Saturday, May 30

प्रशासन

पूर्वी र मध्य पृतना पुगेर प्रधानसेनापतिले भने- निर्वाचन सुरक्षामा विशेष ध्यान दिनुस्
प्रशासन, समाचार

पूर्वी र मध्य पृतना पुगेर प्रधानसेनापतिले भने- निर्वाचन सुरक्षामा विशेष ध्यान दिनुस्

नेपालअखबार, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले निर्वाचन सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएक छन् । सुनसरीस्थित पूर्वी पृतना र बर्दिबासस्थित मध्य पूर्वी पृतना तथा अन्तर्गतका सुरक्षा बेसहरू निरीक्षण गर्दै उनले उक्त निर्देशन दिएका हुन् ।पृतनाहरुको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा एंव समग्र वस्तुस्थितीको सम्बन्धमा जानकारी दिएका थिए । उनले उत्कृष्ट ढंगले कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।...
तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश
प्रशासन, समाचार

तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश

नेपालअखबार,काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा मुछिएका पाँचजना आरोपितहरुलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले सोमबार राती पाँचजनालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो । पूर्वसचिवहरु मधुकुमार मरासिनी, मोहनकृष्ण सापकोटा, सुमनप्रसाद शर्मा, पूर्वउपसचिव प्रेमनाथ उपाध्याय र नेपाल नागरिक तत्कालीन प्रबन्धक रामचन्द्र सुवेदीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो । कुनै धरौटी रकम राख्न नपरेकाले उनीहरु तारिखका दिन अदालतमा नियमित उपस्थित भए पुग्छ । विशेष अदालतले पुर्पक्ष थुनामा राख्ने अवस्था नभएको र धरौटी पनि माग्नु नपर्ने प्रावधानको कानूनी दफा उद्धृत गर्दै उनीहरुलाई साधारण तारिखमा रिहा गरेको हो । यही प्रकरणमा मुछिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदी...
रौतहटमा सद्‌भाव र्‍याली निकाल्ने सर्वदलीय बैठकको निर्णय
प्रशासन, समाचार, समाज

रौतहटमा सद्‌भाव र्‍याली निकाल्ने सर्वदलीय बैठकको निर्णय

नेपालअखबार,रौतहट । रौतहटको गौरमा दुई समुदायबीचको द्वन्द्व समाधानका लागि सद्भाव र्‍याली निकालिने भएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आह्वान गरेको सर्वदलीय बैठकले सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको हो । भुसालका अनुसार सद्भाव र्‍याली सोमबार बिहान साढे ७ बजे निस्किने छ । धार्मिक-सामाजिक-सांस्कृतिक सद्भाव र शान्तिको सन्देश दिने गरी नागरिक समाजका अगुवाहरूको सहभागितामा सद्भाव र्‍याली निकाल्ने सहमति भएको प्रशासनले जनाएको छ । यस्ता छन् बैठकका ५ निर्णय १. गौर नगरपालिका वडा नं. ६ को सबगढा गाउँमा मिति २०८२ फागुन ७ गते राति ९:४५ बजे सुरु भएको विवाद सामान्य रूपले नै समाधान भइसके पनि पुनः मिति २०८२ फागुन ८ गतेदेखि उग्र रूप लिएको हुँदा स्थानीयवासी प्रतिनिधि तथा अगुवा बसेर छबुँदे सहमति भएको बेहोरा अवगत भयो। तथापि मिति २०८२ फागुन ९ गते बिहानैदेखि परिस्थिति जटिल भएको अवस्था सिर्जना भ...
पर्यवेक्षणको आवरणमा स्वार्थ पूरा गर्न खोजिए कारबाही हुने
प्रशासन, समाचार

