Tuesday, August 11

राजनीति

प्रकोपको जोखिम टरेको छैन, सतर्कता अपनाउनु अनिवार्य छ :पूर्वप्रधानमन्त्री खनाल
राजनीति, समाचार

प्रकोपको जोखिम टरेको छैन, सतर्कता अपनाउनु अनिवार्य छ :पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अझै पनि प्राकृतिक प्रकोपको जोखिम टरेको टरिनसकेको भन्दै उच्च सतर्कता र सावधानी अपनाउनु अनिवार्य रहेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले आइतबार सामाजिक सञ्जालमा भनेका छन्, ‘यस्तो अवस्थामा जनता र राष्ट्रप्रति संवेदनशील रहेका सबै राजनीतिक पार्टीहरू, जङ्गी र निजामती प्रशासन, सबै तहका सरकारहरू र विशेष गरेर स्थानीय सरकारहरू, नागरिक समाज र सम्पूर्ण पक्षलाई जनता र राष्ट्रले भोगिरहेको यो आपत् र विपतको बेलामा युद्ध स्तरमा जनताको सेवामा उत्रिन आह्वान गर्दछु ।’ साथै उनले मृतकका परिवारलाई आवश्यक राहत दिन, बाढी र पहिरो पीडितहरूलाई उद्धार गर्न, आवश्यक ठाउँमा अविलम्ब राहत सुविधाहरू पुर्याउन, औषधि उपचारको प्रबन्ध गर्न र जन जीवनलाई सामान्य अवस्थामा फर्काउन म सरकारसँग माग गरेका छन् ।...
सनई टाकाइचीलाई नयाँ नेताको रूपमा निर्वाचित गरेपछि जापानले पहिलो महिला प्रधानमन्त्री पाउने
राजनीति, विदेश, समाचार

सनई टाकाइचीलाई नयाँ नेताको रूपमा निर्वाचित गरेपछि जापानले पहिलो महिला प्रधानमन्त्री पाउने

नेपालअखबार,काठमाडौं ।  जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीले (एलडिपी) सनई टाकाइचीलाई नयाँ नेताको रूपमा निर्वाचित गरेपछि जापानले पहिलो महिला प्रधानमन्त्री पाउने भएको छ। सन् २०२१ र गत वर्ष गरी दुई पटकको दलको नेताको निर्वाचन हारेकी ६४ वर्षीया टाकाइची शनिबार तेस्रो प्रयासमा एलडिपीको नेता चुनिएकी छिन्। सत्तारूढ एलडिपीको नेता चुनिएपछि टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी हुन्। संसदमा एलडिपीको बहुमत नभए पनि उनलाई संसदले प्रधानमन्त्री अनुमोदन गर्ने अपेक्षा गरिएको छ। अनुमोदन गरेपछि परम्परावादी सोच भएको जापानको उनी पहिलो महिला प्रधानमन्त्री बन्नेछिन्। एलडिपीले पार्टी नेतृत्वको चुनाव दुई वर्ष अगावै गर्ने कि नगर्ने भनेर मतदान हुने तयारी भएपछि सेप्टेम्बर ७ मा इशिबाले राजीनामा दिएका थिए। स्थानीय मिडियाका सर्वेक्षणहरूले चाँडो चुनावको पक्षमा जनमत बढेको देखाएकाले यो म...
आन्दोलनको खरानी समातेर “देश निर्माणको संकल्प जनताको अन्तिम विश्वास”
राजनीति, विचार, समाचार

आन्दोलनको खरानी समातेर “देश निर्माणको संकल्प जनताको अन्तिम विश्वास”

नेपालअखबार,काठमाडौं । यस्तो सुन्दरता र सम्पदाले भरिपूर्ण देश जहाँ हिमालको पवित्र पानी बेचेर विश्वका जनताको प्याश मेटाउँदै देशको भकारी वैदेशिक मुद्राले भरिन सक्थ्यो। ऋषिमुनिहरूको साधना र योग विश्वभर फैलिँदा नेपाल ज्ञान र आत्मज्ञानको राजधानी बन्न सक्थ्यो। जहाँ डाक्टर, इन्जिनियर, पाइलट जस्ता प्रतिभा,श्रम र सीप बेचेर होइन, सिर्जना बेचेर देशलाई धनी बनाउन सक्थे। जहाँ बाढीले बगाएर गएको काठ,बालुवा र ढुङ्गा मात्र नियन्त्रण गरेर निर्यात गर्न सके पनि देशलाई स्वर्णभण्डारमा रूपान्तरण गर्न सकिन्थ्यो।जहाँ दूध–दही, फलफूल र जडीबुटी संसारका रोगीलाई जीवनदायिनी अमृत दिन सक्थे। जहाँ हिमाल, पहाड र तराईको पर्यटन विश्वकै भण्डार खोल्ने खानी बन्न सक्थे। तर अफसोस! यति सम्पदाको स्वामी भएर पनि हामी भिखारी झैँ बनिरहेका छौँ।नेतृत्वको असक्षमता, भ्रष्टाचारको जाल र स्वार्थको अन्धकारले देशलाई समृद्ध बन्न दिएन। ह...
कांग्रेसको आपत्ति ओली, लेखकलगायतको राहदानी रोक्काप्रति
राजनीति, समाचार

