Sunday, November 1

प्रशासन

बाढीले पुल बगाएपछि मनास्लु र लार्केपास पदयात्रा नगर्न प्रशासनको आग्रह
प्रशासन, समाचार, समाज

बाढीले पुल बगाएपछि मनास्लु र लार्केपास पदयात्रा नगर्न प्रशासनको आग्रह

नेपालअखबार, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–४ नामरुङस्थित थेराङखोलामा आएको बाढीले दुईवटा पुल बगाएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा तत्काल पदयात्रा नगर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म मनास्लु तथा लार्केपास पदमार्गमा पदयात्रा नगर्न–नगराउन सम्बन्धित सबैलाई अनुरोध गरेको हो। प्रशासनका अनुसार २१ भदौ बिहान करिब साढे ३ बजे आएको बाढीले चुमनुब्री गाउँपालिका–४ र वडा नं. २ जोड्ने फलामे पुल तथा गापदेखि नामरुङ जंगल जाने बूढीगण्डकी नदीमाथिको झोलुङ्गे पुलसमेत बगाएको थियो । पुल बगाएपछि उक्त क्षेत्रको आवागमन प्रभावित हुनुका साथै पदमार्गसमेत जोखिमपूर्ण बनेको प्रशासनले जनाएको छ। मनास्लु पदमार्ग वा लार्केपास पदमार्गमा जाने तयारीमा रहेका तथा यात्रामा रहेका पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म या...
आज जेन्जी सहिद दिवस: सार्वजनिक विदा
प्रशासन, समाचार, समाज

आज जेन्जी सहिद दिवस: सार्वजनिक विदा

नेपालअखबार,काठमाडौं । आज जेन्जी सहिद दिवस मनाइँदै छ। गत भदौ २३ गतेको जेन्जी आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो। आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ। यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।...
इजरायलका स्याहार केन्द्रमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला
प्रशासन, समाचार, समाज

इजरायलका स्याहार केन्द्रमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला

नेपालअखबार,काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार एक हजार १३२ जना महिला र ३३२ जना पुरुष गरी कुल १४६४ जना कामदार माग गरिएको हो। आवेदन दिन २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटअन्तर्गत ferms.dofe.go.np मार्फत आवेदन दिन सकिनेछ। छनोट भएका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा तलब पाउनेछन्। इजरायली सरकारको नियमानुसार ओभरटाइम सुविधासमेत उपलब्ध हुने सूचनामा उल्लेख छ। कामदारले सातामा ४२ घण्टा अनिवार्य काम गर्नुपर्नेछ भने हप्तामा एक दिन मात्र बिदा पाउनेछन्। वार्षिक बिदा भने इजरायली सरक...
विद्युत् आयोजनाका सुरुङभित्र १२१ जना मात्रै फसेको देखिन्छ :  नेपाली सेना
प्रशासन, समाचार, समाज

विद्युत् आयोजनाका सुरुङभित्र १२१ जना मात्रै फसेको देखिन्छ : नेपाली सेना

नेपालअखबार, काठमाडौँ । नेपाली सेनाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट ११ जलविद्युत् आयोजनामा क्षति पुर्‍याए पनि आयोजनाका सुरुङभित्र करिब १२१ जना मात्रै फसेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार गरेको पत्रकार सम्मेलनमा सेनाका एक अधिकारीले परियोजनासँग सम्बन्धित करिब ९ सय जना सम्पर्कविहीन भएको भनिए पनि ती सबै सुरुङभित्र नफसेको ब्रिफिङ गरेका हुन् । ‘परियोजनाले ९ सय हाराहारी सङ्ख्यामा मानिसहरू टनेलभित्र फसेका भनेर भनिए पनि । त्यो सबै सङ्ख्या टनेलभित्र फसेका होइनन्’, ती अधिकारीले भने, ‘टनेलभित्र हाराहारी १२१ जना मात्रै फसेको देखिन्छ ।’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बाढीमा परी ९८३ जना सम्पर्कविहीन भएको जनाउँदै आएको छ ।...
काठमाडौंमा विस्तार हुँदै रात्रिकालीन यातायात सेवा, २८ बस र ६ रुट थप्न प्रस्ताव
प्रशासन, समाचार

