Tuesday, August 4

प्रशासन

तीन जना विदेशी नागरिक कोकिन सहित पक्राउ
प्रशासन, समाचार, समाज

तीन जना विदेशी नागरिक कोकिन सहित पक्राउ

नेपालअखबार, काठमाडौं । काठमाडौं आएका तीन जना विदेशी नागरिक कोकिन सहित पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौं आइपुगेका तीन जना विदेशी नागरिकलाई लागुऔषध कोकिन सहित पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा सेनेगलका अमाडोउ सार, भारतीय नागरिक रूबी र सोनी छन्। ब्युरोले विदेशी नागरिकलाई शंका लागेमा प्रोफाइलिङ गर्ने गरेको छ। जेठ २६ गते कतार एयरवेजबाट इथोपियाबाट दोहा हुँदै काठमाडौं आइपुगेका सारलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको हो। उनले मुखबाट निलेर १६ वटा कोकिनको क्याप्सुल ल्याएका थिए। अनुसन्धानको क्रममा उनीबाट थप ६० वटा क्याप्सुल फेला परेको हो। स्वास्थ्यकर्मीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको थियो। उक्त क्याप्सुल एक किलो ५०० ग्राम रहेको र आपराधिक बजारमा ८ देखि १० करोड सम्म बिक्री हुनसक्ने एसपी रेग्मीले बताए। सारले ल्याएको को...
रावल आयोगको प्रतिवेदनले सार्वजनिक भनेका जग्गा रोक्का गर्न मन्त्रालयले लेख्यो विभागलाई चिठी
प्रशासन, समाचार

रावल आयोगको प्रतिवेदनले सार्वजनिक भनेका जग्गा रोक्का गर्न मन्त्रालयले लेख्यो विभागलाई चिठी

नेपालअखबार, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र अतिक्रमणमा परेको भनिएका १८ सय रोपनीभन्दा बढी सार्वजनिक तथा सरकारी जग्गा रोक्का गर्ने प्रक्रिया अघि बढेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्राचार गर्दै मन्त्रिपरिषदको निर्णय अनुसार सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनका लागि जग्गा रोक्का गर्न भनिएको हो। मन्त्रालयका प्रवक्ता गणेश भट्टले रावल आयोगको प्रतिवेदनले सार्वजनिक भनेर किटान गरेका काठमाडौं महानगरपालिकाभित्रका जग्गाहरू रोक्का गर्न भनिएको जानकारी दिए। ‘प्रतिवेदनमा परेका सबै जग्गा हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्ने व्यवस्था मिलाउन विभागलाई पत्र गएको छ,’ उनले भने। उनका अनुसार, मन्त्रालयले रावल आयोगको प्रतिवेदन कार्यान्वयन कसरी ...
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
अपराध, प्रशासन, समाचार

एक्काइस किलो गाँजासहित एक जना पक्राउ

नेपालअखबार, सिरहा । सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका—१४ का उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो ।लागूऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरी टोलीले शङ्का लागेर मोटरसाइकलमा सवार मगरको खानतलासी गर्दा निजबाट उक्त परिमाणको गाँजा बरामद भएको हो ।...
कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई आयकर लाग्ने
प्रशासन, समाचार

कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई आयकर लाग्ने

नेपालअखबार, काठमाडौं । सरकारले कूटनीतिक नियोगहरूमा कार्यरत नेपालीहरूलाई आयकर लाग्ने व्यवस्था गरेको छ । सरकारले आर्थिक विधेयक २०८३ मार्फत यस्तो व्यवस्था गरेको हो । विधेयकको दफा ४७ मा यस प्रावधानका बारेमा लेखिएको छ । यो प्रावधानअनुरूप, संयुक्त राष्ट्रसंघका नेपालस्थित कार्यालय, त्यसअन्तर्गतका विभिन्न निकाय, अन्य अन्तर्राष्ट्रिय संस्था वा विदेशी कूटनीतिक नियोगमा कार्यरत तर भियना अभिसन्धिअनुसार कर छुटको सुविधा नपाउने नेपाली नागरिक वा नेपालका बासिन्दा व्यक्तिहरूलाई लक्षित गर्दै सरकारले विशेष कर सहुलियतको व्यवस्था गरेको छ। यदि त्यस्ता व्यक्तिहरूले ती संस्थाबाट पारिश्रमिक वा सेवा शुल्क प्राप्त गरेका भए पनि आयकर ऐन, २०५८ अनुसार तिर्नुपर्ने आयकर नतिरेका छन् वा आय विवरण दाखिला गरेका छैनन् भने उनीहरूले स्थायी लेखा नम्बर (प्यान) लिएर आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्मको आय विवरण पेस गर्नु पर्न...
सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सम्बन्धी नयाँ व्यवस्था लागू
प्रशासन, समाचार

