Saturday, September 26

प्रशासन

पोखरामा अनिश्चितकालीन कर्फ्यु
प्रशासन, समाचार, समाज

पोखरामा अनिश्चितकालीन कर्फ्यु

नेपालअखबार,काठमाडौं  । जेनजी आन्दोलन उग्र बनेपछि पोखरामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ। कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अर्को आदेश जारी नभएसम्म आज दिउँसो २ बजेबाट कर्फ्यु जारी गरेका हुन्। 'पोखरा महानगरपालिकामा हुनसक्ने प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी मिति २०८२/०५/२३ गते दिनको २:०० बजे देखि अर्को आदेश नभएसम्मको लागि पोखरा महानगरपालिकाको तपसिल बमोजिमको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संसोधन सहित) को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ,' जारी गरिएको विज्ञप्तिमा भनिएको छ। निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम...
बुवाको सट्टा परीक्षा दिँदै गरेको अवस्थामा छोरा पक्राउ
अपराध, प्रशासन, समाचार

बुवाको सट्टा परीक्षा दिँदै गरेको अवस्थामा छोरा पक्राउ

नेपालअखबार, वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बुवाको सट्टा परीक्षा दिँदै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नं ३ छपकैया बस्ने २५ वर्षीय मोहम्मद अफताब आलमलाई पक्राउ गरिएको हो। उनले आफ्ना बुवा मोहम्मद शहाबुद्दीन अन्सारीको सट्टामा परीक्षा दिइरहेका थिए। मानविकी संकाय अन्तर्गत राजनीति शास्त्र स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको परीक्षा चलिरहँदा आलमलाई पक्राउ गरेको क्याम्पस प्रमुख मोहन यादवले जानकारी दिए। ‘मो. शाहबुद्दीन अन्सारीको नाममा परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छौं,’ उनले भने। परीक्षार्थीको प्रवेशपत्र जाँच गर्दा प्रवेशपत्रमा भएको फोटोसँग अनुहार नमिलेपछि उनलाई पक्राउ गरिएको हो। उनीहरूविरूद्ध त्रिभुवन विश्वविद्यालय, संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम अनुसार कारबाही गर्ने तयारी छ।...
नेपाली सेना र चीनको जनमुक्ति सेनाको संयुक्त अभ्यास सुरू
प्रशासन, समाचार

नेपाली सेना र चीनको जनमुक्ति सेनाको संयुक्त अभ्यास सुरू

नेपालअखबार, काठमाडौं। नेपाली सेना र चीनको जनमुक्ति सेनाको संयुक्त अभ्यास सुरू भएको छ। आइतबारदेखि काठमाडौंमा दुई देशका सेनाको संयुक्त अभ्यास सुरू गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। यसलाई संयुक्त अभ्यास सगरमाथा फ्रेन्डशीप-२०२५ को नाम दिइएको छ। यो कार्यक्रम भदौ ३१ गतेसम्म सञ्चालन हुने छ। अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघीय शान्ति मिसन, प्रतिआतंकवाद लगायतका विषयमा ज्ञान आदानप्रदान हुने निर्देशनालयले जनाएको छ। यो अभ्यास २०७४ सालदेखि सुरू भएको थियो। यो अभ्यास नेपाल र चीनमा प्रत्येक वर्ष आलोपालो गर्दै सञ्चालन हुँदै आइरहेको छ।...
नेपाल-चीन संयुक्त सैन्य अभ्यास आजदेखि सुरु हुँदै
प्रशासन, समाचार

नेपाल-चीन संयुक्त सैन्य अभ्यास आजदेखि सुरु हुँदै

नेपालअखबार,हेटौंडा । नेपाल र चीनबीच आज संयुक्त सैन्य अभ्यास सुरु हुँदैछ । नेपाली र चिनियाँ सेना बीचको संयुक्त सैन्य अभ्यासको यो पाँचौं संस्करण हो । यसलाई ‘सगरमाथा मित्रता अभ्यास’ नाम दिइएको छ । अभ्यास १० दिनसम्म काठमाडौंमा हुने छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले यसपटकको सैन्य अभ्यासको क्रममा विपद व्यवस्थापन, मानवीय सहायता लगायत विषयमा ज्ञानको आदानप्रदान हुने जानकारी दिए । नेपालमा चीनसँगको संयुक्त सैन्य अभ्यास आयोजना गरिएको यो तेस्रोपटक हो । नेपालमा २०७४ साल वैशाखमा पहिलोपटक चीनसँगको संयुक्त सैन्य अभ्यास आयोजना भएको थियो । २०७५ सालमा चीनको छेन्दुमा र २०७६ सालमा नेपालमा भएको थियो । त्यसपछि बीचमा कोभिड महामारीका कारण सैन्य अभ्यास आयोजना हुन सकेको थिएन । नेपाली सेनाले भारत, अमेरिका लगायतका देशहरुसँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।...
आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै
प्रशासन, समाचार

आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै

नेपालअखबार,काठमाडौँ । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले भोलि आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विसं २०१२ भदौ २२ गतेको स्मरण गर्दै हरेक वर्ष यस दिन निजामती सेवा दिवस मनाइने गरिएको छ । निजामती सेवाको मूल्य–मान्यता,आदर्श, चरित्र, नैतिकता, सदाचारिता, निष्ठाजस्ता गुणको स्मरण र पालना गरी नागरिकको सेवामा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा यस दिवसलाई लिने गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल बताउछन् । ‘सबै नीतिको माउ नीति राजनीति’ हाँक्ने जिम्मेवारीमा रहेको राजनीतिक नेतृत्वलाई नीति निर्माणमा परामर्श दिने, बनेका नीति–नियमलाई कार्यान्वयन गरी नागरिकलाई सरल र सहज रूपमा सेवासुविधा उपलब्ध गराउने निजामती कर्मचारीको प्रमुख जिम्मेवारी हो । निजा...
सङ्खुवासभामा ५५ जना क्षमताको कारागारमा १३९ कैदीबन्दी
प्रशासन, समाचार

सङ्खुवासभामा ५५ जना क्षमताको कारागारमा १३९ कैदीबन्दी

नेपालअखबार, सङ्खुवासभा । सङ्खुवासभामा ५५ जना क्षमता भएको जिल्ला कारागार खाँदबारीमा एक सय ३९ कैदीबन्दी राखिएको छ ।जिल्ला कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा दैनिक क्रियाकलाप सञ्चालनमा समस्या भइरहेको छ ।यहाँ एक सय ३१ पुरुष, आठ महिला कैदीबन्दी र दुई जना आश्रित बालबालिका रहेका कारागारका प्रमुख जेलर राजन घिमिरेले जानकारी दिए । क्षमताभन्दा बढी सङ्ख्यामा कैदीबन्दी भएकाले खानेपानी, सरसफाइलगायत दैनिक क्रियाकलाप सञ्चालनमा समस्या भइरहेको उनको भनाइ छ । जेलर घिमिरेका अनुसार यो कारागारमा ५० पुरुष र पाँच जना महिलाको क्षमता रहेको छ । कारागार तीन दशमलव पाँच रोपनी क्षेत्रफल फैलिएको बताउँदै उनले जग्गा पर्याप्त नहुँदा थप भवन निर्माण गर्न नसकिएको धारणा राखे । “क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी भएकाले खान, बस्न, शौचालय, सरसफाइलगायत गतिविधिमा समस्या हुँदै आएको छ । पुरानो र साँगुरो भवन भएक...
न्याय सेवाका १७ सहसचिव र १३ उपसचिवको सरुवा
प्रशासन, समाचार

न्याय सेवाका १७ सहसचिव र १३ उपसचिवको सरुवा

नेपालअखबार,काठमाडौं । न्याय सेवाका १७ सहसचिव र १३ उपसचिवको सरुवा भएको छ । न्याय सेवा आयोगको बुधवारको बैठकले सहसचिव र उपसचिवहरुको सरुवाको निर्णय गरेको हो । सो निर्णय अनुसार जितेन्द्रबाबु थपलियाको न्याय परिषद् सचिवालयमा सरुवा भएको छ । उनी विशेष अदालतमा रजिष्ट्रार पदको दरबन्दीमा रहे पनि न्याय परिषद् सचिवालयमा काजमा कार्यरत थिए । यसैगरी श्रीलाल पौडेलको सर्वोच्च अदालतमा सरुवा भएको छ । यसअघि उनी सर्वोच्च अदालतमा काजमा कार्यरत थिए । उनको दरबन्दी उच्च अदालत पाटनमा थियो । यसैगरी वेदप्रसाद उप्रेतीको पनि काज रहेकै ठाउँ विशेष अदालतको रजिष्ट्रार पदमा सरुवा भएको छ । हेर्नुहोस् सरुवा सूची –     ...
नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न आयोगको आग्रह
प्रशासन, समाचार

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न आयोगको आग्रह

नेपालअखबार,काठमाडौं । भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय संकेत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ। सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै आयोगले सवारी साधनको नम्बर प्लेट अग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको छ। संविधानले नचिनेको भाषा र लिपीमा नभई नेपाली भाषामा नै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसलाको समेत आयोगले जानकारी गराएको छ। सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलामा नेपालको संविधानको धारा ७ को उपधारा ३ ले भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ भनी स्पष्ट गरेको पाइन्छ भन्ने प्रावधान बमोजिम सबै तहका सरकारलाई सोही बमोजिम गर्न गराउन स्पष्ट ब्या...
कटुवा पेस्तोलसहित २ जना पक्राउ
प्रशासन, समाचार

कटुवा पेस्तोलसहित २ जना पक्राउ

नेपालअखबार,सर्लाही । सर्लाही प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामनगर गाउँपालिका–७ सिसौट टोलका २५ वर्षीय किशन महरा र बागमती नगरपालिका–४ जिरायत टोलका १८ वर्षीय श्याम महरा छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भदौ ११ गते दिउँसो करिब ३ बजे भारतको सोनवर्षा तर्फबाट सर्लाहीको मलंगवातर्फ बीआर ०६ डीएम ९५२३ नम्बरको मोटरसाइकल चढी आउँदै गरेका किशन महरालाई प्रहरीले नियन्त्रणमा लिएर केरकार गरेको थियो । किशनले आफूले बोक्ने गरेको हतियार श्याम महरालाई राख्न दिएको बताएका थिए । उनको बयान समेतको आधारमा श्यामलाई समेत नियन्त्रणमा लिएको र बागमती नगरपालिका–१२ स्थित बागमती नदीको बगरबाट नलकटुवा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ । दुवैजनामाथि हातहतियार तथा खरखजाना मुद्दामा बिहीबार सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार...