Sunday, October 4

प्रशासन

सर्वोच्चमा प्रहरीमाथि हातपात गरेको आरोपमा एक वकिल पक्राउ
प्रशासन, समाचार, समाज

सर्वोच्चमा प्रहरीमाथि हातपात गरेको आरोपमा एक वकिल पक्राउ

नेपालअखबार, काठमाडौँ । सर्वोच्च अदालतमा एक जना महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जना वकिललाई पक्राउ गरेको छ। सोमबार दिउँसो सवा २ बजेतिर प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ११ माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई पक्राउ गरेको हो। उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। सर्वोच्चका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदनको फैसला भएको नक्कल लिने विषयमा विवाद भएको थियो। आपसी भनाभन हुँदा प्रहरी बोलाइएको थियो। प्रहरीले सोधपुछ गर्न खोज्दा वकिल चौधरीले महिला प्रहरी कर्मचारीमाथि हात हालेको एसपी अधिकारीले बताए।  यसरी अभद्र व्यवहार गरेको भन्दै प्रहरीले चौधरीलाई पक्राउ गरेको हो।...
प्रहरीका ८ सय २ युनिट शौचालयविहीन
प्रशासन, समाचार

प्रहरीका ८ सय २ युनिट शौचालयविहीन

नेपालअखबार, काठमाडौँ । नेपाल प्रहरीका ८ सय २ युनिट शौचालयविहीन अवस्थामा छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता (डीआईजी) दानबहादुर कार्कीले देशभरका ८ सय २ युनिटमा शौचालय नभएको जानकारी दिए । २०८० साउनपछि २०८१ असार मसान्तसम्मका गरेका कार्य प्रगतिबारे जानकारी दिँदै डीआईजी कार्कीले शौचालय नभएका ठाउँमा ‘दुःख जिलो गरेर प्रहरी कर्मचारीहरू शान्ति सुरक्षामा खटिने गरेको’ बताए । देशभरका १ हजार ८५८ युनिटमा मात्र शौचालय रहेको उनले बताए । नेपाल प्रहरीमा ८३३ प्रहरी युनिटको मेस छैन । सरकारबाट स्वीकृत २ हजार ६६० स्थानमा अहिले प्रहरी युनिटहरूले शान्ति सुरक्षा र अपराध अनुसन्धानको काम गरिरहेका छन् । सुरक्षा कायम राख्न ९ सय २१ ठाउँमा अस्थायी प्रहरी पोस्ट माग भएको डीआईजी कार्कीले बताए । उनले भने– ‘माग अनुसार अस्थायी प्रहरी पोस्ट स्थापना गर्न २७ हजार जनशक्ति चाहिन्छ ।’...
५ एसपीको काज सरुवा
प्रशासन, समाचार

५ एसपीको काज सरुवा

नेपालअखबार, काठमाडौं । पाँच जना प्रहरी उपरीक्षक (एसपी)को काजमा सरुवा भएको छ । उनीहरूलाई आवश्यकता अनुसार काज खटाइएको प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले जनाएको छ । जिप्रका तनहुँका एसपी अपिलराज बोहरा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत, प्रधान कार्यालयको कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखाका वीरेन्द्रबहादुर शाही तनहुँ, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका रामप्रकाश शाह राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार खटिएका छन् । यस्तै, उदयपुरका एसपी अन्वेषण, योजना तथा विकास निर्देशनालय नक्साल र बागमती प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाका हरिहरनाथ योगीलाई उदयपुर खटाइएको छ ।...
महान्यायाधिवक्‍ता रमेश बडालले पद तथा गोपनीयताको शपथ लिए
प्रशासन, समाचार

महान्यायाधिवक्‍ता रमेश बडालले पद तथा गोपनीयताको शपथ लिए

नेपालअखबार, काठमाडौं । नेपाल सरकारको महान्यायाधिवक्‍ता रमेश बडालले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शितलनिवासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए। प्रधानमन्‍त्री केपी शर्मा ओलीले संविधानको धारा १५७ को उपधारा २ बमोजिम बडाललाई महान्यायाधिवक्तामा सिफारिस गरेका थिए।काठमाडौं महानगरपालिका वडा नम्बर ६ चाबहिल बस्ने वरिष्ठ अधिवक्ता बडाल नेकपा एमालेका कानुन विभाग प्रमुख समेत हुन्।...
बन्द भएका चिनी मिल सञ्चालन गर्न संसदीय समितिले निर्देशन
प्रशासन, समाचार, समाज

बन्द भएका चिनी मिल सञ्चालन गर्न संसदीय समितिले निर्देशन

नेपालअखबार, काठमाडौँ । बन्द भएका सरकारी तथा निजी क्षेत्रका चिनी मिल सञ्चालन गर्न संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभाअन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको उपसमितिले उखु किसानका समस्याको अध्ययन गरी चिनी कारखाना सञ्चालनका लागि निर्देशन दिएको हो । उद्योग समितिले उखु किसानका समस्या अध्ययनका लागि बनाएको उपसमितिले २०८० मंसिर २८ देखि ३० गतेसम्म र फागुन ३ देखि ५ गतेसम्म उखु उत्पादनका लागि पकेट क्षेत्र मानिने सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र मधेस प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा रहेका चिनी मिलहरूको अध्ययन गरेको थियो । उपसमितिले उखु कृषि क्षेत्रहरूको स्थलगत अनुगमन तथा उखु किसानहरू, चिनी उद्योगी व्यवसायीहरू, चिनी मिलहरूमा कार्यरत मजदुरहरू, सरोकारवाला सरकारी निकायहरू, मधेस प्रदेश सरकारका मुख्यमन्त्रीसहित सम्बन्धित सरो...
चार निर्माण व्यवसायी र आपूर्तिकर्ता परे कालोसूचीमा परे
प्रशासन, समाचार

चार निर्माण व्यवसायी र आपूर्तिकर्ता परे कालोसूचीमा परे

नेपालअखबार, काठमाडौँ । विभिन्न आयोजनाहरू ठेक्का लिएर समयमा काम नगर्ने निर्माण कम्पनी र व्यवसायीहरू कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा ४ निर्माण कम्पनी तथा व्यवसायीहरूलाई डेढदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो। बि.एस कन्स्ट्रक्सन, दीपायल र त्यसका मुख्य व्यक्ति असोककुमार श्रेष्ठ, डोटीको भैरव शक्ति निर्माण सेवा र त्यसका मुख्य व्यक्ति शिव बहादुर खड्कालाई दुई वर्षका लागि कालो सूचीमा राखिएको छ। त्यस्तै भारतको भटिन्डा सेरामिक्स प्रालि र त्यसका सञ्चालक भूषण अग्रवाललाई डेढ वर्ष सम्मका लागि कोलोसूचीमा राखिएको छ। काठमाडौंको मस्टा जे.बि.डि कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालि र त्यसका सञ्चालक पदम बहादुर तामाङलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ।  ...
राष्ट्रपतिले गरे तीन वटा विधेयक प्रमाणीकरण
प्रशासन, राजनीति, समाचार

राष्ट्रपतिले गरे तीन वटा विधेयक प्रमाणीकरण

नेपालअखबार,काठमाडौँ  ।  राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा उनले आर्थिक विधेयक-२०८१, राष्ट्र ऋण उठाउने विधेयक-२०८१ र भन्सार महसुल विधेयक-२०८१ प्रमाणीकरण गरेका हुन्। राष्ट्रपतिले ती विधेयक संविधानको धारा ११३ उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।...
सिमलताल पहिरो: फेला परेका तीनवटै शव बेपत्ता बसका यात्रीको भएको पुष्टि
प्रशासन, समाचार, समाज

सिमलताल पहिरो: फेला परेका तीनवटै शव बेपत्ता बसका यात्रीको भएको पुष्टि

नेपालअखबार, चितवन । नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको प्रहरीले जनाएको छ । शुक्रबार काठमाडौँबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदैै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा बगेका थिए । काठमाडौँबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए ।  बेपत्ता बस र यात्रुको आज पनि खोजी सुरु भएको छ । पहिरो खसेको सिमलताल र नारायणी नदी क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। रासस...
प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी, ६ जना पक्राउ
प्रशासन, समाचार

प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी, ६ जना पक्राउ

नेपालअखबार, काठमाडौं । प्रहरी जवान पदमा अर्कैको नाममा परीक्षा दिइरहेका ६ जना पक्राउ परेका छन् । शनिबार भएको प्रहरी जवान पदको लिखित परीक्षामा ६ जना परीक्षार्थीको नाममा अर्कै व्यक्तिले परीक्षा दिइरहेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । पक्राउ पर्नेमा रित शाहीको नाउँमा परीक्षा दिने अभिषेक शाही, हिक्मतबहादुर थापाको नाउँमा परीक्षा दिने इशाक तामाङ, शर्मिला शाहीको नाउँमा परीक्षा दिने तृप्ती सुन्दास, रोशन खत्रीको नाउँमा परीक्षा दिने पारस बुढा, सविन महराको नाउँमा परीक्षा दिने रवीन्द्र महरा र प्रदीप बस्यालको नाउँमा परीक्षा दिने दिनेश चन्द छन् । उनीहरुमध्ये ३ जना प्रहरी वृत्त बानेश्वर, २ जना प्रहरी वृत्त गौशाला र एक जनालाई  प्रहरी बृत्त सिंहदरबारमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।...
मानव बेचविखनमा दोषी ५ जनालाई जेल सजाय
प्रशासन, समाचार

मानव बेचविखनमा दोषी ५ जनालाई जेल सजाय

नेपालअखबार, मलेखु (धादिङ) । १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार र सङ्गठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ । जिल्ला अदालत धादिङले दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये तीन जनालाई सफाइ दिएको र पाँच जनालाई कसुर कायम गरेको हो । न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले शुक्रबार जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको हो । फैसलाअनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ की गीता न्यौपाने, काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ की कविता बानियाँ (आचार्य) र सोलुखुम्बूको नेचा सल्यान गाउँपालिका–२ की कमला परियारलाई एउटा मुद्दामा १८ वर्ष नौ महिना र थप अर्को मुद्दामा १० वर्ष कैद र एक लाख ७५ हजार जरिवानाको सजाय भएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए । उनीहरुले पीडितलाई ५० हजार क्षतिपूर्ति दिनुपर्ने पनि फैसलामा उल्...