किरण राउत सर्वोकृष्ट प्रहरी, आचार्यलाई ट्राफिक व्यवस्थापक पुरस्कार
नेपालअखबार, मकवानपुर । प्रहरी दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्य पुरस्कृत भएका छन् । प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशले ‘उत्कृष्ट ट्राफिक व्यवस्थापन’ पुरस्कारबाट प्रहरी निरीक्षक आचार्यलाई पुरस्कृत गरेको हो ।
६८ औँ प्रहरी दिवस–२०८० को अवसरमा प्रहरी निरीक्षक आचार्यलाई बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ट्राफिक प्रहरी प्रमुख आचार्यलाई नगद र सम्मानपत्र सहित पुरस्कृत गरिएको हो ।
सवारी दुर्घटना न्यूनीकरण तथा समग्र ट्राफिक व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गरेकोले प्रहरी निरीक्षक आचार्यलाई पुरस्कृत गरिएको हो । उनले गत चैत्र ६ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका थिए ।
त्यस्तै प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक किरण राउत सर्वोकृष्ट प्रह...










