Sunday, May 31

प्रशासन

बाबुको हत्या आरोपमा पक्राउ परे छोरा
अपराध, प्रशासन, समाचार

बाबुको हत्या आरोपमा पक्राउ परे छोरा

नेपालअखबार, काठमाडौं। पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको छ। हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। युवराज आइतबार बिहान १०:३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए। मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक अनुसन्धानमा युवराजका कान्छा छोरा सन्देशले बाबुको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए। प्रहरीले सन्देशलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। युवराजको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको प्रनाउ कर्णले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइ...
प्रहरी प्रधान कार्यालयको परिपत्र- भदौ २३ र २४ गते काठमाडौंमा खटिएका इन्चार्जहरूले उपत्यका नछाड्ने व्यवस्था मिलाउनू
प्रशासन, समाचार

प्रहरी प्रधान कार्यालयको परिपत्र- भदौ २३ र २४ गते काठमाडौंमा खटिएका इन्चार्जहरूले उपत्यका नछाड्ने व्यवस्था मिलाउनू

नेपालअखबार, काठमाडौं।  प्रहरी प्रधान कार्यालयले  भदौं २३/ २४ गते आन्दोलनको क्रममा खटिएका प्रहरीलाई उपत्यका नछोड्ने व्यवस्था मिलाउन काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई परिपत्र गरेको छ। आइतबार प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयलाई पत्र पठाएर जेनजी आन्दोलन क्रममा काठमाडौंमा खटिएका प्रहरी इन्चार्जहरूले उपत्यका नछाड्ने व्यवस्था मिलाउन भनेको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए। उनका अनुसार त्यस दिन काठमाडौंमा क्षति भएका ठाउँमा खटिएका इन्चार्जहरूलाई काठमाडौं नछाड्ने गरी व्यवस्था मिलाउन भनेको हो। 'उहाँहरूलाई सोधपुछका लागि आयोगले जुनसुकै बेला पनि बोलाउन सक्छ। त्यसकारण उपत्यका नछाड्ने व्यवस्था गर्नू भनिएको हो,' ती अधिकारीले सेतोपाटीसँग भने। उनले आयोगले सोधपुछका लागि बोलाउँदा कार्यालयलबाट अनुमति लिइराख्नु नपर्ने पनि बताए। भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि पूर्वन्य...
जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान
अपराध, प्रशासन, समाचार

जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान

नेपालअखबार, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । आन्दोलनमा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय, जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा पक्राउ परेका पाँच जना कारागार चलान भएका हुन् । असई रायको हत्या आरोपमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ घर भएका ६२ वर्षका होमप्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएका २८ वर्षीय टिकाराम विक पक्राउ परेका थिए । उनीहरूविरुद्ध कर्तव्य ज्यान र आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता भएकोमा दुवै जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । त्यसैगरी प्रहरी जवान उत्तम थापाका हत्या आरोपमा काभ्रेको रोशी गाउँपालिका–९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बता...
अनलाइन सञ्चारमाध्यम दर्ता तथा सञ्चालन अब सूचना विभागबाटै
प्रशासन, समाचार

