Thursday, September 3

प्रशासन

एकैपटक ६० जना सहसचिवको सरुवा (सूचीसहित)
प्रशासन, समाचार

एकैपटक ६० जना सहसचिवको सरुवा (सूचीसहित)

नेपालअखबार , काठमाडौं । सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । सरकारको निर्णयअनुसार मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ । रुद्रप्रसाद पण्डितलाई गृहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लगिएको छ । बाग्मतीको सामाजिक विकास मन्त्रालयका ससचिव रहेका भीष्मकुमानर भुसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायणप्रसाद भट्ट र नवराज ढुंगानालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ । कमलप्रसाद भट्टराई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधामनन्त्री कार्यालयमा सरुवा भएका छन् । हेर्नुस् को कहाँ भए सरुवा ?    ...
पोखरामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’
प्रशासन, समाचार, समाज

पोखरामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’

नेपालअखबार, पाेखरा । दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिका–२५ हेम्जामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरु भएको छ । “महानगरको नमूना कार्यक्रमका रुपमा वडा नं.२५ बाट यो कार्यक्रम सुरु गरिएको छ । ज्येष्ठ नागरिकसँगै जुनसुकै उमेरका दीर्घरोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन्छौँ”, हेम्जा स्वास्थ्यचौकीका प्रमुख कुश्मराज सुवेदीले भने ।  सरकारले सूचिकृत गरेका औषधि पनि  निःशुल्क वितरण गरिने उनले बताए । समुदायमा स्वास्थ्य सचेतना र प्रवद्र्धनका कार्यक्रम सँगसँगै सञ्चालन गरिने उनले बताए । कार्यक्रमअन्तर्गत विशेष गरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने, औषधि नियमित रूपमा खाएनखाएको अनुगमन गरिने छ । दुई महिनाको एकपटक बिरामीको घरमै पुगेर सेवा प्रवाह गर्ने कार्यविधि बनेको छ । आधा...
पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै
प्रशासन, समाचार

पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै

नेपालअखबार,काठमाडौँ । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुई वटा कार्यालय स्थापना हुने भएका छन्। सहरी विकास तथा खानेपानी मन्त्रालय र उद्योग पर्यटन तथा सहकारी मन्त्रालयले यहाँ डिभिजन कार्यालय स्थापना गर्न लागेका हुन् । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा सहकारी मन्त्री एवं पश्चिम नवलपरासी क्षेत्र नम्बर २ (१) बाट स्वतन्त्र रुपमा निर्वाचित प्रदेशसभा सदस्य खड्ग बस्नेतले ती कार्यालय स्थापनाको प्रक्रिया प्रारम्भ भएको बताए। चालु आर्थिक वर्षको अन्त्य सम्ममा दुवै कार्यालय स्थापना गर्नेगरी काम अघि बढाइएको उनले जानकारी दिए । प्रदेशको समग्र विकासका साथै जनतालाई राज्यबाट सहज रूपमा सेवा प्रवाह गर्न ती कार्यालय आवश्यक भएकाले प्रदेश सरकारले त्यसलाई उच्च प्राथमिकतामा राखेको मन्त्री बस्नेतले बताए।...
आज सन्दीप लामिछानेको मुद्दामा पेशी
प्रशासन, समाचार

आज सन्दीप लामिछानेको मुद्दामा पेशी

नेपालअखबार, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो । मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आजका लागि पेशी तोकिएको थियो । त्यसअघि, न्यायाधीश द्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले गौशाला २६को जन्म दर्ता प्रमाणपत्र झिकाउने आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।...
नेपालले आफ्नै रु पे कार्ड ल्याउँदैछ : गभर्नर
अर्थ, प्रशासन, समाचार

नेपालले आफ्नै रु पे कार्ड ल्याउँदैछ : गभर्नर

नेपालअखबार,काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भारतले २०१६ मा ५ सय र १ हजार दरका नोट प्रतिबन्ध लगाउँदा राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रुपैयाँ अहिलेसम्म पनि बुझाउन नसकिएको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै गभर्नर अधिकारीले भारतीय पैसा नेपालको बैकिङ प्रणालीमा कारोबार गरेर भारतलाई बुझाउने व्यवस्था नभएकाले भारतीय पैसा बैकिङ कारोबारमा समस्या रहेको बताएका हुन् । उनले भारतले सन् २०१६ नोभेम्बर ८ मा भारतले ५ सय र १ हजार दरका नोट प्रतिबन्ध लगाउँदा राष्ट्र बैंकसँग रहेको साढे ५ करोड रुपैयाँ अहिलेसम्म फिर्ता गर्न नसकेको बताए । उनले २०१३ सालमा नेपाल राष्ट्र बैंक भारतीय मुद्रा हटाउनको लागि स्थापना भएको बताए । भारतीय श्रमिकहरूलाई दिने भुक्तानीको लागि राष्ट्र बैंकले नेपालमा आवश्यक भएको भारतीय मुद्राहरू मौज्दात राख्ने गरेको उनले ज...
खैरो हिरोइनसहित पोखराबाट २ जना पक्राउ
प्रशासन, समाचार, समाज

