Saturday, May 9

मनोरञ्जन

शाहरुखले दिए नेपाली दर्शकलाई धन्यवाद
मनोरञ्जन, समाचार

शाहरुखले दिए नेपाली दर्शकलाई धन्यवाद

नेपालअखबार, काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानले नेपाली दर्शकलाई धन्यवाद दिएका छन् । नेपालमा फिल्म ‘पठान’ को पहिलो शो सबै एडभान्स बुकिङ भएपछि उनले नेपाली दर्शकलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद दिएका हुन् । शाहरुखको ‘पठान’ फ्यान माझ प्रतीक्षित फिल्म हो । फिल्मको पहिलो गीत ‘बेशरम रंग’ रिलिज हुनासाथ गीत र दीपिका पादुकोणको भगवा बिकिनी लुकले विवाद र चर्चामा रहेको यो फिल्म २५ जनवरी अर्थात भोलिदेखि रिलिज हुँदैछ । फिल्ममा शाहरुखको लुक्स निकै अलग रूपमा देखाइएको छ । उनी लामो कपालमा निकै ‘कुल’ देखिएका छन् । यो फिल्मकै लागि शाहरुखले कैयौं महिनासम्म कपाल नै काटेका थिएनन् । फिल्ममा दर्शकले अभिनेत्री दीपिका पादुकोणको दमदार एक्सन समेत देख्न सक्नेछन् । फिल्ममा शाहरुखको भन्दा बढी एक्सन दीपिकाको रहेको बताइएको छ । ‘पठान’ हिन्दीका साथै तमिल र तेलुगु भाषामा रिलिज हुँदैछ । फिल्म हिन्दीमा करिब ४...
पोखरा महोत्सवमा बद्रीले नचाए पोखरेली धुर्मुस र माग्नेबुढाले हसाए
मनोरञ्जन, समाचार, समाज

पोखरा महोत्सवमा बद्रीले नचाए पोखरेली धुर्मुस र माग्नेबुढाले हसाए

नेपालअखबार,पोखरा  । पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा बहुचर्चित लोकदोहोरी गायक बद्री पंगेनीले दर्शकहरुलाई नचाए भने हास्यब्यङ्ग्य मार्फत पोखरेली माग्ने बुढा र धुर्मुसले दर्शकहरुलाई हसाएका छन । बद्री पंगेनीले आफ्नो एकल प्रस्तुतीबाट स्टेजमा गाउन सुरु गर्दै दोहोरी मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए । त्यसैगरी हास्यब्यङग्य मार्फत पोखरेली धुर्मुस र माग्ने बुढाको प्रहसन मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिए । महोत्सवमा बद्री पंगेनी संगै जीवन दाहाल, चोलेन्द्र पौडेल, पार्वती जिसी, अमर धिताल, माया गुरुङ, प्रेमराज अधिकारी, सुनमा गुरुङ लगायतको प्रस्तुती मार्फत दर्शकले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्ट तर्फ ए.एस.एम.को प्रस्तुती मार्फत युवाहरुलाई भरपुर मनोरन्जन लिएका थिए । युनाइटेड क्लवले आयोजना गरेको एघारौं संस्करणको पोखरा महोत्सवको आठौं दिन दर्शकहरुको उल्लेख्य सहभ...
पोखरामा साम्राज्ञीको ‘ह्याङआउट’ : स्वीमवेयरमा हट एण्ड सेक्सी
मनोरञ्जन, समाचार

पोखरामा साम्राज्ञीको ‘ह्याङआउट’ : स्वीमवेयरमा हट एण्ड सेक्सी

  नेपालअखबार,काठमाडौं । ‘लण्डन टु पेरिस’ फिल्मको छायांकन सकिएपछि अभिनेत्री साम्राज्ञी शाह यतिबेला स्वदेश फर्किएकी छन् । बेलायत र फ्रान्सका विभिन्न सहरमा एक महिना चलेको सुटिङ सकेपछि साम्राज्ञी अहिले नेपाल घुमघाममा व्यस्त छिन् । ‘ड्रिम्स’ डेब्यु गर्ल यतिबेला तालनगरी पोखरामा ह्याङआउट गरिरहेकी छन् । बुधबार राति इन्स्टाग्राममा उनले पोस्ट गरेको स्वीमवेयरसहितको तस्वीरमा साम्राज्ञी सेक्सी र हट देखिन्छिन् ।पोखराको भिल्ला कर्माबाट पोस्ट गरिएका केही तस्वीरमा साम्राज्ञीको मादकता र सौन्दर्य खुलेको छ । हात र कोखामा साम्राज्ञीको आकर्षक ट्याटु पनि देखिन्छ ।साम्राज्ञीसँगै फेवातालको प्राकृतिक सौन्दर्य पनि मनमोहक लाग्छ । जुस पिउँदै गरेकी साम्राज्ञीले ‘समर’ क्याप्सन लेख्दै तस्वीर पोस्ट गरेकी हुन् । साम्राज्ञीको यतिबेलाको रिलेसनसिप स्टाटस चाहिं सिंगल नै छ ।...
अनमोल केसी स्टारर ‘छड्के २’को छायांकन सुरु
चलचित्र, मनोरञ्जन