कांग्रेसको आपत्ति ओली, लेखकलगायतको राहदानी रोक्काप्रति

नेपालअखबार,काठमाडौं। नेपाली कांग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक सहितका व्यक्तिहरूको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। कांग्रेसका पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस वक्तव्य निकालेर सरकारले राहदानी रोक्का गर्ने र आफ्‌नै मुलुकभित्र पनि आवतजावत गर्न निषेध गर्ने किसिमका राजनैतिक प्रतिशोधपूर्ण निर्णय गर्न थालेको भनेर विरोध जनाएको हो। गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो। उक्त आन्दोलनपछि आन्दोलनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोग गठन भएको छ। उक्त आयोगको सिफारिसमा सरकारले निवर्तमान प्रधानमन्त्री ओली र निवर्तमान गृहमन्त्री लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयका पूर्वसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र जिल्ला प्रशासन कार्यालय काठम...
गाजा युद्धविराम प्रस्तावमा हमासलाई ट्रम्पको ३ वा ४ दिन समय, के गर्दैछ हमास?
राजनीति, विश्व, समाचार

गाजा युद्धविराम प्रस्तावमा हमासलाई ट्रम्पको ३ वा ४ दिन समय, के गर्दैछ हमास?

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई आफ्नो गाजा युद्धविराम प्रस्तावमा प्रतिक्रिया दिन ‘तीन वा चार दिन’ मात्र समय दिइएको बताएका छन्। उनका अनुसार इजरायली र अरब नेताहरूले पहिले नै यो योजना स्वीकार गरिसकेका छन् । मंगलबार ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, ‘हमासले यो स्वीकार्न पनि सक्छ र नस्वीकार्न पनि । नस्वीकारे दुःखद अन्त हुनेछ।’ प्रस्तावमा वार्ताको ठाउँ छ कि भन्ने प्रश्नमा उनले भने, ‘धेरै छैन ।’ ट्रम्पले सोमबार वाशिङ्टन डीसीमा भेट भएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई योजना स्वीकार गरेकोमा धन्यवाद पनि दिए । यो टिप्पणी ह्वाइट हाउसले सार्वजनिक गरेको २० बुँदे दस्तावेजपछि आएको हो, जसमा गाजामा तत्काल युद्धविराम, हमासको कब्जामा रहेका इजरायली बन्दी र इजरायली जेलमा रहेका प्यालेस्टिनीबीच साटफेर र चरणबद्ध इजरायली फिर्ता लगायतका बु...
नेतन्याहूको बोली फेरियो, भने – गाजाबाट इजरायली सेना पछि हट्दैन
राजनीति, विश्व, समाचार

नेतन्याहूको बोली फेरियो, भने – गाजाबाट इजरायली सेना पछि हट्दैन

नेपालअखबार,काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो पछिल्लो वक्तव्यमा इजरायली सेनालाई गाजाबाट फिर्ता नबोलाउने बताएका छन् । ह्वाइट हाउस भ्रमणपछि नेतन्याहूको एक भिडियो टेलिग्राममार्फत सार्वजनिक गरिएको छ। उक्त भिडियोमा उनले इजरायली सेनालाई गाजाबाट फिर्ता बोलाउन दबाब दिइरहेका शक्तिहरूलाई निसाना बनाउँदै उनीहरू लक्षित आक्रामक अभिव्यक्ति दिएका हुन् । ‘उनीहरूले हामीले हमासका शर्तहरू मान्नुपर्छ भनेर पटक–पटक भन्छन् । आईडीएफ (इजरायली डिफेन्स फोर्सेस) बाहिर निस्कनुपर्छ र हमास फेरि उठ्न सक्छ तथा गाजा पट्टीलाई पुनःनिर्माण गर्न सक्छ।’ उनले थपे, ‘त्यस्तो हुने छैन ।’ सोमबार ह्वाइट हाउसमा ट्रम्प र नेतन्याहूबीच भेट भएको थियो। उक्त बैठकमा दुवै नेताले गाजामा शान्तिका लागि ट्रम्पको २० सूत्रीय योजनामाथि छलफल गरेका थिए । यस योजनामा इजरायली प्रधानमन्त्रीले सहमति जनाइसकेका छन्, तर हमासले भ...
समुन्नत राष्ट्र निर्माणमा सघाउन आग्रह : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