अनलाइन सञ्चारमाध्यम दर्ता तथा सञ्चालन अब सूचना विभागबाटै

नेपालअखबार, काठमाडौँ । अनलाइन सञ्चारमाध्यमको दर्ता तथा सञ्चालनका लागि अब विभिन्न निकाय धाउनु नपर्ने भएको छ । अनलाइन दर्ता, नवीकरण र प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि कागजात विभिन्न निकायलाई बुझाउनुपर्ने झन्झट अन्त्य भई अबदेखि एकै ठाउँमा कागजात बुझाए पुग्ने भएको हो । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणलगायत काम सूचना तथा प्रसारण विभागबाटै हुने जनाएको छ । विभागले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा सञ्चालनको अभिलेख राख्ने र सो अभिलेख विभागले नै नियमित रूपमा काउन्सिललाई उपलब्ध गराउने छ । यसले विभिन्न निकायमा कागजात बुझाउनुपर्ने झन्झटको अन्त्य भएको छ । साथै प्रेस काउन्सिलले तीन हजार रुपैयाँ शुल्क लिई अभिलेख सूचीकरण र अभिमुखीकरण गर्दै आएकोमा अब सो रकम पनि तिर्न नपर्ने भएको छ । यसअघि सोही कामका लागि भिन्न–भिन्न कागजपत्र बुझाउनुपर्ने झन्झटबारे गुनासो आए पनि सञ्चार ...
मलेसियाको मापदण्डबारे ७ दिनभित्र धारणा पठाउन म्यानपावर व्यवसायीलाई श्रम मन्त्रालयको आग्रह
प्रशासन, समाचार

मलेसियाको मापदण्डबारे ७ दिनभित्र धारणा पठाउन म्यानपावर व्यवसायीलाई श्रम मन्त्रालयको आग्रह

नेपालअखबार, काठमाडौँ  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग मलेसियाको १० बुँदे मापदण्ड (सर्त)को विषयमा आधिकारीक धारणा सुझाव मागेको छ । मन्त्रालयले आइतबार संघलाई पत्र पठाउँदै ७ दिनभित्र आफ्नो धारणा पठाउन भनेको हो । मलेसिया सरकारले कात्तिक २९ गतेभित्र आफ्नो सर्त पूरा गर्ने म्यानपावरको सूची माग गरेको जानकारी संघलाई गराएको हो । मलेसियाले ‘दुई देशबीच मर्यादित श्रम आप्रवासनलाई अभ्यास गर्न उचित संख्यामा म्यानपावर कम्पनी छनोट गर्न’ नेपालसहित ५ वटा देशको म्यानपावरको लागि १० वटा मापदण्ड निर्धारण गरेको पत्र पठाएको थियो । त्यस मापदण्डअनुसार म्यानपावर कम्पनीको सिफारिस गर्न स्रोत देशहरुलाई कात्तिक २७ गतेको समयसीमा दिइएको छ । ती १० वटा मापदण्डमा ‘म्यानपावर कम्पनीले श्रमिक पठाउनका लाइसेन्स लिएको पाँच वर्ष भएको हुनुपर्ने, पाँच वर्षको अवधिमा कम्तीमा ती...
विदेशमा रहेका नेपालीलाई मताधिकार : निर्वाचन आयोगले गर्‍यो राय पठाउन विलम्ब
प्रशासन, समाचार

विदेशमा रहेका नेपालीलाई मताधिकार : निर्वाचन आयोगले गर्‍यो राय पठाउन विलम्ब

नेपालअखबार,काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे निर्वाचन आयोगको राय माग गरेको छ । विभिन्न चारवटा ऐन संशोधन गर्ने गरी अध्यादेश ल्याउने सरकारको तयारी छ । यसका लागि मन्त्राललयले प्रचलित ऐनमा संशोधन प्रस्तावको मस्यौदा नै तयार पारेर निर्वाचन आयोग पठाएको छ । निर्वाचन आयोगबाट राय प्राप्त भएपछि थप छलफल गरेर अगाडि बढाउने गृहमन्त्रालयका अधिकारीहरू बताउँछन् । तर, निर्वाचन आयोगले गत बिहीबार नै पठाउने भनेको राय अझै पठाएको छैन । गृह मन्त्रालयले निर्वाचन आयोगले राय पठाउन विलम्ब गरेको गूनासो गरेको छ । गृहमन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐनमा संशोधन गर्न लागेको हो । यससम्बन्धी मस्यौदा तयार पारेर गृह मन्त्रालयले निर्वाचन आयोगमा पठाएको हो ।...
बागमती प्रदेशका १४ उपसचिवको सरुवा
प्रशासन, समाचार