अनमोल केसी स्टारर ‘छड्के २’को छायांकन सुरु

नेपालअखबार,काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘छड्के २’को चितवनमा शुभमुहूर्त गरिएको छ । शुक्रबार कृष्ण जन्माष्टमीको अवसर पारेर मुहूर्त गरेसँगै फिल्मको छायांकन पनि सुरु भएको छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा अनमोलसँगै रविन तामाङ र कमलमणि नेपालको मुख्य भूमिका रहनेछ । अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक गरेको छैन ।काभ्रे फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेका छन् । प्रशान्त गिरी र लक्ष्मण काफ्ले फिल्मका निर्माता हुन् ।छड्के २’को चितवन र मुस्ताङमा छायांकन गरिने निर्देशक श्रेष्ठले जानकारी दिए ।...
भुवन केसी विरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै
चलचित्र, मनोरञ्जन, समाचार

भुवन केसी विरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

नेपाल अखबार,काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै दायर रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर शुक्रबार फिल्म निर्देशक नरेशकुमार पौड्यालसहित पाँच जनाले रिट दायर गरेका थिए ।सर्वोच्चको वेबसाइटअनुसार यो उत्प्रेषणको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ । यो मुद्दामा सोमबार प्रारम्भिक सुनुवाइ हुने जनाइएको छ । फिल्म निर्देशकहरु पौड्याल, अरुणकुमार प्रधान, सुचित्रा श्रेष्ठ, मनिष पण्डित र निर्मलराज ढकालले रिट दायर गरेका थिए ।...
सलमानले मारेको कालो हरिणको सम्झनामा स्मारक बन्ने
मनोरञ्जन, समाचार

सलमानले मारेको कालो हरिणको सम्झनामा स्मारक बन्ने

नेपालअखबार,एजेन्सि । बलिउड अभिनेता सलमान खान केही समययता चर्चामा छन् । उनलाई ज्यानको धम्की आएपछि उनी सार्वजनिक रुपमा कमै मात्र निस्कन थालेका छन् । उनको सुरक्षा पनि निकै बढाइएको छ । सलमानलाई केही समयअघि लरेन्स बिश्नोई समूहले ज्यान मार्ने धम्की दिएका थिए । विश्नोई समाजका मानिसहरु कालो हरिणलाई भगवानको रुप मान्छन् । सलमानमाथि कालो हरिण मारेको आरोप छ । २४ वर्षअघि फिल्म  ‘हम साथ साथ है’ को सुटिङका समयमा सलमान शिकारमा जाँदा यो विषय बाहिर आएको थियो । कालो हरिणलाई मान्ने विश्नोई समाजले अब कांकाणी गाउँमा कालो हरिणको ठूलो स्मारक बनाउने भएका छन् । कांकाणी गाउँमा स्मारकसँगै एक ठूलो जनावर रेस्क्यु सेन्टर पनि बनाउने तयारी उनीहरुको छ । जहाँ हरिणको मृत्यु भएको थियो । यो स्मारक ७ बिगाहा जमिनमा हुनेछ । यो स्मारक ३ फिटको हुनेछ । जसको वजन ८ सय किलोको हुनेछ । रेस्क्यु सेन्टरमा जनावर र पंक्षीको उपचार हुनेछ...
चन्द्रावती वाग्ले को तिजगित बजारमा
मनोरञ्जन, समाचार

चन्द्रावती वाग्ले को तिजगित बजारमा

नेपाल अखबार, पोखरा ।साहित्यकार एवं गायिका चन्द्रावती वाग्लेको नयाँ तीज गीतको म्युजिक भिडियो शून्य छ जन्मेको घर बरी लै मंगलबार पोखरामा सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले गीत सार्वजनिक गरे । उनले मौलिक गीतले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । पुरुषले तीजे गीत गाउनु अशोभनीय भएको उल्लेख गर्दै उनले महंगो होटल र पार्टी प्यालेसमा टिकटमा दर खाने कार्यक्रम तीजमा विकृति थपेको उनको भनाइ छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पँगेनीले पछिल्लो समय विकृति बढाउने खालका गीत बजारमा आउने क्रम बढेको उल्लेख गरिन् । उनले मिडियाले मौलिक गीतलाई प्राथमिकतामा राखेर प्रकाशन/प्रसारण गर्नुपर्नेमा जोड दिइन् । साहित्यकार वसन्त चालिसेले वाग्लेका गीतमा समाजको यथार्थ झल्किएको धारणा राखे । गायिका वाग्लेले समाजमा घट्ने घटना क्रमलाई गीतमार्फत उजा...
हांसपोखरिमा तिजगित प्रतियोगिता तथा जनप्रतिनिधि सम्मान कार्यक्रम  हुने
धर्म/संस्कृति, मनोरञ्जन, समाचार