पर्यवेक्षणको आवरणमा स्वार्थ पूरा गर्न खोजिए कारबाही हुने

नेपालअखबार,काठमाडौँ ।  निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन पर्यवेक्षणको अनुमति लिएर आउने संस्था तथा व्यक्तिहरूले आफ्नो निहित स्वार्थ पूरा गर्न खोज्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरेका छन्। आइतबार गोरखापत्र संस्थानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पर्यवेक्षकको नाममा मतदानस्थलमा पुगेर निर्वाचनलाई प्रभावित पार्ने वा मतदान प्रक्रियामा अवरोध सिर्जना गर्ने गतिविधि हुन सक्ने बताए। त्यस्ता शङ्कास्पद गतिविधि देखिएमा तत्काल समाचार सम्प्रेषण गरी आयोगलाई सघाउन उनले सञ्चारकर्मीहरूलाई विशेष आग्रह गरेका छन्। आगामी निर्वाचनमा स्वदेशी तथा विदेशी दुवै तहका पर्यवेक्षकहरू सहभागी हुनेछन्। विदेशी संस्थाहरूबाट विभिन्न देशका निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्त तथा उच्च पदस्थ व्यक्तिहरू नेपाल आउने तय भएको छ। उच्च पदस्थ अधिकारीहरूबाट अनुचित कार्यको स...
रौतहटमा धार्मिक सहिष्णुता बिथोल्न खोजेको आरोपमा २३ जना नियन्त्रणमा
प्रशासन, समाचार, समाज

रौतहटमा धार्मिक सहिष्णुता बिथोल्न खोजेको आरोपमा २३ जना नियन्त्रणमा

नेपालअखबार, काठमाडौँ । रौतहटको गौरमा हिन्दु र मुस्लिम समुदायको विवादलाई थप चर्काउने भूमिका खेलेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जम्सेद र गौर नगरपालिका–६ का वडा अध्यक्ष अवध बिहारी शाहलाई पक्राउ गरेको छ । जम्मेद र शाह सहित कर्फ्यू उल्लङ्घन गर्ने थप २१ जनालाईपनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले रातोपाटीलाई बताए । उनले भने, ‘अहिलेसम्म २३ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ ।’ कर्फ्यु उल्लङ्घन गरेको आरोपमा पक्राउ पर्नेमा १५ वर्षीय मोहम्मद कैफ लगायत छन् । शनिवार मध्यान्ह १ बजेदेखि गौरको पूर्व मडबलवा गेट, पश्चिम लालवकैया बाँध, उत्तर बम नहर र दक्षिण गौर भन्सार कार्यालय क्षेत्रमा लगाइएको कर्फ्यू निरन्तर छ । अहिले जिल्ला प्रशासन कार्यालयमा हिन्दु मुस्लिम विवादबारे सर्वपक्षीय छलफल भइरहेको डीएसपी बस्यालले बताए । जन्त...
गौरमा कर्फ्यु पुन: निरन्तर
प्रशासन, समाचार, समाज

गौरमा कर्फ्यु पुन: निरन्तर

नेपालअखबार, रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्युलाई निरन्तरता दिएको छ । आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म केही खुकुलो गरिए पनि अहिले कर्फ्युलाई पुन: निरन्तरता दिइएको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अर्को सूचना नआएसम्मका लागि कर्फ्युलाई निरन्तरता दिइएको जानकारी दिए । कर्फ्यु लागू भएका क्षेत्रमा पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालय कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सबैलाई शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ । यदि कर्फ्यु आदेश उल्लंघन गरेमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ । शनिबार बिहान गौर नगरपालिका–६ स्थित सनगडा गाउँमा मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको...
निर्वाचनमा झडप र बहिष्कारकर्ताको एक्सटर्सन प्रवृत्तिप्रति शतर्कता अपनाउनूस्- प्रधानमन्त्री कार्की
प्रशासन, समाचार

निर्वाचनमा झडप र बहिष्कारकर्ताको एक्सटर्सन प्रवृत्तिप्रति शतर्कता अपनाउनूस्- प्रधानमन्त्री कार्की

