Thursday, August 6

प्रशासन

पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै सुनुवाइ स्थगित
प्रशासन, समाचार

पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै सुनुवाइ स्थगित

नेपालअखबार, काठमाडौँ । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको छ । उनको निधनको खबरपछि सर्वोच्च अदालतमा तोकिएका सबै पेशीको सुनुवाइ स्थगित भएको छ । पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ । आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धी विवादको सुनुवाइ हुने तय भएपनि योसहित सबै स्थगित हुने भएको छ । तर, प्रशासनीक कार्यहरु भने निरन्तर हुने सर्वोच्चले जनाएको छ ।...
राजस्व छली आरोपमा काठमाडौंबाट चिनियाँ नागरिकसहित दुई जना पक्राउ
प्रशासन, समाचार

राजस्व छली आरोपमा काठमाडौंबाट चिनियाँ नागरिकसहित दुई जना पक्राउ

नेपालअखबार,काठमाडौँ ।राजस्व छली गरेको आरोपमा काठमाडौंबाट चिनियाँ नागरिकसहित दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौं महानगरपालिका वडा नम्बर १७ क्षेत्रपाटी र ठमेलबाट दुई जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। प्रहरीले जियाङ सु होटल एण्ड रेष्टुरेन्ट प्रालिका संचालक चिनियाँ नागरिक याओ लियाङलिन र ठमेलको होटल छेन्दु प्रालिबाट दिपेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो। दिपेन्द्र महोत्तरी घर भई चाँगुनारायण नगरपालिका-१ बस्छन्। सिआइबीको टोलीले सोमबार अवैध रूपमा चिनियाँ मुद्रा भित्र्याएर भन्सार तथा राजस्व छली गरेको भन्ने सूचना पाएको थियो। उक्त सूचनापछि सिआइबीको टोली लियाङलिनको होटलमा पुगेको थियो। जहाँ प्रहरीले ३७ लाख ८१ हजार ३५० रुपैयाँ, १२ हजार भारतीय रुपैयाँ, दुई हजार थाई भाट, ५३० अमेरिकी डलर, ३०० युरो डलर, ३२ हजार ७० चिनियाँ युआन बरामद गरेको...
बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने
प्रशासन, समाचार

बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने

नेपालअखबार, बागलुङ। बागलुङको बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा (ग्रिन हाइड्रोजन) उत्पादन गर्ने भएको छ। गाउँपालिकाले खेर गइरहेको पानीलाई सदुपयोग गरी ऊर्जा उत्पादन गर्ने भएको हो। ग्रिन हाइड्रोजन उत्पादनका लागि प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन्। वडा नं २ मा रहेको गिरिङ्दी खोला लघुजलविद्युत् आयोजनाबाट शत प्रतिशत स्वच्छ ऊर्जा उत्पादन गरिने उनको भनाइ छ। ग्रिन हाइड्रोजन उत्पादनका लागि नेपाल इनर्जी फाउन्डेसन, वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्र, इन्भोटेक युके, इन्भेस्टिन ग्रिनलगायत संस्थाहरुसँग सहकार्य गरेको अध्यक्ष अधिकारीले बताइन्। जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि खेर गएको पानीलाई सदुपयोग गरी हाइड्रोजन उत्पादन गरिने अध्यक्ष अधिकारी बताउँछ‍िन्। विश्व बजारमा नयाँ प्रविधिमार्फत उत्पादन गरिने ऊर्जाका रुपमा रहेको ग्रिन हाइड्रोजन खासगरी खा...
मानहुँकोटमा मापदण्ड तोकेर घर निर्माण प्रक्रिया खुल्ला
प्रशासन, समाचार, समाज