समुन्नत राष्ट्र निर्माणमा सघाउन आग्रह : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विविधताले भरिपूर्ण नेपाली समाजमा सबै जाति तथा समुदायका संस्कृतिको संरक्षणबाट एकापसमा सहयोग, सद्भाव र सामाजिक एकता अभिवृद्धि हुने बताएका छन् । बडा दसैँका अवसरमा आज जारी गरिएको शुभकामना सन्देशमा उनले स्वदेश तथा तथा विदेशमा रहेका सम्पूर्ण नेपाली शुभकामना व्यक्त गर्दै समुन्नत नेपाल निर्माणका निम्ति सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिए । साथै अध्यक्ष नेपालले जनचाहनाअनुरूप स्थापित लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको रक्षा गर्दै तोकिएको मितिमा निर्वाध निर्वाचन गराउने वातावरण तयार गर्न समाजका सबै  पक्षसँग आग्रह गरेका छन् ।...
गजा युद्ध अन्त्य गर्न नेतन्याहूलाई अन्तत ट्रम्पले मनाए, हमासको सहमति अझै आउन बाँकी
राजनीति, विश्व, समाचार

गजा युद्ध अन्त्य गर्न नेतन्याहूलाई अन्तत ट्रम्पले मनाए, हमासको सहमति अझै आउन बाँकी

नेपालअखबार, काठमाडौँ । गजामा झन्डै दुई वर्षदेखि चलेको युद्ध अन्त्य गर्नका लागि अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई मनाएका छन्। ट्रम्पको सो योजनालाई हमासले स्वीकार गर्छ कि गर्दैन भन्ने अझै टुंगो छैन। ह्वाइट हाउसमा सोमबार नेतन्याहूसँग कुरा गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले प्यालेस्टिनी भूभागका लागि शान्ति सम्झौताको ‘ज्यादै भन्दा पनि अझ नजिक’ पुगेको घोषणा गरेका छन्। हमासलाई सो योजनालाई अस्वीकार गरे इसराइलले आवश्यक जस्तोसुकै कदम चाले पनि अमेरिकाको पूर्ण समर्थन रहने चेतावनी पनि उनले दिएका छन्। ट्रम्पले जारी गरेको सो २०-बुँदे दस्तावेजमा तत्काल युद्धविराम, हमासले राखेका सबै बन्धकहरूको सट्टामा इसराइलले राखेका प्यालेस्टिनी कैदीहरूको आदानप्रदान, गजाबाट इसराइली सेनाको चरणबद्ध फिर्ती, हमासको निरस्त्रीकरण र एउटा अन्तर्रा...
सरकार जनतासँग डराउनुपर्छ भन्दै पेरुका जेनजी आन्दोलनमा
राजनीति, विश्व, समाचार

सरकार जनतासँग डराउनुपर्छ भन्दै पेरुका जेनजी आन्दोलनमा

नेपालअखबार,काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूका जेनजी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका छन्। सेप्टेम्बर २७ मा राजधानी लिमामा हजारौं युवाले राष्ट्रपति दीना बोलुआर्तेविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्जसँगै अश्रुग्यास पनि प्रहार गरेको छ । जवाफमा युवाहरूले ढुंगा प्रहार गरेका छन् । कतिपय युवाले लाठीचार्जको विरोधमा आगजनी गरेका छन् । आन्दोलन सेप्टेम्बर २० मा पेन्सन प्रणालीमा गरिएका परिवर्तनपछि सुरु भएको हो। नयाँ नियमअनुसार, पेरूमा १८ वर्ष पूरा गरेका हरेक व्यक्तिले कुनै न कुनै पेन्सन कम्पनी/संस्थासँग जोडिनैपर्ने हुन्छ। यसबाहेक, राष्ट्रपति बोलुआर्ते र संसदविरुद्ध लामो समयदेखि जनअसन्तोष बढिरहेको छ। जेनजीले यस आन्दोलनका लागि जापानी एनिमे वन पिसको क्यारेक्टर ‘लूफी’लाई आफ्नो आदर्श बनाएका ...
आन्दोलनमा युवाले ज्यान गुमाउनुपरेको भन्दै प्रधानमन्त्रीले दसैंको टीका नलगाउने
राजनीति, समाचार

आन्दोलनमा युवाले ज्यान गुमाउनुपरेको भन्दै प्रधानमन्त्रीले दसैंको टीका नलगाउने

नेपालअखबार,काठमाडौँ  । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष दसैंको टीकाजमरा नलगाउने भएकी छन् । जेन-जी आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाउनुपरेको भन्दै टीका नलगाउने उनको स्वकीय सचिवालयले जनाएको छ । 'बडादसैं प्रत्येक वर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाले आफ्नो ज्यान गुमाउनुपरेको पीडा हाम्रासामु रहेको' प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीको सचिवायलद्वारा जारी विज्ञप्तिमा कार्कीले टीका जमरा नलगाउने पनि उल्लेख छ । 'यस वर्ष प्रधानमन्त्रीले बडादसैंको टीकाजमरा नलगाउने र देशवासीलाई समेत टीका लगाउने कार्यक्रम नरहेको' सचिवालयले जनाएको छ । यस्तै, प्रधानममन्त्री कार्कीले दसैंको शुभकामना सन्देश दिँदै सरकार तोकेकै मितिमा निर्वाचन गर्न कटिबद्ध रहेको बताएकी छन् । युवा पुस्ताको अभुतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएकाले सुशासन...