त्रिवेणी भन्सार: क्वारेनटाइन निर्माण नहुँदा निकासी पैठारी शून्य
नेपालअखबार, नवलपरासी। ६ वर्ष अगाडि मूल भन्सारमा स्तरोन्नति भएको त्रिवेणी भन्सार कार्यालय नाम मात्रको ‘मूल भन्सार’ बनेको छ।
भारतसँग सीमा जोडिएको गण्डकी प्रदेशकै एकमात्र यस भन्सारमा आवश्यक पर्ने क्वारेनटाइनको निर्माण नहुँदा हालसम्म निकासी पैठारी हुनसकेको छैन।
विसं २०७६ फागुनमा मूल भन्सारको मान्यता पाएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–७ मा रहेको यस भन्सारमा हालसम्म क्वारेनटाइन निर्माण हुन नसक्दा मालसामान निकासी पैठारी शून्य छ।
फागुन २०७६ अगाडि यस भन्सार भैरहवा भन्सार कार्यालयको छोटी भन्सारको रूपमा रहेको थियो। संघीय सरकारको निर्णयअनुसार मूल भन्सारको मान्यता पाएको यस भन्सारमा आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा भारततर्फ पठाउने मालसामान र भारतबाट नेपाल भित्रिने मालसामानको अवस्था शून्य रहेको भन्सार कार्यालयले जनाएको छ।
त्रिवेणी भन्सार कार्यालयका प्रमुख भन्स...