नेपालअखबार,काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गरेकी छन्। बुटवलमा लुम्बिनी प्रदेशको निर्वाचन सुरक्षाबारे सुरक्षा निकायसँग छलफलको क्रममा निर्वाचन बहिष्कार गर्नेहरूसँग सतर्क रहन निर्देशन दिएकी छन्। निर्वाचन बहिष्कार भन्दै कतिपय दलले आफ्नो अस्तित्वकै लागि पनि रकम असुली गर्ने देखिएको उनले बताइन्। ‘एउटा दुई, चार, पाँच जनाको एउटा समूह छ। चुनाब लड्न पनि सक्दैन र जनतासँग भिजेको पनि छैन। अनि धेरै ठाउँमा सबैलाई त दोष लाउन मिल्दैन, कसैकसैले यसो एक्स्टर्सनबाट पैसासैसा पनि उठाउने, पार्टीको अस्तित्व पनि देखाउने। निर्वाचन लड्दिन भन्दिए पछि पुगिगयो, केहि गर्न परेन,’ उनले भनिन्, ‘कुनै फंक्सन पनि गरेन एउटा पार्टी जीवित पनि रही रहन्छ। पैसा उठी पनि रहन्छ र यो खालको प्रवृति देखियो।’ उनले फागु पूर्णिमा (होली) आउँदै गर...
बाघ गणना गर्न राखिएका ६० क्यामरा हराए
प्रविधि, प्रशासन, समाचार

बाघ गणना गर्न राखिएका ६० क्यामरा हराए

नेपालअखबार, चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामरा हराएका छन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ वटा बिग्रेका छन्। उनले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक हजार ७८० वटा क्यामेरा प्रयोग गरिएको बताए। गत पुस ३ गतेदेखि सुरू गरिएको बाघ गणना बिहीबार सम्पन्न भएको छ। थापा मगरका अनुसार दुई वटा राष्ट्रिय निकुञ्जलाई एउटा कम्प्लेक्स र एउटा कम्प्लेक्सलाई तीन ब्लकमा विभाजन गरी बाघ गणना गरिएको थियो। यस कम्प्लेक्सलाई ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिएको थियो। ती ग्रिडमा प्रयोग गरिएका क्यामेरामध्ये ८५ क्यामेरा समस्याग्रस्त भएका थापा मगरले बताए। उनका अनुसार एउटा ब्लकमा १७ रात क्यामेरा राखेर काम गरिएको हो। दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिएको हो। यसअघि सन् २...
एमाले झन्डा जलाएको आरोपमा थप २ जना पक्राउ
प्रशासन, समाचार, समाज

एमाले झन्डा जलाएको आरोपमा थप २ जना पक्राउ

नेपालअखबार,दाङ । दाङको तुलसीपुरमा नेकपा एमालेको झन्डा जलाएको आरोपमा थप दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका–६ का २४ बर्षीय बिक्रम परियार र तुलसीपुर – ४ का रमेश राना मगरलाई राति पक्राउ गरेको हो। प्रहरीले शुक्रबार तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको थियो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार एमालेको झन्डा जलाउने कार्यमा संलग्न अन्यको खोजी कार्य जारी छ। बिहीबार राति साढे ९ बजे दाङ तुलसीपुरको वीरेन्द्र चोकका रास्वपा सभापति रवि लामिछानेको स्वागत कार्यक्रमको भीडमा केही व्यक्तिले एमालेको झन्डा जलाएका थिए। त्यो भिडियो सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको थियो। त्यसपछि प्रहरीले एमाले झन्डा जलाउनेको खोजी थालेको थियो। नेकपा एमालेका कार्यकर्ताले शुक्रबार...
‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी
प्रशासन, समाचार

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

नेपालअखबार,काठमाण्डौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ । आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाएर जारी गरेको हो । कार्यविधिअनुसार आयोगले स्थायी मतदाता नामावली सङ्कलन गर्ने कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ । सो सूचना आयोगले आवश्यकताअनुसार राष्ट्रियस्तरका सञ्चारमाध्यमबाट समेत प्रकाशन तथा प्रसारण गर्न सक्ने व्यवस्था कार्यविधिमा गरिएको छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा ...