मन्त्री आलेले जोगाइदिए निगमको ३५ लाख फजुल खर्च
विलम विष्ट, काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान मर्मतको बाहानामा निलम्बित नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षले आफु निकट कर्मचारी र आसेपासेलाई १७ दिनका लागि डलर भत्तासहित पठाउने योजना संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले तुहाइ दिएका छन् ।
निगमको वाइडबडी विमान अन्नपुर्ण (A330, 9N–ALY) जहाज नियमित सि–चेक जाँचका लागि विहीबार इन्डोनेसियाको जार्कता पठाइदै छ । उक्त विमान त्यहाको पीटी जीएमएफ एरो एशिसा टीबीकेका प्राविधिकहरुको निगरानीमा १७ दिन रहने छ । सि–चेकका क्रममा जहाज पुर्णतया विदेशी एमआरओ कम्पनीको निगरानीमा रहन्छ ।
तर, निलम्बित कार्यकारी अध्यक्ष अधिकारीले आफ्नो चाकरी गर्ने एक दर्जन हाराहारी आसेपासे कर्मचारीलाई दैनिक डलरमा भत्ता, होटल खर्च निगमले व्यहोर्नेगरी पठाउदै गरेको उजुरी परेपछी मन्त्री आलेले फजुल खर्च रोकेका हुन् । यो निर्णयले कोभिड महामारीक...





