कुवेतका लागि अनुमोदित राजदूत लम्सालले भने : मेरो फोन जुनसुकै बेला उठ्नेछ
नेपालअखबार, काठमाडौँ । कुवेतका लागि संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदित भएका राजदूत घनश्याम लम्सालले आफूले जुनसुकै बेला फोन उठाउने प्रतिबद्धता जनाएका छन् । बिहीबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै लम्सालले कुवेतमा रहेका दूतावासको फोन उठ्ने र आफ्नो मोबाइल पनि उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले आफू भुईमान्छेको सेवा गर्न रुचाउने व्यक्ति रहेको भन्दै समस्यामा परेका नेपालीसँग मजदुरसँग प्रत्यक्ष भेटेर पनि कुराकानी गर्ने बताए ।
कुवेतसँग श्रम सम्झौतामा केही समस्या रहेकोले आफ्नो कार्यकालमा त्यसलाई पूरा गर्ने अपेक्षा लिएको बताए । उनले कुवेतमा अप्ठ्यारोमा परेकाहरुलाई उद्धारका लागि उद्धार टोली बनाएको र दूतावासलाई जानकारी हुने बित्तिकै उद्धार गरिने बताए ।
राजदूत लम्सालले कुवेतमा नेपालको व्यापार र पर्यटन विस्तारका लागि आफू सेल्सम्...










