प्रहरी व्यवसायीकता झल्किने गरी सेवा प्रवाह गर्न गराउन मातहतका प्रहरी कर्यालयका प्रमुखहरुलाई निर्देशन
नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षकघनश्याम अर्यालले प्रत्येक प्रहरी कर्मचारीहरुले सेवा प्रवाह गर्दा जनताक हितलाई मध्येनजर गर्दै तत्कालै जनताले अनुभुती गर्ने गरी उच्च आचरणयुक्त र प्रहरी व्यवसायीकता झल्किने गरी सेवा प्रवाह गर्न गराउन मातहतका प्रहरी कर्यालयका प्रमुखहरुलाई निर्देशन दिएकाछन् ।
आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले मातहतका प्रदेश ट्राफिक प्रहरी कार्यालय, गण्डकी प्रदेश सशस्त्र प्रहरी गण, दंगा नियन्त्रण प्रहरी गण साथै ११ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसंग आयोजित भिडियो कन्फरेन्स कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।
तालुक गृह-मन्त्रालयका सचिवज्यू साथै संगठन प्रमुख प्रहरी महानिरीक्षकज्यूबाट भएका निर्देशन सम्बोधनहरुलाई मातहतका प्रहरी कर्मचारीहरु समक्ष पुर्याई प्रभावकारी कार्यान्वयन गर्ने साथै प्र...