हांसपोखरिमा तिजगित प्रतियोगिता तथा जनप्रतिनिधि सम्मान कार्यक्रम हुने

हरितालिका तिज को अवसरमा हांसपोखरिमा खुल्ला तिज गित प्रतियोगिता तथा जनप्रतिनिधि सम्मान कार्यक्रम हुने भएको छ । २०७८/०५/१४ गते हरितालिका तिजको अवसरमा स्थानिय हांसपोखरि युवा क्लबको को आयोजनामा ईन्द्रायणि आधारभुत बिधालय को प्रांगणमा सम्पन्न हुने कार्यक्रममा स्थानिय कलाकार को समेत प्रस्तुति रहने आयोजकले बताएको छ प्रतियोगितामा सहभागि मध्यबाट प्रथम हुनेलाई रु १५०००, द्दितिय हुनेलाई रु १२०००,तृतिय हुनेलाई रु ९००० र सान्त्वना हुनेलाई रु ३००० र उत्कृष्ट नृत्य लाई रु २००० र प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जनाएको छ । उक्त स्थानमा यस प्रकारको कार्यक्रम दशकौं देखि चल्दै आएको आयोजकले जनाएको छ ।...
ढिकुरपोखरिमा तिज मेला हुने
मनोरञ्जन, समाचार, साहित्य \कला

ढिकुरपोखरिमा तिज मेला हुने

नेपाल अखबार पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १, २, ३ स्थित ढिकुरपोखरीमा यसवर्ष तीजमेला हुने भएको छ ।स्थानीय ढिकुरपोखरी युवा संजालको आयोजनामा हुने उक्त मेला अन्र्तगत ११ ए साइड फुटबल प्रतियोगिता, तीजगीत प्रतियोगिता, रस्साकस्सी, घैटोफुटाई लगायतका प्रतियोगिता गर्न लागिएको संजालका महासचिव दिलबहादुर जिसीले जानकारी दिनुभयो। मेलाको तयारी अन्र्तगत आज युवा भेला वसी नविन गिरी संयोजक तथा किरण गुरुङ सहसंयोजक रहेको ३१ सदस्यिय मूल आयोजक समिति गठन पनि गरिएको छ। ढिकुरपोखरीमा १० औं वर्षदेखि तीजमेला हुँदै आएकोमा कोरोनाका कारण पछिल्लो दुई वर्ष मेला हुन सकेन भने यसवर्षदेखि मेलालाई निरन्तरता दिन लागिएको हो ।...
मिस नेपाल प्रियंकालाई अमेरिकी सांसद जेनिफरले गरिन् सम्मान
मनोरञ्जन, विदेश, समाचार

मिस नेपाल प्रियंकालाई अमेरिकी सांसद जेनिफरले गरिन् सम्मान

नेपालअखबार, काठमाडौं । अमेरिकी सांसद जेनिफर राजकुमारले मिस नेपाल प्रियंकारानी जोशीलाई न्युयोर्कमा सम्मान गरेकी छन् । नेपाली समाजको रोल मोडल बनेको र बिजुली नपुगेको नेपाली गाउँमा सोलार परियोजना स्थापना गर्ने कार्य थालनी गरेको भन्दै सांसद राजकुमारले सम्मान प्रदान गरेकी हुन् । न्युयोर्क एसेम्बलीअन्तर्गतको डिस्ट्रिक्ट ३८ की सदस्य समेत रहेकी जेनिफरले सम्मानपत्रमा प्रियंकाले व्यावसयिक, सामाजिक र मानवीय कार्यमा योगदान पुर्‍याउन भूमिका खेलेको समेत बताएकी छन् । अमेरिकी सांसद जेनिफर राजकुमार महिलाका लागि आदर्श व्यक्ति बनेको भन्दै जेनिफरले प्रियंकाको बाह्य सौन्दर्यलाई आन्तरिक सौन्दर्यले जितेको भन्दै प्रशंसा समेत व्यक्त गरेकी छन् । जेनिफरको निर्वाचन क्षेत्रअन्तर्गत न्युयोर्कको ३८ नम्बर डिस्ट्रिकमा नेपालीहरुको सघन बसोबास छ । जेनिफरले नेपाली समुदायको क्षेत्रमा समेत कार्य गर्दै आएकी छन् । मिस न...