Thursday, July 30

प्रशासन

महानगरको तत्काल गर्नुपर्ने कामको सूचीमा ७१ योजना
प्रशासन, समाचार

महानगरको तत्काल गर्नुपर्ने कामको सूचीमा ७१ योजना

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तत्काल गर्नुपर्ने कामको सूचीमा ७१ योजना राखेको छ । सिनियर म्यानेजमेन्ट टीम (एमएमटी) को बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यी काम निर्धारित समयमा पुरा गर्न निर्देशन दिए । यो वर्ष, गएको बर्षभन्दा नतिजामा वृद्धि गर्नु पर्ने भन्दै उनले जनजीविकाको सहजता, पूर्वाधार विकासमा समन्वयात्मक संयन्त्र, आर्थिक सामाजिकका काममा सहभागिताबाट नतिजा निकाल्नु पर्नेमा जोड दिए । तत्काल गर्नुपर्ने कामको सूचीमा, हाइमास्ट लाइट जडान गर्ने, विद्युतीय सेवा सुरु, कार्यालय परिसर र सहरी क्षेत्रमा पार्किङ्ग व्यवस्थापन, स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन, सामुदायिक कुकुरको बन्ध्याकरण, अनुगमन सूचक (पूर्वाधार, वडा स्तर, विभाग, आयोजना तथा कार्यक्रम स्तर, सार्वजनिक खरिद मूल्याङ्कन प्रक्रिया) निर्माण, कार्यपालिका बैठकबाट भएक...
गृह मन्त्रालयले गर्‍यो १० अधिकारीहरूको सरूवा (सूचीसहित)
प्रशासन, समाचार

गृह मन्त्रालयले गर्‍यो १० अधिकारीहरूको सरूवा (सूचीसहित)

नेपालअखबार, काठमाडाैं । गृह मन्त्रालयले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरेको छ। मन्त्रालयले शुक्रबार १० अधिकारीहरूलाई सरूवा गरेको हो। इलाका प्रशासन कार्यालय कटारीका उपसचिव चेतराज बराललाई जिल्ला प्रशासन कार्यालय ओखलढुंगा सरूवा गरिएको छ। जिल्ला प्रशासन कार्यालय ओखलढुंगाकी सिडिओ प्रदर्शनी कुमारीलाई जिल्ला प्रशासन कार्यालय कार्यालय भोजपुरमा  सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा सरूवा गरिएको छ। त्यसैगरी, जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेलाई प्रमुख जिल्ला अधिकारीको रूपमा डडेल्धुरामा सरूवा गरिएको मन्त्रालयले जनाएको छ। अरू को कहाँ?...
कैदी मृत्यु प्रकरण : ७ प्रहरी र ८ कैदीविरुद्ध मुद्दा दर्ता
प्रशासन, समाचार, समाज

कैदी मृत्यु प्रकरण : ७ प्रहरी र ८ कैदीविरुद्ध मुद्दा दर्ता

नेपालअखबार, खाँदबारी । सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेको छ । प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवानद्वय सुमन गुरुड र पवनकुमार महतो, कारागार सुरक्षा गार्डद्वय दमनसिंह राई र नुसन राईविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता सन्तोषप्रसाद भण्डारीले जानकारी दिए । यसैगरी सरकारी वकिल कार्यालयले कैदीहरु राम कार्की, अनिस शर्मा कट्टेल, सचिन राई, सुमन सारुमगर, टीकाराज चौहान, नवीनकुमार राई, इन्द्रध्वज घिमिरे र मीनबहादुर तामाडविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । कारागारको झ्याल काटेर भाग्न खोजेपछि गत साउन २४ गते दुईजना कैदीको कुटपिटबाट मृत्यु भएको थियो । कुटपिटबाट सङ्खुवासभाको मादीका विनोद तोलाङ्गी र नुवाकोटको ककन...
आठ वर्षपछि तातोपानी नाकाबाट आवतजावत
प्रशासन, समाचार

आठ वर्षपछि तातोपानी नाकाबाट आवतजावत

नेपालअखबार, मेलम्ची । नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् ।  सांसद सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए । नाका  खुलाउन नेतृत्वदायी भूमिका खेल्नुभएका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुगेका थिए। तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा  पुग्नुभएका उनले अब नाका पूर्ण सञ्चालनमा आएको बताए । विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो । नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस...
प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि अब पाँच वर्ष कायम
प्रशासन, समाचार

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि अब पाँच वर्ष कायम

नेपालअखबार, काठमाडौँ। मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा 'उमेर, नाम र जात सच्याउने नियमहरू २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०' पारित गरेको छ। गृह मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै सो जानकारी दिएको हो। शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा खास गरी विद्यार्थीहरू ठुलो मर्कामा थिए। अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको सट्टा पाँच वर्ष कायम गरिएको छ। शैक्षिक  प्रमाणपत्र सच्याउने बाध्यतामा रहेका नयाँ वा पुरानो नागरिकतावाहक सबैले एक वर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्नेछन्। संशोधित नियममा भनिएको छ- कुनै विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिइसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नागरिकता सम्बन्धी प्रचलित कानुन बमोजिम नेप...
भोक्राहा नरसिंह गाउँपालिमा चरम बेथिति, प्रशासनिक व्यवस्थापनमा लापरबाही
प्रशासन, समाचार

भोक्राहा नरसिंह गाउँपालिमा चरम बेथिति, प्रशासनिक व्यवस्थापनमा लापरबाही

नेपालअखबार, काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको रोजगार संयोजक सोभा कुमारी मेहताले सरकारी कुर्सीको दुरुपयोग गरेको पाइएको छ । पालिकाको कार्यालयमा राखेको सोभा कुमारी मेहता रोजगार संयोजक लेखेको नेमप्लेट अगाडि राखेको रोजगार संयोजकको नाबालक छोराले सरकारी कुर्सीमा बसेको तस्बिर सार्वजनिक भएको छ । बिहीबार रोजगार संयोजक सोभा कुमारी मेहताले आफ्नो नाबालक छोरालाई सरकारी कुर्सीमा बसाएर पालिकाको महत्त्वपूर्ण कामकाजको रेकर्ड राखेको ल्यापटप समेत चलाउन दिएर काम विशेषले बाहिर गएको रहस्य बाहिरिएको छ । कार्यालय समयमा नाबालक बालकलाई कार्यालयमा ल्याउने गरेको र काम भन्दा बढी बालकको स्याहारसुसारमा बढी समय खर्चिने गरेको उनी माथी आरोप छ । उनले विभिन्न समयमा फर्जी बिल समेत पेस गरि लाखौं रकम भ्रष्टाचार गरेको आरोप छ । सोभा मेहताको श्रीमान नेपाली काङ्ग्रेसको कार्यकर्ता भएको कारण उनलाई कार्वाही नगरे...
पहिलो महिनामै व्यापार घाटा १ खर्ब १५ अर्ब
अर्थ, प्रशासन, समाचार

पहिलो महिनामै व्यापार घाटा १ खर्ब १५ अर्ब

नेपालअखबार, काठमाडौं । चालू आर्थिक वर्ष २०८०/a८१ को पहिलो महिनामा नै १ खर्ब १५ अर्ब २८ करोड ६ लाख ५६ हजारको व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात हुँदा निर्यात भने १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारमा सीमित रहेको छ । व्यापार घाटा भए तापनि यो अघिल्ला वर्षभन्दा ७६ करोड ६० लाख ५० हजारले कम हो । गत साउनमा आयातबाट मात्र कुल ३२ अर्ब ३३ करोड ७३ लाख ३५ हजार रुपैयाँ राजस्व उठेको छ । भन्सार विभागका अनुसार गत वर्ष साउन महिनाको तुलनामा यो वर्षको सोही अवधिमा वस्तु तथा सेवा आयातमा कमी आएकाले व्यापार घाटा पनि कमी आएको हो । विभागले गत वर्षभन्दा १ दशमलव ५६ प्रतिशतले कम आयात भएको जनाएको छ । गत वर्षको साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँको वस्तु आयात भएको थियो । गत साउनमा नेपालबाट अन्य देशमा हुने निर्यात ८ दशमलव ६५ प्रत...
अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने
प्रशासन, समाचार

अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने

नेपालअखबार, काठमाडाैं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने भएको छ। यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दै आएको थियो। विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक वर्षको अवधिका लागि कायम रहने र प्रत्येक वर्ष नवीकरण हुने गरेकोमा अब स्थायी र स्वतन्त्र पत्रकारका हकमा प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष कायम गरिने विभागका प्रवक्ता भरत गौतम जानकारी दिए। अस्थायी प्रमाणपत्रको हकमा भने साविककै व्यवस्था निरन्तर रहने उनले जानकारी दिए। कानूनमा प्रमाणपत्रको अवधि तीन वर्ष भए पनि विभागले एक वर्षभित्र नवीकरण नगरे पुरानो परिचयपत्र खारेज गर्ने गरेको पत्रकारको गुनासो आएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसमा चासो देखाएकी थिइन्। ‘हामीला...
प्रहरीका ९५८ जना इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)
प्रशासन, समाचार

प्रहरीका ९५८ जना इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)

नेपालअखबार, काठमाडौँ । नेपाल प्रहरीका ९ सय ५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा गरिएको छ । प्र्रहरी प्रधान कार्यालयले मंगलरबार इन्स्पेक्टर सरुवा सूची प्रकाशन गरेको हो । काठमाडौँस्थित प्रहरी प्रभाग बूढानीलकण्ठ र फर्पिङको इन्चार्ज पनि परिवर्तन भएका छन् । प्रहरी प्रभाग बूढानीलकण्ठमा योगराज खतिवडा र इलाका प्रहरी कार्यालय फर्पिङमा ज्ञानमन्जरी शर्मालाई सरुवा गरिएको छ । प्रहरी प्रभाग कपनमा नवराज सापकोटा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपामा जनार्दन घिमिरे र इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीमा अनिल पण्डितलाई सरुवा गरिएको छ । सरुवा सूची अनुसार अनिश भण्डारी जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु, अशोक मल्ल इलाका प्रहरी कार्यालय खजुरा, आशिष् अधिकारी इलाका प्रहरी कार्यालय सुनवल पश्चिम नवलपरासी र उज्ज्वल बहादुर सिंह इलाका प्रहरी कार्यालय भालुवाङमा सरुवा भएका छन् । किर...
बाढीपीडितलाई राहत दिन मधेश सरकारले ८ जिल्लामा दस/दस लाख पठाउने
प्रशासन, समाचार, समाज

बाढीपीडितलाई राहत दिन मधेश सरकारले ८ जिल्लामा दस/दस लाख पठाउने

नेपालअखबार, । मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा दस/दस लाख पठाउने भएको छ । प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो। मन्त्री समिमले राहत तथा उद्धार सामग्री खरिद गर्न आठवटै जिल्ला प्रशासन कार्यालयलाई तत्काल राहत रकम पठाउने निर्णय गरेको जानकारी दिए। ‘प्रदेशका आठै जिल्लामा बाढी तथा डुबानको समस्या छ । त्यसलाई मध्यनजर गरी तत्काललाई प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि राहत रकम दिने निर्णय भएको छ,’ उनले भने, ‘यसका अतिरिक्त एकद्वार प्रणालीमार्फत राहत सङ्कलन तथा वितरणको काम गर्ने निर्णय पनि गरिएको छ। त्यसको समन्वय राष्ट्रिय तथा अन्तर्रा...