काठमाडौंमा विस्तार हुँदै रात्रिकालीन यातायात सेवा, २८ बस र ६ रुट थप्न प्रस्ताव

नेपालअखबार,काठमाडौं । काठमाडौंमा रात्रिकालीन यातायात सेवा विस्तार गर्ने तयारी गरिएको छ । त्यसका लागि अन्तर नगर यातायात सञ्जाल विकास गरिने काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिएकी छिन् । उपत्यकाका स्थानीय तहको सहभागिता सुनिश्चित गरेर दिगो प्रणाली स्थापना गर्ने तयारीमा महानगर छ । १ वैशाख २०८३ देखि काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा सञ्चालन गरेको रात्रिकालीन यातायातको प्रभाव र सेवा विस्तार अध्ययन तथा सिफारिस कार्यदलले आफ्नो प्रतिवेदन महानगरलाई बुझाएको छ । काठमाडौँ महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित समितिले यस्तो अध्ययन गरेको थियो । समितिमा महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत विपुल तिवारी, सिभिल इञ्जिनियर आँचल आचार्य, साझा यातायातका सहायक प्रबन्धक इञ्जिनियर जनक रिसाल र यातायात व्यवस्थापन अधिकृत शंकर बस्याल ...
तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
प्रशासन, समाचार, समाज

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

नेपालअखबार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ। आज आइतबार सार्वजनिक सूचना जारी गर्दै यात्राको तयारी अवस्था वा यात्रामा रहेका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नहुँदासम्म पदयात्रा नगर्न आग्रह गरेको हो । आज बिहान नामरुङस्थित थेराङ खोलामा बाढी आउँदा यस क्षेत्रमा पदमार्ग, होटल, जलविद्युत आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीले चुमनुव्री गाउँपालिका वडा नं. ४ र वडा नं. २ जोड्ने फलामे पुल र गापदेखि नामरुङ जंगल जाने बूढीगण्डकी नदीको झोलुंगे पुल समेत बगाएको प्रशासनले जनाएको छ । ‘मिति २०८३ भदौ २१ गते बिहान करिब ३:३० बजे चुमनुव्री गाउँपालिका–४, नामरुङस्थित थेराङखोलामा बाढी आई चुमनुव्री गाउँपालिका-४ र २ जोड्ने फलामे पुल र गापदेखि नामरुङ जंगल जाने बूढीगण्डकी नदीको झोलुंगे पुल समेत बगाएकोले मनास्लु पदमार्ग अथवा लार्केपास पदम...
इजिप्टमा टेलिभिजन प्रस्तोता र अन्य ११ जनालाई मृत्युदण्ड
प्रशासन, विदेश, समाचार

इजिप्टमा टेलिभिजन प्रस्तोता र अन्य ११ जनालाई मृत्युदण्ड

नेपालअखबार,कायरो । इजिप्टमा एक टेलिभिजन प्रस्तोता र अन्य ११ जनालाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय तोकेको छ । इजिप्टको सरकारी अखबार अल अकरमलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार उनीहरू एक आपराधिक गिरोहमा संलग्न थिए । उक्त गिरोहले लागू औषध निर्माणका लागि आवश्यक कच्चा पदार्थ विदेशबाट मगाउने गरेको र त्यसबाट उत्पादन भएको लागु औषध इजिप्टमा बेच्ने गर्दथ्यो । उनीहरूको साथबाट अवैध हतियारसमेत बरामद भएको बताइएको छ । मृत्युदण्डको सजाय सुनाइएकामध्ये ३९ वर्षीय सारा खलिफा पनि छन्, जो एक टेलिभिजन प्रस्तोता हुन् । उनले सञ्चालन गर्ने कार्यक्रम ‘मिसन इम्पोसिबल’मा अपराधसँग जोडिएका घटना देखाइन्थ्यो । साराले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएकी थिइन् । स्थानीय अदालतले अघिल्लो महिना नै फैसला सुनाएको थियो । यद्यपि उक्त फैसलालाई एक महिनापछि बल्ल सुनिश्चित गरिएको हो । फैसला सुनिश्चित गर्नुअघि अदाल...
बारामा १५१ किलो गाँजा बरामद
अपराध, प्रशासन, समाचार, समाज