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सम्बन्धी नयाँ व्यवस्था लागू

नेपालअखबार,काठमाडौँ । सर्वोच्च अदालतले अदालतमा दर्ताका लागि आउने रिट निवेदनहरूको कानुनी प्रक्रिया र कारबाहीलाई थप छिटो, छरितो र व्यवस्थित बनाउन नयाँ समय सीमा तोकेको छ। सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले एक सूचना जारी गर्दै रिट निवेदन दर्ता तथा त्यसको निकासका लागि समय निर्धारण गरेको हो। सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले जारी गरेको सूचनामा उल्लेख भए अनुसार सेवाग्राहीहरूले आवश्यक कागजातहरू सहित सर्वोच्च अदालतमा दर्ताका लागि पेस गरेका रिट निवेदनहरू अब २४ घण्टाभित्र टुङ्ग्याइने छ। महाशाखाका अनुसार रिट निवेदन पेस भएको समयबाट सामान्यतया २४ घण्टाभित्र दर्ता सम्बन्धी सम्पूर्ण कारबाही प्रक्रिया पूरा गरिसक्नु पर्ने व्यवस्था मिलाइएको छ। यसका साथै, दर्ता हुन नसक्ने प्रकृतिका रिट निवेदनहरूको हकमा पनि अदालतले निश्चित समय सीमा तोकेको छ। यदि सेवाग्राहीले पेस गरेको रिट निवेदन दर्ता ग...
सुनका गहना चोरी आरोपमा दुई जना पक्राउ
अपराध, प्रशासन, समाचार

सुनका गहना चोरी आरोपमा दुई जना पक्राउ

नेपालअखबार,काठमाडौं । सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–११ घर भएका १७ वर्षीय किशोर र झापाको दमक नगरपालिका–६ घर भएका ४८ वर्षीय मनोज विश्वकर्मा छन् । किशोर चोरीमा र मनोज चोरीको सुन किनेको आरोपमा पक्राउ परेका हुन् । मनोज सुन पसल सञ्चाल समेत हुन् । उनीहरुलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो । किशोरले कटारी नगरपालिका–३ मा सानुमाया तामाङको घरबाट सुनका गरगहना चोरी गरेको आरोप छ । नगद २ लाख ५० हजार र सुनका १८ लाखका गरगहना गरी २० लाख ५० हजारको चोरी भएको बताइएको छ । चोरी गरेर काठमाडौं आएका ती किशोर र सुन किन्ने दुबैलाई कटारी पठाइएको प्रहरीले बताएको छ । उनीहरुबाट प्रहरीले सुनका चुरा ६ थान पनि बरामद गरेको छ ।...
अदालतको लेटरप्याड र न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने व्यक्ति पक्राउ
प्रशासन, समाचार

अदालतको लेटरप्याड र न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने व्यक्ति पक्राउ

नेपालअखबार, काठमाडौं । अदालतलको लेटरप्याड र आधिकारिक व्यक्तिको हस्ताक्षर कीर्ते गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–७ घर भएका २६ वर्षीय विवश अधिकारी छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । गत १५ चैतमा अधिकारीको नाममा मुद्दा खोल्ने तथा पुन: प्रमाणीकरण सम्बन्धी सूचना भन्ने पत्र कीर्ते बनाइएको खुलेको हो । मुद्दाको अन्तिम निर्णय भएपछि विवस अधिकारीको बैंकमा एक करोड २३ लाख रमान्तर हुने र २४ चैतमा सेवा शुल्क भुक्तानी सम्बन्धी झुटा लिखत तयार गरी विवश अधिकारीलाई अदालतबाट एक लाख ६ हजार ५०० बुझाउने भन्ने आदेश दिएको भनी अदालतको नक्कली पत्र बनाइएको सीआईबीले बताएको छ ।काठमाडौं जिल्ला अदालतको लेटरप्याडमा न्यायाधीश, श्रेस्तेदार, अधिकृतको समेत दस्तखत कीर्ते उल्लेख गरेको पाइएपछि उनलाई पक्राउ गरिएको सीआईबीले बताएको छ ।...
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
प्रशासन, समाचार, स्वास्थ्य

‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन

नेपालअखबार,काठमाडौँ । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य सुरु गरेको छ । पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालले रोग पुष्टि भएका १० जिल्लामा ७२ फार्मका करिब पाँच लाख १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिए । सबैभन्दा बढी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा बढी प्रभावित देखिएका छन् । सरकारको निर्देशनअनुसार खटिएको ‘द्रुत कार्य टोली’ ले सात लाख अण्डा र एक सय ८३ टन दाना पनि नष्ट गरेको उनले बताए । दाहालका अनुसार केही सातअघि झापा, मोरङ, सुनसरी जिल्लामा देखिएको बर्डफ्लुपछि महोत्तरी, बारा, चितवन हुँदैपछि काठमाडाैँ, भक्तपुर, ललितपुर र पछिल्लो समय नवलपरासी जिल्लामा बर्डफ्लु फैलिएको छ । “यसको उपचार नै छैन । एकमात्र उपाय रोग देखिनासाथ जतिसक्दो छिटो नियन्त्रण गरेर फैलन नदिनु हो । त्यसैले पन्छीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन । त्यसैले रोग...
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
प्रशासन, राजनीति, समाचार

वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा

नेपालअखबार, काठमाडौँ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंह निलम्बनमा परेका छन्। सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सिंहविरुद्ध विशेष अदालत काठमाडौँमा अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झूटो विवरणका आधारमा नागरिकता दिलाएको ठहरसहित मुद्दा दायर गरेसँगै सिंह निलम्बनमा परेका हुन् । भ्रष्टाचार मुद्दा दायर भएपछि सार्वजनिक पदमा भएका व्यक्तिको पद निलम्बन हुने कानुनी व्यवस्था छ। सिंहले सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईकी छोरीलाई आफ्नै छोरी ‘रुविना श्रेष्ठ’ कायम गरी नागरिकता दिलाएका थिए । यस कार्यमा वीरगन्ज महानगरपालिकाका तत्कालीन कर्मचारी, जिल्ला प्रशासन कार्यालयका अधिकृत र गृह मन्त्रालयका छानबिन समितिका सदस्यहरूको समेत मिलेमतो देखिएको अख्तियारको ठहर छ । अनुसन्धानका क्रममा मेयर सिंहले रुविना श्रेष्ठको जन्म दर्ता बनाउन आफैँ सूचक बनेर २...
विद्युतीय माध्यमबाट १० लाखसम्म कर्जा लिन सकिने
अर्थ, प्रशासन, समाचार

विद्युतीय माध्यमबाट १० लाखसम्म कर्जा लिन सकिने

नेपालअखबार, काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट पाइने कर्जाको सीमा बढाएको छ । केन्द्रीय बैंकले विद्युतीय माध्यबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन २०७८ संशोधन गर्दै ५ लाखको सीमालाई १० लाख पुर्‍याएको हो । केन्द्रीय बैंकले लघु, साना तथा मझौला व्यवसायीलाई विद्युतीय माध्यमबाट कारोबारमा आधारित भई प्रवाह गर्ने कर्जा सहजीकरण गर्ने व्यवस्था थप गरेको छ । यो व्यवस्थाले साना तथा मझौला व्यवसायीले विद्युतीय माध्यबाट नै १० लाखसम्मको कर्जा लिन सक्ने भएका छन् । त्यसका लागि बैंक, भुक्तानी सेवा प्रदायक र मर्चेन्टको मुख्य भूमिका रहने व्यवस्था मार्गदर्शनमा गरिएको छ । केन्द्रीय बैंकले विद्युतीय कर्जा प्रदान गर्ने सिलसिलामा ग्राहकको विद्युतीय माध्यमबाट गरिएको कारोबारको विवरण, भुक्तानीसम्बन्धी विवरण लगायत व्यवसायसम्बन्धी अन्य विवरणबाट कर्जा विश्लेषण गर्ने कार्यका लागि प्रविधि सेवा प्रद...