Tuesday, November 10

प्रशासन

नेपाल विश्वविद्यालयको कुलपतिमा डा लोहनी
प्रशासन, समाचार

नेपाल विश्वविद्यालयको कुलपतिमा डा लोहनी

नेपालअखबार,काठमाडौँ । नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी ४ वर्षका लागि चयन भएका छन् । नेपाल विश्वविद्यालयको सर्वोच्च शासकीय निकाय, संरक्षण परिषद्को पहिलो बैठकले उनलाई कुलपतिको पदमा चयन गरेको हो । सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदक सहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका डा लोहनीले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् । नेपाल सरकारको निजामती सेवाबाट आफ्नो पेसागत जीवन सुरु गरेका ड लोहनी एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्राध्यापक हुँदै एसियाली विकास बैंकमा विभिन्न महत्त्वपूर्ण पदमा ३० वर्ष कार्यरत रहेको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पछिल्लो चरण...
नेपाली सेनामा विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुल्यो
प्रशासन, समाचार

नेपाली सेनामा विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुल्यो

नेपालअखबार,काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ । नेपाली सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरुका लागि भर्ना खुलाएको हो । भर्ना छनौट निर्देशनालयले आज जारी गरेको सूचनाअनुसार नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुलेको छ । दरखास्त दिने म्याद आज मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म छ । केन्द्रीय भर्ना छनोट निर्देशनालय स्वयम्भूमा दरखास्त बुझाउन सकिने छ । हेर्नुहोस् दरखास्त आह्वानको सूचना–   ...
रवि लामिछानेलाई अदालतले पाँच दिन म्याद थप
प्रशासन, राजनीति, समाचार

रवि लामिछानेलाई अदालतले पाँच दिन म्याद थप

नेपालअखबार,पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले थप पाँच दिन म्याद थप गरेको छ । जिल्ला अदालत कास्कीमा बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई थप पाँच दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको थियो । रविलाई आज अन्तिम पटक म्याद थपेर अर्को पटक अदालत उपस्थित गराउँदा अभियोजन पत्र पनि दायर गर्ने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले आाज अदालत उपस्थित गराइएको थियो । पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गोर्खा मिडियाका पूर्व प्रवन्ध निर्देशक लामिछानेसहित पूर्व डिआइजी तथा गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, जीवी राईका साझेदार नेचर ...
सिरहामा खाद्य कम्पनीले किन्न थाल्यो धान
प्रशासन, समाचार

सिरहामा खाद्य कम्पनीले किन्न थाल्यो धान

नेपालअखबार, सिरहा । सिरहास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय लहानले बुधबारदेखि धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सिरहा, सप्तरी र उदयपुरका किसानद्वारा उत्पादित धान बर्सेनि खरिद गर्दै आएको हो । यस वर्ष २५ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो (कतर्नी) धान खरिद गरिने कार्यालय प्रमुख दीपक सुनारले जानकारी दिए । उनका अनुसार यस वर्ष सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा र जिरा मसिनो (कतर्नी) धान प्रतिक्विन्टल चार हजार दुई सय रुपैयाँ तोकेको छ । जिल्ला प्राथमिक धान खरिद समितिको बैठकबाट निर्णय भएअनुसार समर्थन मूल्यमा धान खरिद गरिने प्रमुख सुनारले बताए । ‘सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतामा धान खरिद समितिको बैठकबाट निर्णय गरी आजदेखि खरिद प्रक्रिया सुरु गरिएको छ ।...
कञ्चनपुरमा श्रीमतीको हत्या आरोपमा पूर्वअसई पक्राउ
अपराध, प्रशासन, समाचार

कञ्चनपुरमा श्रीमतीको हत्या आरोपमा पूर्वअसई पक्राउ

नेपालअखबार,कञ्चनपुर। कञ्चनपुरमा श्रीमतीको हत्या गरेको आरोपमा नेपाल प्रहरीका पूर्व असई पक्राउ परेका छन्। शनिबार राति ८ बजे भीमदत्त नगरपालिका-८ तिलाचौरमा श्रीमानले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिए। श्रीमान ४९ वर्षीय नरेन्द्र विष्ट छन्। उनले आफ्नी ३० वर्षीया श्रीमती ज्योतिमाथि हँसियाले प्रहार गर्दा मृत्यु भएको हो। घटनाबारे आफन्तले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले गएराति नै नरेन्द्रलाई पक्राउ गरेको थियो। उनीहरूबीच घरायसी विवाद भइरहने गएराति पनि विवाद हुँदा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। शव पोष्टमर्टमको लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।...
नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए
प्रशासन, समाचार

नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए

नेपालअखबार,काठमाडौँ । सरकारसँग सहमति भएपछि नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किएका छन् । सेवा सुविधाको माग गर्दै बिरामीको बहाना बनाएर पाइलटहरू हडतालमा थिए । हडतालका कारण उडान प्रभावित बनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पाइलटहरूसँग वार्ता गरेका हुन् । वार्तापछि पाइलटहरूले उडानमा फर्किने निर्णय लिएको मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार पाइलटले उठाएका सेवा सुविधाका विषयमा वैज्ञानिक आधारमा सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रालयको तर्फबाट भएको छ । यसमा पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको समन्वयमा काम हुनेछ ।...
पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, सोमबार सार्वजनिक बिदा
प्रशासन, समाचार, समाज

पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, सोमबार सार्वजनिक बिदा

नेपालअखबार,काठमाडौँ । पूर्व सभामुख स्व. दमननाथ ढुङ्गानाको अन्तिम बिदाइ राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व सभामुख ढुङ्गाना बिदाइ राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको हो । साथै बैठकले ढुङ्गानाको शोकमा सोमबार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । बैठकले ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बैठकले स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय गरेको गुरुङको भनाई छ । ढुङ्गानाको आइतबार दिउँसो ८३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो । ढुङ्गानाको पार्थिव शरीर सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिने पारिवारिक स्रोतले जनाएको छ । ...
भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री लेखक
प्रशासन, राजनीति, समाचार

भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री लेखक

नेपालअखबार,काठमाडौँ। गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अप्नाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारण/नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्न भ्रष्टाचारलाई पूर्णरुपमा निर्मूल गर्न कानुन र विधयेकहरू प्रस्तुत भएको धारणा राखे। ‘प्रस्तुत विधयेक चाँडो भन्दा चाँडो समितिबाट टुंगो लगाएर आउने अधिवेशनमा यो लाई पूर्णता दिने कुरामा समितिले काम गरिदेओस भन्ने सरकारका तर्फबाट आग्रह छ,’ गृहमन्त्री लेखकले भने, ‘यी विधयेक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानून बनाउनुपर्छ।’ उनले आउँदो अधिवेशनबाट पूर्णरूपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल...
सात वर्षमा बन्यो कालीगण्डकीमा पक्की पुल
प्रशासन, समाचार, समाज

सात वर्षमा बन्यो कालीगण्डकीमा पक्की पुल

नेपालअखबार,काठमाडौं । कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएपछि बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ। गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने उक्त पुल बनाउन थालिएको करिब सात वर्षपछि निर्माण सम्पन्न भएको हो। पोखराबाट पर्वतको फलेबास हुँदै बागलुङको जैमिनीघाट र गलकोट जोड्ने रणनीतिक सडकअन्तर्गत कालीगण्डकी पुल तयार भएपछि सर्वसाधारण खुसी भएका छन्। कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोड्ने मार्ग तथा पोखराबाट गलकोट जाने वैकल्पिक मार्गका रुपमा यो सडक पाँच वर्षअघि सूचीकृत भएको थियो। पोखराबाट गलकोटसम्मको सडक तयार हुँदा कालीगण्डकी नदी वारपार गर्न बन्दै गरेको पुल सात वर्षपछि सम्पन्न भएको हो। निर्धारित समयमा काम सक्न प्राविधिक र भौगोलिक कारण कारक बन्दा पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ। रसुवा/श्री गीता/फेवा संयुक्त निर्माण कम्पनीले विस...
काठमाडौँ महानगरले माग्यो करार कर्मचारी
प्रशासन, समाचार, समाज

काठमाडौँ महानगरले माग्यो करार कर्मचारी

नेपालअखबार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार कर्मचारी माग गरेको छ । बुधबार एक सूचना जारी गदै काठमाडौँ महानगरले १०८ जना करार कर्मचारी मागेको हो । लोकसेवा आयोगबाट सिफारिस भएर नआउँदासम्म असार मसान्तसम्मका लागि  करारमा कर्मचारी माग गरिएको महानगरको सूचनामा उल्लेख छ ।  महानगरले मेडिकल अधिर्कतदेखि कार्यालय सहयोगीसम्मका लागि दरखास्त आह्वान गरेको छ ।   महानगरले आठौँ तहको मेडिकल अधिकृत ४ जना, पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, पाँचौँ तहको फिजियोथेरापी असिस्टेन्ट ३२ जना, पाँचौँ तहको स्टाफ नर्स ५ जना माग गरेको छ । यस्तै फार्मेसी सहायक १० जना, रेडियोग्राफर र तथ्यांक सहायक १र१ जना माग गरेको छ । श्रेणीविहीन २६ जना कार्यालय सहयोगी माग गरेको छ । दरखास्त सूचना प्रकाशित भएको मितिले १५  दिनभित्र कार्यालय समयमा दिन सकिने महानगरले जनाएको छ ।...