेपालअखबार,हेटौँडा । बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा नवनियुक्त मुख्य न्यायाधिवक्ता काफ्लेले शपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र मुख्यमन्त्री बहादुरसिंह लामाको उपस्थितिमा मुख्य न्यायाधिवक्ता काफ्लेले शपथ ग्रहण गरेका हुन् । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले मुख्य न्यायाधिवक्ता काफ्लेलाई शपथ ग्रहण गराएका हुन् । गत भदौ २ गते प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम दोलखा तामाकोशी गाउँपालिका–३ का काफ्लेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । मुख्यमन्त्री लामाको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए । २५ वर्षदेखि कानुन व्यवसायीको रूपमा कार्य गर्दै आएका काफ्लेले यसअघि प...
सर्वोच्चले प्रहरीको ३० वर्षे कार्यान्वयनमा लगायो रोक
प्रशासन, समाचार

सर्वोच्चले प्रहरीको ३० वर्षे कार्यान्वयनमा लगायो रोक

नेपालअखबार, काठमाडौं । सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश दिएको छ । १६ भदौमा अवाकाश हुन लागेका २१ प्रहरी अधिकारीले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उनीहरुलाई अवकाश नदिन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले यसअघि बृहत पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेश पालना भएको नदेखिएको भन्दै उनीहरुको हकमा जिम्मेवारी परिवर्तन नगराउन पनि अन्तरिम आदेश  दिएको छ । सर्वोच्चले यो विवादमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ र १० असोजमा पूर्ण सुनुवाइका लागि पेश गर्न पनि आदेश दिएको छ ।प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित नेपाल प्रहरीका २१ जना अधिकारीले आफूहरुलाई ३० वर्षे सेवा अवधिका आधारमा १६ भदौमा अवकाशमा पठाउन खोजिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, प्रहरी ...
पुरुषबाट महिला बनेका र जन्मँदाकै महिलाको अधिकार फरक कि एकै?
प्रशासन, समाचार, समाज

पुरुषबाट महिला बनेका र जन्मँदाकै महिलाको अधिकार फरक कि एकै?

नेपालअखबार, काठमाडौं । 'स्वअनुभूतिको आधारमा लैङ्गिक पहिचान पाउनु व्यक्तिको संवैधानिक हक नै हो,यो हक निवेदकले उपभोग गर्न पाएको अवस्था छैन,'अधिवक्ता सञ्जय अधिकारीले सर्वोच्च अदालतमा गरेको बहसमा उठाएको प्रश्न हो यो। यौनाङ्गको आधारमा केटा भनी पहिचान गरियो, त्यसै अनुसार नाम पनि राखियो। निवेदकले आफू महिला रहेको अनुभूत गरे। आफ्नो नाम रुक्सना राखे। राज्यले उनी जस्ता व्यक्तिलाई दिएको छुट्टै लैङ्गिक पहिचान अन्यमा नागरिकता लिए। अन्यको सट्टा महिला कायम गर्न दायर गरेको रिट निवेदनमा अधिवक्ता अधिकारीले अन्य नाम तथा लैङ्गिक विवरण बदर गरी महिला कायम गर्ने आदेश मागे। सरकारी निकायका तर्फबाट सहन्यायाधिवक्ता गोविन्द खनालले एकपटक लिङ्ग अन्य लेखी नागरिकताको प्रमाणपत्र प्राप्त गरिसकेपछि फेरि कुनै वस्तुगत प्रमाण विना नै लिङ्ग संशोधन हुने विषय नभएको दलिल पेस गरे। यसले सामाजिक परिवेश र परिपाटीलाई नै प्रतिकु...