Tuesday, August 4

प्रशासन

देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
प्रशासन, समाचार

देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू

नेपालअखबार,काठमाडौं । सरकारले देशभरका अतिक्रमित जग्गामा बनेका संरचना हटाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा सर्कुलर जारी गरेको छ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र पठाउँदै सम्बन्धित निकायको सहयोग र समन्वयमा जिल्लामा रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी उक्त जग्गाहरूमा रहेको अतिक्रमण हटाउने योजना सम्बन्धित निकायबाट माग गरी मन्त्रालयमा पठाउन पनि भनेको छ । यसअघि चैत २० मै गृहले पत्रमार्फत परिपत्र गरिएको थियो । हिजो (बुधबार) सचिवस्तरीय निर्णय गर्दै अतिक्रमण हटाउने कार्यका लागि सुरक्षा प्रबन्ध लगायतका आवश्यक सहजीकरण गर्न अनुरोध गरिएको छ । सरकारले अतिक्रमित संरचना हटाउने कार्यले तिव्रता दिइरहेको छ । शुक्रबारबाट काठमाडौंका सबै नदी किनारमा बनेका अतिक्रमित संरचना हटाइँदैछ । बिहीबार काठमाडौंका ती क्षेत्रमा माइकिङ भइरहेको छ ।...
अहिलेसम्म २१९ परिवारका ९९७ जना सुकुम्बासी पुगे रंगशाला
प्रशासन, समाचार, समाज

अहिलेसम्म २१९ परिवारका ९९७ जना सुकुम्बासी पुगे रंगशाला

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको निर्देशनमा भत्काइएका थापाथली, गैरीगाउँ, सिनामंगल लगायतका सुकुम्बासी बस्तीबाट आइतबार मध्याह्नसम्म २१९ परिवार रंगशाला पुगेका छन्। प्रहरीले सुकुम्बासी बस्ती भत्काएपछि अन्त कतै जाने ठाउँ नभएका र आफै आवास प्रबन्ध गर्न नसकेका परिवारको विवरण संकलन गर्न सुरूमा दशरथ रंगशाला लगिएको हो। त्यहाँ विवरण टिपेपछि विभिन्न पाँचवटा 'होल्डिङ सेन्टर' मा उनीहरूको बस्ने व्यवस्था गरिएको छ। यस क्रममा अहिलेसम्म रंगशाला पुगेकामा २१९ परिवारका ९९७ जना मानिस रंगशाला पुगेका हुन्। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले उनीहरूको विवरण राखेका छन्। समिति र प्राधिकरणले रंगशाला पश्चिमतर्फको कुनामा छुट्टाछुट्टै डेक्स राखेर फारम भराइरहेका छन्। सेतो पानामा विवरण राखेर भराइएको फारममा इन्ट्री गराउनेको संख्या २१९ पुगेको अधिकारसम्पन्न एकी...
शान्तिपूर्ण रुपमा सुकुमवासी बस्ती हटाइँदै, २ हजार प्रहरी परिचालन
प्रशासन, समाचार

शान्तिपूर्ण रुपमा सुकुमवासी बस्ती हटाइँदै, २ हजार प्रहरी परिचालन

नेपालअखबार,काठमाडौं । सुकुमवासी बस्ती हटाउन करिब २ हजार प्रहरी परिचालन गरिएको छ । काठमाडौैं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी ईश्वर कार्कीका अनुसार अहिले शान्तिपूर्ण रुपमा बस्ती हटाउन काम भइरहेको छ । ‘म आफैं फिल्डमा छु । अहिले शान्तिपूर्ण रुपमा सुकुमवासी बस्ती हटाउने काम भइरहेको छ । आवश्यकता अनुसार सुरक्षाकर्मीको व्यवस्था मिलाएका छौं,’ एआईजी कार्कीले भने । शनिबार बस्ती हटाउने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि आज भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीका अनुसार करिब २ हजारको हाराहारीमा प्रहरी परिचालन गरिएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीले समेत बस्तीका बासिन्दाको सामानहरू हटाउन सहयोग गरिरहेका छन् । १२ वटा डोजरले अहिले मनोहरास्थित सुकुमवासी बस्तीमा काम गरिरहेको छ ।...
जातीय विभेद तथा छुवाछुत मुद्दामा पोखराका एक वडाध्यक्षलाई ४ महिना कैद सजाय
प्रशासन, समाचार

