नेपाली श्रमिकहरूलाई ‘फ्री भिसा फ्री टिकट’मा पठाउन सकिँदैन : सचिव भण्डारी
नेपालअखबार, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारीको लागि 'फ्री भिसा फ्री टिकट'मा नेपाली श्रमिकहरू पठाउन नसकिने बताएका छन् ।
आइतबार मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्बर १८)को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम सचिव भण्डारीले यस्तो बताएका हुन् । उनले नेपालबाट वैदेशिक रोजगारीको लागि विभिन्न खाडी लगायत मुलुकहरूमा 'फ्री भिसा फ्री टिकट'मा पठाउने काम भए पनि पठाउन नसकिने स्पष्ट पारे । उनले योग्यता क्षमता र सीप भएका श्रमिकहरुको माग गर्दा नै त्यो देशको एजेन्सीहरुले समेत कमिसन लिने गरेको बताए । उनले श्रमिक माग गर्दा नै लागत लाग्ने भएकाले फ्री भिसा फ्री टिकटमा श्रमिक पठाउन नकिने देखिएको बताए ।
सचिव भण्डारीले सरकारले फ्री भिसा फ्री टिकट नीति कार्यान्वयनका लागि काम गरेको तर सम्भव नभएको उल्लेख गरे । उनले स्वास्थ्...