मानहुँकोटमा मापदण्ड तोकेर घर निर्माण प्रक्रिया खुल्ला

नेपालअखबार, तनहुँ ।तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय मानहुँकोटमा घर निर्माण प्रक्रिया खुल्ला गरिएको छ। पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेको मानहुँकोटमा मापदण्ड तोकेर घर निर्माण प्रक्रिया खुल्ला गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। मानहुँकोटमा स्थानीयवासीले बस्ती छाड्दै जाने र बाहिरबाट जानेहरुले जथाभावी घर निर्माण गर्न थालेपछि नगरपालिकाले घर निर्माण प्रक्रिया रोकेको थियो। पर्यटकीय क्षेत्रको मौलिकता कायम गर्नका लागि यस्तो निर्णय गरिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए। नगरपालिकाले निकास नखुलेका घरजग्गाहरु समेत समेटी मानहुँकोट पर्यटकीय क्षेत्रको जग्गा विकास आयोजना अगाडि बढाउने निर्णय गरेको उनको भनाइ छ। मानहुँकोटमा घर निर्माण गर्दा मौलिकता झल्कने खालका निर्माण गर्न दिने विषयमा छलफल भएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए। यहाँ ...
सुनसरीबाट सशस्त्र प्रहरीले बरामद गर्‍यो एक क्विन्टल गाँजा
प्रशासन, समाचार, समाज

सुनसरीबाट सशस्त्र प्रहरीले बरामद गर्‍यो एक क्विन्टल गाँजा

नेपालअखबार,काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट गए राति १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी  बल नेपाल नं.४ गण सुनसरी मातहत  प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनीको संयुक्त टोलीले उक्त परिणाममा गाँजा बरामद गरेको हो । मङ्गलवार राति  सुनसरी जिल्ला बर्जू गाउँपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पत्ताले छोपी लुकाई छिपाई राखेको ३ बोरा गाँजा बरामद गरिएको हो । सो ठाउँमा गाँजा लुकाइ छिपाइ तस्करी गर्न राखिएको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा ३ वटा बोराभित्र पनि स–साना प्याकेट बनाइ राखिएको गाँजा फेला परेको सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । बरामद गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।...
देशमा ठुलो सुरक्षा चुनौती छैन : प्रधान सेनापति शर्मा
प्रशासन, समाचार

देशमा ठुलो सुरक्षा चुनौती छैन : प्रधान सेनापति शर्मा

नेपालअखबार, काठमाडौँ ।प्रधान सेनापती प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौति नरहेको बताएका छन्। मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रधान सेनापती शर्माले देशमा ठूलो सुरक्षा चुनौती नरहेको बताएका हुन्। संवेदनशील भूराजनीतिक अवस्था, खुला सीमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरू देखा परे पनि समाधान नै गर्न नसक्ने प्रकारका कुनै पनि चुनौती नरहेको उनले बताए। उनले कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातीय पहिचानको आधारमा केही घटनाहरू हुने गरे पनि ती समस्याहरूलाई स्थानीय स्तरमै राजनीतिक दलहरूले मिलाउने गरेको बताए। ‘नेपालको सन्दर्भमा संवेदनशील भूराजनीति, खुला सीमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरू देखा परेका छन्,...
जसपा नेपालबाट निर्वाचित जनप्रतिनिधि नवगठित जसपामा जान पाउने
प्रशासन, राजनीति, समाचार

जसपा नेपालबाट निर्वाचित जनप्रतिनिधि नवगठित जसपामा जान पाउने

नेपालअखबार,काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका जनप्रतिनिधि अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादीमा जान पाउने भएका छन्। जसपा नेपालबाट छुट्टिएर राई नेतृत्वमा बनेको जनता समाजवादीलाई सोमबार निर्वाचन आयोगले मान्यता दिएको थियो। निर्वाचन आयोगले मंगलबार सूचना प्रकाशित गरी जसपा नेपालबाट निर्वाचित जनप्रतिनिधि नवगठित जनता समाजवादीमा संलग्न रहने बाटो खुला गरेको छ। आयोगले जनप्रतिनिधिलाई सनाखतका लागि २१ दिनको समय पनि दिएको छ। आयोगले जेठ १३ गतेभित्र सनाखत गरिसक्न भनेको छ।  जसपा नेपालबाट निर्वाचित स्थानीय तह सदस्य वा प्रदेश सभा सदस्यलाई सनाखत गर्नका लागि समय दिइएको हो। प्रदेश सभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारीसमक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारीसमक्ष आफू निर्वाचित भएको सक्कल प...
शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने
प्रशासन, समाचार