जातीय विभेद तथा छुवाछुत मुद्दामा पोखराका एक वडाध्यक्षलाई ४ महिना कैद सजाय

नेपालअखबार,पोखरा । जातीय विभेद तथा छुवाछुत मुद्दामा पोखराका एक वडाध्यक्षलाई ४ महिना कैद सजाय गर्ने जिल्ला अदालत कास्कीको फैसला उच्च अदालत पोखराले पनि सदर गरेको छ। पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले जातीय विभेद तथा छुवाछुत गरेको भन्दै वडा सदस्य मैया नेपालीले दिएको मुद्दामा उच्च अदालत पोखराले पनि जिल्ला अदालतकै फैसला सदर गरेको हो। उच्च अदालतका न्यायाधीशद्धय मेरिना श्रेष्ठ र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले बुधबार जिल्ला अदालतकै फैसला सदर गर्ने आदेश दिएको अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’ले बताइन्। वडाध्यक्ष अधिकारीले आफूमाथि जातीय विभेद तथा छुवाछुत हुने गरी गालीगलौज गर्नुका साथै हातपात गरेको भन्दै वडा सदस्य नेपालीले जिल्ला अदालत कास्कीमा २०७९ माघ ५ गते रिट दायर गरेकी थिइन्। दलित समुदायका लागि विनियोजन गरिएको बजेट वडाध्यक्ष अधिकारीले अन्य कार्यक्रममा खर्च गर...
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
प्रशासन, समाचार

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

नेपालअखबार,काठमाडौँ । सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले यातायात व्यवसायीलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो। विभागका अनुसार २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबिच भएको निर्णय बमोजिम विद्यार्थीहरूले सवारी भाडामा ४५ प्रतिशत सहुलियत पाउने व्यवस्था छ। तर, पछिल्लो समय सार्वजनिक सवारी साधनहरूले विद्यार्थीलाई सो बमोजिमको छुट नदिएको भन्दै 'हेलो सरकार' र विभागको गुनासो पेटिकामा व्यापक उजुरीहरू प्राप्त भएपछि विभागले पुनः ताकेता गरेको हो। विभागका निर्देशक गणेशमान सिं राईद्वारा जारी पत्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायातलाई सम्बोध...
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त
प्रशासन, समाचार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त

नेपालअखबार,काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा डिल्लिराज आचार्य, प्युठानलाई नियुक्त गरेको हो ।त्यस्तै, सदस्यहरूमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने निर्णय भएको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।...
नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय
प्रशासन, समाचार

नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय

नेपालअखबार,काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ, प्रविधि र सुरक्षा सुदृढीकरणसम्बन्धी पछिल्लो प्रगति सार्वजनिक गर्दै हाल लागू गरिएको प्रणाली अन्तरराष्ट्रिय मापदण्डअनुरूप, बढी सुरक्षित र व्यावहारिक रहेको जनाएको छ । मन्त्रालयले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षण मुद्रण केन्द्रमार्फत छापिँदै आएको नयाँ स्मार्ट लाइसेन्सको प्राविधिक संरचना, सुरक्षा तह र दीर्घकालीन रणनीतिबारे विस्तृत जानकारी दिइएको हो । मन्त्रालयका अनुसार नयाँ स्मार्ट लाइसेन्स पूर्णरूपमा अन्तरराष्ट्रियस्तरको ‘आईएसओ ७८१० आइडी–१’ मापदण्डअनुसार तयार गरिएको छ । जसको आकार विश्वभर प्रयोग हुने क्रेडिट कार्डको जस्तो छ । विकसित देशहरूले दशकौँदेखि प्रयोग गर्दै आएको यस्तै प्रविधिमा आधारित यो कार्डलाई नेपालले पनि अवलम्बन गरेको मन्त्रालयले जनाएको छ । विगतमा प्रयोगमा रहे...
पतञ्जलि जग्गा हिनामिना प्रकरण : भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
प्रशासन, समाचार

पतञ्जलि जग्गा हिनामिना प्रकरण : भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

नेपालअखबार,काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । यो मुद्दा विशेष अदालतमा अन्तिम सुनुवाइको चरणमा रहेको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । यसअघि यो मुद्दामा बहस नोट पेस गर्न आदेश भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग दाबी गरेको छ । तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थम...
जबरजस्ती करणीको आरोपमा सल्यानमा एक जना पक्राउ
प्रशासन, समाचार, समाज

जबरजस्ती करणीको आरोपमा सल्यानमा एक जना पक्राउ

नेपालअखबार, सल्यान । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यानमा एक जना पक्राउ परेका छन् । कुमाख गाउँपालिका–५ झारकाँडा बस्ने ३२ वर्षीय धन बहादुर थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
प्रशासन, समाचार, समाज

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ

नेपालअखबार, पाँचथर । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।‘Hades’ नामक युटुब च्यानलमा प्रसारित सामग्रीका आधारमा उनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट दशदिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्रामा अनुसन्धान भइरहेको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिए ।...