खैरो हिरोइनसहित पोखराबाट २ जना पक्राउ

नेपालअखबार, पोखरा । पोखराबाट खैरो हिरोइनसहित २ जना पक्राउ परेका छन् । पोखरा ३० खुदीमा लागूऔषध कारोबार भएको सूचना पाएपछि खानतलासी गर्दा खैरो हिरोइनसहित उनीहरु पक्राउ परेका हुन् । सडक किनारमा पार्किङ गरिराखेको ग११प ७७४५ नम्बरको स्कुटरबाट ०.६२ ग्राम खैरो हिरोइन बरामद भएको हो । कारोबारमा संलग्न भएको आरोपमा पोखरा ३० खुदीका २६ वर्षीय किरण पौडेल र २४ वर्षका वसन्तराज घिमिरे पक्राउ परेका छन् । उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए ।...
प्रहरी प्रवक्तामा एसएसपी दान बहादुर कार्की
प्रशासन, समाचार

प्रहरी प्रवक्तामा एसएसपी दान बहादुर कार्की

नेपालअखबार,काठमाडौँ । नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्की तोकिएका छन् । आईजीपी वसन्त कुँवरले कार्कीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् । यसअघिका प्रवक्ता भीम ढकाल अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा भएसँगै सो जिम्मेवारी उनलाई दिइएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको कमाण्ड गरिसकेका कार्की आईजीपीको सचिवालयमा कार्यरत छन् ।...
सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
प्रशासन, समाचार, समाज

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

नेपालअखबार,काठमाडौँ । जनकपुरमा सहकारीको ८० लाख रूपैयाँ लुटेको आरोपमा दुईजना  पक्राउ परेका छन्। धनुषा प्रहरीले  धनुषाकै जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये १४ लाख ५३ हजार रूपैयाँ बरामद गरेको उनले बताए। गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनास्थित पोखरीबाट धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख लुटिएको थियो। सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले जनकपुरको हिमालय बैंकबाट ८० लाख रूपैयाँ रकम निकालेर लैजाँदै गरेको अवस्थामा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा सवार तीन जनाले रकम भएको झोला लुटेर फारर भएका थिए। घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।...
कालोपत्रे गरिँदै घलेगाउँबाट भुजुङ जोड्ने सडक
प्रशासन, समाचार, समाज

कालोपत्रे गरिँदै घलेगाउँबाट भुजुङ जोड्ने सडक

नेपालअखबार,बेसीसहर। गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र गर्न थालिएको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बेसीसहर–बागलुङपानी–घलेगाउँ सडक आयोजनाअन्तर्गत बागलुङपानीदेखि घलेगाउँतर्फ कालोपत्र गर्न सुरु गरिएको हो। बागलुङपानी–घलेगाउँ जोड्ने १० किमिमा कालोपत्र र घलेगाउँदेखि मस्याङ्दी गाउँपालिका–१ हुँदै क्व्होलासोथार–४ भुजुङ जोड्ने सात किमि सडक ग्राभेल गर्ने कामले तीव्रता पाएको पूर्वाधार विकास कार्यालय लजमुङले जनाएको छ। कान्छाराम कन्सट्रक्सनले विसं २०७६ मा ३६ करोड ६६ लाखमा ठेक्का सम्झौता गरेको यो सडक आयोजना विसं २०७८ मा सम्पन्न हुनु पर्नेमा कोरोना महामारीका कारण पछाडि धकेलिएको थियो। दुई वर्षपछि निर्माणले गति लिएको सडकको बागलुङपानीदेखि घलेगाउँतर्फ प्रिमिक्स प्रविधिको कालोपत्र गर्न थालिएको प...
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत
प्रशासन, शिक्षा, समाचार

आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा सञ्चालित शिक्षण संस्थाहरू र अस्पताल तथा सोमा आबद्ध शिक्षक, प्रशिक्षक तथा कर्मचारीहरूमा स्वास्थ्य सेवा नियमित गर्न र कानुन बमोजिम कार्य मात्र गर्न सचेत गराएको छ । महानगरले आज एम सूचना जारी गर्दै  शिक्षण संस्थाहरूमा आबद्ध अस्पतालहरूमा स्वास्थ्य सेवा प्राप्त गर्न जाँदा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू एवं कर्मचारीहरू उपलब्ध नहुने गरेको, सो समयमा अन्यत्र काम गर्ने गरेको, शल्यक्रिया, सिटी स्क्यान, एमआरआई स्क्यान जस्ता सेवाहरूका लागि महिनौँसम्म कुर्नुपर्ने भनी सर्वसाधारणहरूको गुनासाहरू आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४१ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ३७ (क) मा चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका शिक्षक, प्रशिक्षक तथा कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहितामा ...