‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ आयोजना हुँदै, प्रथम पुरस्कार १ लाख
नेपालअखबार, पोखरा । रोटरी दिवसको छेको पारेर पोखरामा ‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ नृत्य प्रतियोगिता आयोजना हुने भएको छ ।
स्टार्स स्टुडियो प्रालि, स्टार्स फाउण्डेशन नेपाल र रोटरी क्लब अफ पोखरा प्याराडाइजको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । रोटरी वा रोट्याक्टलाई मात्र लक्षित गरेर नेपालमानै पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गरिएको आयोजकको दावी छ ।
फागुन ५ गते गण्डकी प्रज्ञा–प्रतिष्ठानको भानु हलमा आयोजना हुने प्रतियोगिताको तयारीमा तीव्रता दिइएको स्टार्स स्टुडियो प्रालिको सञ्चालक जसमाया गुरुङ जसुले जनाइन् । नृत्य प्रतियोगितामा एकल र समुहगतरुपमा प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगिता रोटरी वा रोट्याक्ट क्लबमा आवद्ध अथवा रोटरीको परिवारमा रहेका प्रतिभाको प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गरिएको रोटरी क्लब अफ पोखरा प्याराडाइजको सह–सचिव समेत रहेकी गुरुङले खुलाइन् ...