बागमती प्रदेशका १४ उपसचिवको सरुवा

नेपालअखबार,मकवानपुर । बागमती प्रदेश सरकारले वन सेवा तर्फका १४ उपसचिवको सरुवा गरिएको छ । प्रमुख सचिव भूपाल बरालले प्रदेशको वन तथा वातावरण मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा कार्यरत १४ जना उपसचिव स्तरका कर्मचारीहरूको सरुवा गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश वन सेवा, जनरल फरेष्ट्री र भू तथा जलाधार व्यवस्थापन समूहका दसौँ र नवौँ तह (उपसचिव)का अधिकृतहरूको जिम्मेवारी तोकिएको हो । सरुवा सूचीअनुसार डिभिजन वन कार्यालय, मरिण, सिन्धुलीका डिभिजन वन अधिकृत अजय विक्रम मानन्धरलाई वन तथा वातावरण मन्त्रालय, हेटौँडामा सरुवा गरिएको छ । डिभिजन वन कार्यालय, चितवनका थिर बहादुर कार्कीलाई वन निर्देशनालय, हेटौँडामा पठाइएको छ । त्यस्तै, डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यलाई धादिङबाट चितवन, विश्व कोइरालालाई भक्तपुरबाट वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरी (ललितपुर)...
नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान
प्रशासन, समाचार

नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

नेपालअखबार,काठमाडौं । नागढुंगा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको हो । बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस (१७ डिसेम्बर २०२५) रहेको छ । सुरुङ मार्गमार्फत सवारी साधन चलाउन सक्ने अवस्था भए तापनि दक्ष जनशक्ति एवम् सुरक्षाका कारण सञ्चालनमा आउन सकिरहेको छैन । सुरुङमा अत्याधुनिक प्रणाली समावेश रहेको तर सडक विभागको हालको कार्यबोझ तथा सीमित अनुभव र उपलब्ध जनशक्तिबाट सुरुङ सञ्चालन एवम् मर्मत कठिन हुने भन्दै विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो । सेवा प्रदायकले पाँच वर्षको सुरुङ मार्ग सञ्चालन तथा म...
जेनजी आन्दोलनमा आगजनी गर्ने युवक पक्राउ
प्रशासन, समाचार

जेनजी आन्दोलनमा आगजनी गर्ने युवक पक्राउ

नेपालअखबार,काठमाडौं । जेनजी आन्दोलनका क्रममा थानकोटस्थित प्रहरीको चेकपोस्टमा आगजनी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले मकवानपुर थाहा नगरपालिका–९ चित्लाङ घर भएका ४४ वर्षीय को किरण लामालाई आगजनी गरेको आरोपमा पक्राउ गरेको हो । काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बाडभन्ज्याङ बस्दै आएका लामालाई फोटो–भिडियोको आधारमा पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामालाई प्रहरी वृत्त थानकोटमा राखिएको छ ।...
अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह
प्रशासन, समाचार

अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

नेपालअखबार,काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ । कार्यालयले  शुक्रबार एक विज्ञप्ति जारी गर्दै वर्षा नरोकिएको खण्डमा पहिरोको जोखिम थप बढ्न सक्ने भन्दै सकभर आज यात्रा नगर्न आग्रह गरेको हो । 'मुग्लिङ सडक खण्डको तुइनखोला लगायत पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ मलेखु खण्डका विभिन्न स्थानहरूमा हिजो साँझदेखि लगातार स–सानो पहिरो गइरहेको र त्यस्तो पहिरो पन्छाई सवारी आवागमन सुचारु गरिएको छ,जारी सूचनामा भनिएको छ, 'वर्षा नरोकिएको खण्डमा पहिरोको जोखिम थप बढ्न सक्ने अवस्था समेत रहेकोले उक्त सडक खण्ड भएर यात्रा गर्नुहुने यात्रु महानुभावहरूले अत्यावश्यक परेको अवस्था बाहेक सकभर आज यात्रा नगर्नुहुन अनुरोध छ ।'...