Wednesday, July 29

प्रशासन

विभागले भन्यो- अब पासपोर्ट लिन आउनू
प्रशासन, समाचार

विभागले भन्यो- अब पासपोर्ट लिन आउनू

नेपालअखबार, काठमाडाैं । राहदानी विभागले सर्भरमा आएको समस्या समाधान भएकाले पासपोर्ट वितरणको सेवा सुचारू भएको जनाएको छ। आइतबार विज्ञप्ति जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट लिन आउन सकिने बताएकी छन्। पुस १७ गतेदेखि विभागको सर्भरमा समस्या आएको भन्दै पासपोर्ट वितरण रोकिएको थियो।...
नारायणगढ–मुग्लिन सडक: पुस ३० र माघ १ गते दिउँसो पनि खुला गरिँदै
प्रशासन, समाचार

नारायणगढ–मुग्लिन सडक: पुस ३० र माघ १ गते दिउँसो पनि खुला गरिँदै

नेपालअखबार, चितवन  । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सक्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ। यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने छ। तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको उनले बताए। अहिले सो सडकखण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ। देवघाटमा स्नान गर्न विदेशीसहित देशैभरबाट भक्तजन आउने गर्दछन्। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार पाँच लाखभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको छ। गएका वर्षहरूमा कोभिडका कारण आउन नपाएकाहरू यस वर्ष आउने अनुमानका साथ तयारी गरिएको उनले बताए...
आजदेखि सातै प्रदेशबाट श्रम स्वीकृति
प्रशासन, समाचार

आजदेखि सातै प्रदेशबाट श्रम स्वीकृति

नेपालअखबार, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आइतबार (आज)देखि सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा आजदेखि श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि  संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ । यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका यी कार्यालयबाट यही पुस २४ गतेदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि प्रदान हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगार कार्यालय पोखरा र बुटवलबाट केही समय अघिदेखि नै संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रदान हुँदै आएको छ । श्रम तथा रोजगार कार्यालय सुर्खेत र कैलालीको धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्व...
अमेरिकाबाट शंकास्पद पैसा ल्याउन खोज्ने शाहसहित ६ जना पक्राउ
प्रशासन, समाचार

अमेरिकाबाट शंकास्पद पैसा ल्याउन खोज्ने शाहसहित ६ जना पक्राउ

नेपालअखबार, काठमाडाै । अमेरिकाबाट शंकास्पद रूपमा नेपालमा रकम ल्याउन खोज्ने अछामका पृथ्वीबहादुर शाहसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो। उनीहरूलाई काठमाडौंको चावहिलबाट पक्राउ गरिएको हो। ब्युरोका प्रमुख एआइजी उत्तम सुवेदीका अनुसार उनीहरूमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको छ। शाहले अमेरिकाबाट ल्याउन लागेको शंकास्पद १२ लाख अमेरिकी डलर राष्ट्र बैंकले रोकेर राखिदिएको थियो। उक्त रकम  फुकुवा गरिदिन शाहले विभिन्न निकायमा धाएका थिए। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले उक्त रकम फुकुवा गरिदिन राष्ट्र बैंकलाई पत्र पठाएपछि तीव्र आलोचना भएको थियो। ब्युरोका एपपी सञ्जयसिंह थापाका अनुसार दर्जनौं कम्पनी खोलेर शंकास्पद कारोबार गरेको, कारोबार गर्न अनुमति पनि नलिएको, विदेशीहरूलाई प्रलोभन देखाएर झुक्या...
आज गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे  सुनुवाइ हुँदै
प्रशासन, राजनीति, समाचार

आज गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ हुँदै

नेपालअखबार, काठमाडाैं। उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे शुक्रबार सर्वोच्च अदालतमा छलफल हुने भएको छ। सर्वोच्चको संवैधानिक इजलासमा आज सांसदसमेत रहेका लामिछानेको नागरिकता र राहदानीमा देखिएका विवादबारे सुनुवाइ हुन लागेको हो। सर्वोच्चबाट लामिछानेविरूद्ध अन्तरिम आदेश आए उनी सांसद र मन्त्री हुन पाउँदैनन्। अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गर्दै नेपाली राहदानी बनाएको आरोपमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको थियो। तर उनी गत पुस ११ मा उपप्रधान र गृहमन्त्री नियुक्त भएका थिए। कसैले झुटा विवरण दिएर राहदानी वा यात्रा अनुमति लिने वा लिने प्रयत्न गरेमा पनि कानुनले सजाय तोकेको छ। यसलाई फौजदारी कसुर मानिन्छ। राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिई राहदानी लिन नहुने उल्लेख छ। यदी लिएमा भने दफा २...
गृहमन्त्री रविको नागरिकता विवाद: जिल्ला प्रशासन कार्यालय काठमाडौंले रिट बदर गर्न माग
प्रशासन, राजनीति, समाचार

गृहमन्त्री रविको नागरिकता विवाद: जिल्ला प्रशासन कार्यालय काठमाडौंले रिट बदर गर्न माग

नेपालअखबार, काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद उठाएर अदालतमा दर्ता भएको रिट बदर गर्न माग गरेको छ। लामिछानेले निष्क्रिय रहेको नागरिकता पेश गरेर संसदीय निर्वाचनमा उम्मेदवारी दिएको भन्दै रवि बसौला लगायतले उनको शपथ रोक्न सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दिएका थिए। उक्त इजलासले विपक्षीलाई लिखित जवाफ पेश गर्न भनेको थियो। अदालतलाई लिखित जवाफ दिँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामिछानेको नागरिकता विवाद झिकेर रिट दिने निवेदकहरूको कुनै पनि हक आफूले हनन् नगरेको जिकिर गर्दै उसले रिट खारेज हुनुपर्ने माग गरेको हो। ‘निवेदकहरूले निवेदनसाथ पेश गरेको कागजातबाट विगत चार वर्षदेखि रवि लामिछानेको नागरिकता विवाद उठेको अवस्थामा उक्त नागरिकता विवाद अदालत प्रवेश गर्न के कारणले विलम्ब भएको हो भन्ने कुराको मनासिव आधार र कारण खुल...
अनिश्चितकालका लागि राहदानी वितरण बन्द
प्रशासन, समाचार

अनिश्चितकालका लागि राहदानी वितरण बन्द

नेपालअखबार, काठमाडौँ ।  राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो । सिस्टममा समस्या आएको र समाधानका लागि निरन्तर प्रयास गर्दा पनि समाधान नभएको भन्दै विभागले राहदानी वितरण कार्य रोकेको हो । सिस्टममा समस्या आउँदा राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएकाले अर्काे सूचना जारी नहुँदासम्म राहदानी वितरण कार्य रोकेको विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन् । पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या आई राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण  कार्य अवरुद्ध हुन गएको छ । विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सुचारू हुन केही समय लाग्ने व्यहोरा सबैमा अनुरोध छ,’ प्रवक्ता सापकोटाले जारी गरेको विज्ञप्त...
बलात्कारको घटनामा उजुरी गर्न रोक लगाउने २ जनालाई कैद र जरिवानाको फैसला
अपराध, प्रशासन, समाचार

बलात्कारको घटनामा उजुरी गर्न रोक लगाउने २ जनालाई कैद र जरिवानाको फैसला

नेपालअखबार,  सप्तरी। १७ वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने आरोप लागेका २ जनालाई कैद र जरिवानाको फैसला भएको छ। गम्भीर अपराधको घटना मिलाउन दबाब दिने सप्तरी डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुर ललितपुरका ५० वर्षीय शत्रुघन मण्डल र ४५ वर्षीय उचितलाल मण्डललाई एक वर्ष कैद सजायको फैसला भएको हो। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले सो फैसाला गरेको हो। आरोपितहरूको नजिकका नातेदार रहेका उनीहरूबाट रु २५ हजार पीडित परिवारलाई क्षतिपूर्तिवापतको रकम भराउनुपर्ने पनि फैसला पनि भएको अदालतका श्रेस्तेदार कुमार मास्केले बताए। बलात्कारको घटनापछि आरोपितहरूविरुद्ध उजुरी गर्न रोक लगाउँदै उनीहरुले पीडित परिवारलाई प्रहरीकहाँ उजुरी गरे गाउँ निकाला गर्ने र सामाजिक बहिष्कार गर्ने चेतावनी दिएका थिए। न्याय पाउने आशा मरेपछि घटनाको भोलिपल्टै पीडित बालिकाले आत्महत्या गरेकी जनाइएको छ। शत्रुघनका दाजु ६५...
चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षाको आवेदन खुला
प्रशासन, शिक्षा, समाचार, स्वास्थ्य

चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षाको आवेदन खुला

नेपालअखबार, काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तह (युजी) को शैक्षिक कार्यक्रमहरुमा एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन २४ पुसमा खोल्ने भएको छ । आयोगले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फयुजन टेक्नोलोजी, बीएएमएस, बीएनएस, बीएससी एमएलटी, बीएससी एमआईटी, बी फार्मा, बी अप्टोमेट्री, बीपीटी, बीपीएचको लागि अनलाइन आवेदन खुला गरेको हो । आवेदन फारम पुस २४ गते बिहान १० बजेदेखि २०७९ माघ २४ गते अपरान्ह पाँच बजेसम्म भर्न पाइनेछ । आयोगले नेपाली आवदेकको लागि चार हजार र विदेशी आवेदकको लागि ८ हजार रुपैयाँ शुल्क तोकेको छ । आयोगका अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आयोगको वेबसाइटमार्फत अनलाइन आवेदन भर्न सक्नेछन् । परीक्षा फागुन २४ गतेदेखि आयोगले यी शैक्षिक कार्यक्रमहरुको प्रवेश परीक्षा फागुन २४ गतेदेखि फागुन २८ गतेसम्म सञ्चालन गर्ने भएको छ । आय...
आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन
अर्थ, प्रशासन, समाचार

आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन

नेपालअखबार, काठमाडौं । सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे विमानस्थल उदघाटन गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक बिक्रम गौतमले बताए । उनका अनुसार फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुने छ । अन्तर्राष्ट्रिय विमानस्थल उदघाटनको खुसियालीमा पोखरा महानगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएको छ । बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ । अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्याली निकाल्ने तयारी छ । विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दन गर्ने कार्यक्रम छ । चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले ११...