बारामा १५१ किलो गाँजा बरामद

नेपालअखबार,रौतहट  । बाराको पचरौता नगरपालिकाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले १५१ किलो गाँजा बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेका अनुसार शनिबार राति करिब १०ः३० बजे पचरौता नगरपालिका–७ स्थित बेनौली चोकबाट करिब ३०० मिटर पूर्व धानखेतमा प्रहरी टोलीले एम्बुस थापेर निगरानी गरिरहेको थियो। प्रहरी चौकी श्रीनगर बैरियाबाट असई राजेश सिंहको नेतृत्वमा र सशस्त्र प्रहरी बल, नेपाल बीओपी बेनौलीबाट सई श्यामबहादुर खत्रीको नेतृत्वमा खटिएको संयुक्त टोलीले धानखेतको आलीको बाटो हुँदै ८–९ जना अपरिचित व्यक्तिहरू पिठ्युँमा झोलाजस्तो बनाएर केही बोकेर आउँदै गरेको देखेको थियो। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन लखेटेपछि ती व्यक्तिहरूले पिठ्युँमा बोकेर ल्याएको गाँजाका पोका धानखेतमै फालेर फरार भएका थिए। प्रहरीले बरामद गरेका गाँजाका पोका तौल ...
उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
प्रशासन, समाचार, समाज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

नेपालअखबार,काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय विद्युत् केन्द्र तथा घरमा फसेका व्यक्तिको जीवितै उद्धार सम्भव भएको छ । प्रलयकारी विपद्को यस दुःखद् घडीमा अर्थहीन सल्लाह दिने, नकारात्मक टीकाटिप्पणी गर्ने र विशेषगरी सरकारले केही गरेन भन्ने भाष्य निर्माण गर्ने प्रवृत्ति बढिरहको अवस्थामा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त प्रयासबाट पछिल्लो दुई दिनमा चार जनाको जीवितै उद्धार गरिएको हो । नेपाली सेनाको नेतृत्वमा शुक्रबार माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् केन्द्रको दुई जना कर्मचारी र आज एक चिनियाँ नागरिक तथा सशस्त्र प्रहरी वल तथा नेपाल प्रहरीको प्रयासबाट नुवाकोट विदुरमा एक जना महिलाको जीवितै उद्धार सम्भव भएसँगै सुरक्षाकर्मीको मेहनत र बहादुरीको सर्वत्र प्रशंसा गरिएको छ । भोटेकोशी हुँदै त्रिशूली नदीमा भदौ १० गते गएको अकल्पनीय...
तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर
प्रशासन, समाचार

तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर

नेपालअखबार,काठमाडौं । भदौ १० गतेको रसुवा बाढीपछि देशको प्रमुखमध्येको पृथ्वीराजमार्गमा पनि कटान र पहिरोले क्षति पुर्‍याएको छ। राजमार्गको कृष्णभिरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध छ। उक्त सडक हुँदै काठमाडौं भित्रिने ठूला मालबाहक र सवारी साधनहरू वैकल्पिक सडक भएर गुडिरहेका छन्। नेपाल आयल निगमले पनि व्यवसायीहरूसँग समन्वय गरेर उक्त सडक भएर आउजाउ गर्न नसकेपछि त्रिभुवन राजपथको बाटोबाट पेट्रोलियम पदार्थ भित्र्याइरहेको बताएको छ। यही सडकखण्ड हुँदै एलपी ग्यास अहिले तराइकै उद्योगमा सिलिन्डर भरेर काठमाडौं ल्याउन थालिएको निगमले जनाएको छ। भदौ १८ गते उपत्यकाको लागि विभिन्न ब्रान्डका साढे २४ हजार र १९ गते ३२ हजार १३४ थान भरिएको सिलिन्डर ल्याइएको निगमको दाबी छ। त्यस्तै खोज तथा उद्धारमा प्रयोग भएका हेलिकप्टरका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमै तेल भर्ने व्यवस्था मिलाइएको छ।...