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

नेपालअखबार,काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरुअन्तर्गतका विद्युत वितरण शुक्रबारसम्म अवरूद्ध हुने जनाएको छ। उक्त वितरण केन्द्रहरूमा विद्युतीय वितरण लाइनहरू भूमिगत गर्न सुरु गरिएकाले आइतबारदेखि नै विद्युत् लाइन अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। आइतबार गोठाटार फिडर (जोरपाटी वितरण केन्द्र) अन्तरर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् अवरुद्ध भएको थियो। सोमबार कुलेश्वर वितरण केन्द्रअन्तर्गत सोल्टीमोडदेखि रविभवनसम्मको क्षेत्र, मंगलबार गोठाटार फिडर (जोरपाटी वितरण केन्द्र) अन्तर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ। यसैगरी, बुधबार ताहचाल र चौमती फिडर (कुलेश्वर वितरण केन्द्र) अन्तर्गत छाउनी अस्पताल क्षेत्र, बिहीबार गोठाटार फिडर (जोरपाटी वितरण केन्द्र) अन्तर...
बाँकेमा डढेलो रोक्न अग्नि हेरालु
प्रशासन, समाचार, समाज

बाँकेमा डढेलो रोक्न अग्नि हेरालु

नेपालअखबार,नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको ५ हजार १३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेपालगञ्ज सबडिभिजन कार्यालयअन्तर्गतका १०, नरैनापुर सव डिभिजनअन्तर्गतका नौ, सिक्टा सव डिभिजनका १८, राप्तीसोनारी सव डिभिजजनका ४, कोहलपुर सबडिभिजनका २२ र शम्शेरगञ्ज सबडिभिजनको एउटा चक्ला वनसहित गरी ७६ सामुदायिक वनमा डढेलो लागेको छ । बाँकेमा एक सयको हाराहारीमा सामुदायिक वन छन् । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी वीरेन्द्र रोकाले अधिकांश स्थानमा डढेलो नियन्त्रणमा आइसकेको बताए । डढेलो लागेको वनमा ७ सय लिटर ट्यांकी भएको अग्नि नियन्त्रक गाडीमार्फत आगो निभाइएको उनको भनाइ छ । डढेलो नियन्त्रण गर्न ८ जना अग्नि हेरालुसमेत परिचालन गरिएको बताए । डढेलो नियन्त्रण गर्न चक्ला वनमा ३० किलोमिटर र विभिन्न सामुदायिक वनमा २० किलोमिटर अग्नि...
जंगलमा आगो लगाउने  एक व्यक्ति पक्राउ
प्रशासन, समाचार, समाज

जंगलमा आगो लगाउने एक व्यक्ति पक्राउ

नेपालअखबार, पोखरा । जंगलमा आगो लगाएको आरोपमा कास्कीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नम्बर–३ मराम्चेस्थित सामुदायिक जंगलमा आगो लगाएको आरोपमा स्थानिय मराम्चे निवासी ३९ वर्षिय अगन्धर पौडेललाई कास्की प्रहरीले पक्राउ गरेको हो । वनमा आगलागी भएपछि आगो लगाउने व्यक्तिको खोजी गर्न वडा प्रहरी कार्यालय बगरबाट एक टोली खटिएको थियो । सोहि प्रहरी टोलीले स्थानियलाई सोधपुछ गर्दा उनीहरुले पौडेलले आगो लगाएको आरोप लगाएका थिए । ततपश्चात प्रहरीले उनलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा आगो लगाएको स्वीकार गरेको कास्की प्रहरीले आईतबार जारी गरेको सूचनामा उल्लेख छ । यद्वपी पौडेलले वनमा आगो लगाउने उद्देश्यले नभई आफ्नो खरबारीमा सुकेका घसेटामा लगाएको आगो अनियन्त्रित भई सामुदायिक जंगलमा फैलिएको जिकीर गरेका छन् । प्रहरीले आरोपी पौडेललाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवा...