Monday, October 5

प्रशासन

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
प्रशासन, समाचार, समाज

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

नेपालअखबार ,म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ । बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ । पुल निर्माणपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए । नाम्डोक खोलामा ५० मिटर लामो मोटरेबल पुल निर्माण गर्न मुक्तिनाथ-अमित जेभीले विसं २०७६ असार ३१ गते ६ करोड ३७ लाखमा ठेक्का सम्झौता गरेको थियो । आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले हस्तान्तरणको चरणमा रहेको पुलमा सवारीसाधन सञ्चालन भएका बताए । दुई सय दुई किलोमिटर बेनी-जोमसोम कोरला सडकमा नाम्डोक खोलासहित थप ६ वट...
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने
प्रशासन, समाचार

भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने

नेपालअखबार ,पर्सा । भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते बेलुका ६ बजेसम्म भारतसँग जोडिएका पर्साको सीमानाका बन्द हुने जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनलाई लक्षित दुई देशबिचको सीमानाका बन्द हुने बताए । “दुवै मुलुकमा निर्वाचन हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार सीमानाका बन्द गर्ने सहमति भएको छ”, उनले भने, “भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा हुन गरिरहेको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न शुक्रबार बसेको बिडिसिसी बैठकको निर्णयअनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको छ ।...
अनलाइनमार्फत १६ लाख ठगेको आरोपमा ४ जना पक्राउ
प्रशासन, समाचार

अनलाइनमार्फत १६ लाख ठगेको आरोपमा ४ जना पक्राउ

नेपालअखबार , काठमाडौँ । सामाजिक सञ्जाल फेसवुक, ह्वाट्स एस र इन्स्टाग्राममार्फत साथी बनेर रकम ठगेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध घर भएर काठमाडौँ बस्ने ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बु घर भएका ३० वर्षीय संजय बस्नेत, नुवाकोट घर भएका १९ वर्षीय छेवाङ लामा र सिन्धुपाल्चोक घर भएका २१ वर्षीय करण तामाङ गोले छन् । आरोपीहरूले पीडितहरूलाई प्रलोभनमा पारेर पार्सल र अनलाइनमा लगानी गरेमा दोब्बर हुन्छ भनेर रकम ठगेको हुन् । उनीहरुले अनधिकृत रूपमा इसेवा आइडीमा समेत पहुँच राखेर बैंक खाता र वालेटबाट १६ लाख ५९ हजार ट्रान्सफर गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले  बताए । बायनान्स एपमार्फत संजय बस्नेत र करण तामाङ गोलेले १० करोड ९५ लाख ४२ हजार रुपैयाँ कारोबार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।...
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए
प्रशासन, समाचार

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

नेपालअखबार , काठमाडौँ । गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ। शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट पर्वत, बागलुङ र बाँकेका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको हो। पर्वतको प्रजिअमा सहसचिव केदारनाथ शर्मालाई पठाइएको छ भने बागलुङमा नेत्रप्रसाद सुवेदीलाई सरूवा गरिएको छ। त्यस्तै बागलुङका प्रजिअ खगेन्द्रप्रसाद रिजालला सरूवा गरी बाँके पठाइएको छ। सूचनाः...
‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
प्रशासन, समाचार, समाज

‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन

नेपालअखबार ,सुरुङ्गा । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सेवनकर्ता, बिक्रेता र ओसारपसारमा संलग्नलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये २५ महिला समेत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । लागुऔषध कारोबारमा संलग्नमध्ये  स्वदेशी तीन सय २५ पुरुष र २५ महिला तथा  १८ विदेशी पुरुष र चार विदेशी महिला रहेका छन् । सोही अवधिमा झापामा लागुऔषधका दुई सय ४० वटा मुद्दा दर्ता भएका छन् । जसमा  खैरो हिरोइन एक हजार नौ सय ४४ ग्राम चार हजार छ सय ४० मिलिग्राम र २६ केजीभन्दा बढी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउन महिनामा ३४ पुरुषसहित ३७ जना मानिस लागुऔषधसहित पक्राउ परेका थिए । त्यस्तै भदौ महिनामा ४२ जना मानिससहित १० केज...
‘नीति लचक बनाएर उत्साह बढाउने प्रयास’
अर्थ, प्रशासन, समाचार

‘नीति लचक बनाएर उत्साह बढाउने प्रयास’

नेपालअखबार , काठमाडौं । केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षा मार्फत भएका परिमार्जनले बजारमा केही हदसम्म उत्साह र आर्थिक गतिविधि बढाउन मद्दत पुग्ने जनाएको छ । मौद्रिक नीति समीक्षापछि ‘भर्चुअल’ माध्यमबाट पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंक प्रवक्ता डा. गुणाकर भट्टले आर्थिक स्थायित्व र वित्तीय स्थायित्वलाई कसरी प्रवद्र्धन गर्ने र आर्थिक गतिविधि कसरी विस्तार गर्ने भन्नेमा मौद्रिक नीति केन्द्रित भएको बताए । मौद्रिक नीति समीक्षा मार्फत बजारमा केही हदसम्म उत्साह बढाउन प्रयास गरेको उनले दाबी गरे । समीक्षामा राष्ट्र बैंकले पूँजीकोष समस्या समाधान गर्न आवश्यक उपकरणमा सहजीकरण गर्ने, असल वर्गको कर्जामा कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाएर १.२ प्रतिशत गर्दा हुने व्यवस्था गर्नेजस्ता नीति लिएको छ । यस्तै शिथिल देखिएको घरजग्गा कारोबार बढाउन व्यक्तिगत घरजग्गा खरिदमा कर्जा आम्दानी अनु...
नक्कली डाक्टर पक्राउ
प्रशासन, समाचार

नक्कली डाक्टर पक्राउ

नेपालअखबार ,काठमाडौं । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो। प्रहरीकाअनुसार नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरिएको हो। उनीहरूको कागजपत्र हेर्दा शंका लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौँ पठाउँदा डाक्टर भनिएका भूपेन्द्रबहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि बुधबार दुवै जनाविरुद्ध इजलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको  छ। प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले दुवै जनाविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको जानकारी दिए। अभियुक्तहरूले दिपायल सिलगढी नगरपालिका–४ मा शि...
सर्वोच्चले अशोक राई नेतृत्वको जसपालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश
प्रशासन, राजनीति, समाचार

सर्वोच्चले अशोक राई नेतृत्वको जसपालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश

नेपालअखबार ,काठमाडौँ । सर्वोच्च अदालतले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर राईसहित ७ जना सांसदले २०८१ साल वैशाख २३ गते छुट्टै दल दर्ता गराएका थिए। निर्वाचन आयोगले उक्त दललाई वैशाख २४ गते दर्ता गरेको थियो। आयोगको निर्णयविरूद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। न्यायाधीश विनोद शर्माको इजलासले दुवै पक्षलाई छलफलका लागि जेठ ८ गतेका लागि बोलाएको छ। सर्वोच्चले दल विभाजन सम्बन्धी कतिपय काम कारबाही भइरहेको भन्दै त्यसलाई यथास्थितिमा राख्न समेत निर्देशन दिएको छ। आयोगले छुट्टै दलको मान्यता दिएसँगै प्रदेशहरूमा सांसदहरूलाई दल रोज्न २१ दिनको समय दिएको थियो। सर्वोच्चले उक्त कामबारे निष्कर्षमा पुग्न आयोगसँग छलफल गर्नुपर्ने भनेको छ।...
आज सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै
प्रशासन, समाचार

आज सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

नेपालअखबार ,काठमाडौँ । उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा बुधबार सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि  बुधबार सुनुवाइ हुने भएको हो। यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो।...
तार भूमिगत गर्न काठमाडौँका यी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने
प्रशासन, समाचार, समाज

तार भूमिगत गर्न काठमाडौँका यी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने

नेपालअखबार , काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम धमाधम भइरहेको छ । जसले उपत्यकाको विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित भइरहेको छ । प्राधिकरणले जेठ ३ गते नयाँबजार, जेठ ५ गते नयाँबजार र क्षेत्रपाटी, जेठ ६ गते भिमसेनस्थान र जेड ८ गते भिमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । उल्लिखित फिडरहरू अन्तर्गतका विभिन्न स्थानमा बिहान ११ः०० बजेदेखि साँझ ०५ः०० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।...