Tuesday, August 11

राजनीति

एकीकृत समाजवादीका अध्यक्ष नेपाल सहितका नेताहरूले जसपा अध्यक्ष राईसँग संवाद
राजनीति, समाचार

एकीकृत समाजवादीका अध्यक्ष नेपाल सहितका नेताहरूले जसपा अध्यक्ष राईसँग संवाद

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)सँग संवाद अघि बढाएको छ । विभिन्न पार्टीसँग एकता वार्ता गर्ने सन्दर्भमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जसपाका अध्यक्ष राईसंग संवाद गरेका हुन् । एक नेताका अनुसार, राईसँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, उपाध्यक्ष बेदुराम भुसाल, उपाध्यक्ष प्रकाश ज्वाला समेत उपस्थित थिए । उक्त अनौपचारिक भेटमा पार्टी एकताको विषयमा छलफल भएको थियो । ‘एकीकृत समाजवादी र जसपा मात्रै पार्टी एकता गर्ने भनेर कुरा भएको होइन । माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपासँग समेत कुरा भइराखेको छ । यही सिलसिलामा अशोक राईसँग समेत भेट भएको हो,’ एक नेताले भने । उनका अनुसार जसपाका अध्यक्ष अशोक राईले कम्युनिष्ट नाम र झण्ड एमाले छाडेपछि नै छाडेको उल्लेख गर्दै यो विषयमा पार्टी प्रष्ट रहेको बताएका ...
शिक्षकहरूको तलब निकासा नगर्ने प्रअलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी
राजनीति, शिक्षा, समाचार

शिक्षकहरूको तलब निकासा नगर्ने प्रअलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

नेपालअखबार,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चाडवाडको बेला शिक्षकहरूको तलब रोक्ने विद्यालयका प्रधानाध्यापकहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। शनिबार फेसबुकमा स्ट्याटस लेखेर मन्त्री पुनले चाडवाडमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले तलब निकासा नगरिदिएको भन्ने गुनासो आएको बताउँदै आइतबारभित्र तलब निकासा गर्न चेतावनी दिएका हुन्। उनले मन्त्रालयले शिक्षकहरूको तलब निकासा गरिसकेको पनि बताएका छन्। ‘शिक्षा मन्त्रालय बाट तलब पहिले नै विद्यालयहरुमा पठाइसकिएको छ। भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ,’ उनले लेखेका छन्।...
पाकिस्तानका प्रधानमन्त्री शरीफले भने-ट्रम्पले नरोकेको भए भारतसँग विनाशकारी युद्ध हुन्थ्यो
राजनीति, विश्व, समाचार

पाकिस्तानका प्रधानमन्त्री शरीफले भने-ट्रम्पले नरोकेको भए भारतसँग विनाशकारी युद्ध हुन्थ्यो

नेपालअखबार,न्यूयोर्क । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग युद्ध रोक्न निर्णायक भूमिका खेलेको बताएका छन् । संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दै भारत-पाकिस्तानबीच युद्ध रोक्ने श्रेय ट्रम्पलाई जाने बताएका हुन् । उठाएर उनलाई नोबेल पुरस्कार नै दिनुपर्ने बताएका छन् । ‘यदि अमेरिकी राष्ट्रपति ट्रम्पले भारत-पाकिस्तान तनावमा दखल दिएका नभए युद्धको परिणाम विनाशकारी हुन सक्थ्यो’,  शरीफले भने, ‘त्यसैले भारत-पाकिस्तानबीच युद्ध रोक्न ट्रम्प नोबेल शान्ति पुरस्कारका योग्य छन् ।’ भारतले पहलगाम घटनालाई राजनीतिक रूपमा प्रयोग गरेको आरोप लगाउँदै शरीफले पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको दृष्टिकोणअनुसार सबै विषय वार्ता र संवादमार्फत समाधान गर्न इच्छुक रहेको बताए । उनले भने, ‘पाकिस्तान बाहिरी आक्रमणबाट आफ्नो पूर्ण रक्षा गर्नेछ। युद्धमा हामीले जित हासिल...
विशेष महाधिवेशनले पार्टीलाई झन् कमजोर बनाउँछ : प्रवक्ता महत
राजनीति, विचार, समाचार

विशेष महाधिवेशनले पार्टीलाई झन् कमजोर बनाउँछ : प्रवक्ता महत

नेपालअखबार,काठमाडौँ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले विशेष महाधिवेशनले पार्टीलाई झन् कमजोर बनाउने भएकाले तत्कालै उक्त अभियानलाई रोक्नुपर्ने बताएका छन्। उनले पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत गतिविधि भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले यस्ता समस्याहरूको निदान खोज्ने बताए। काठमाडौँ उपत्यकाभित्रका केन्द्रीय सदस्यहरूको भेला बोलाएका उनले सभापति शेरबहादुर देउवाले स्वास्थ्य लाभ गरेपछि अब यथासक्य चाँडो केन्द्रीय समिति बैठक बोलाउने तयारी रहेको बताए। उनले यसअघि नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारी, कांग्रेस निकट बुद्धिजीवी र विभिन्न तहका नेताहरुसँग पनि छलफल गरेका थिए। महामन्त्री गगनकुमार थापा र अर्को महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएपछि सभापति देउवा पक्षका नेताहरू प्रतिरक्षामा खटिएका छन्। भेलामा महतले...
हर्क साम्पाङले मागे सुशीला कार्कीको राजीनामा, भने-म गर्छु जेनजीको माग पुरा
राजनीति, समाचार

हर्क साम्पाङले मागे सुशीला कार्कीको राजीनामा, भने-म गर्छु जेनजीको माग पुरा

नेपालअखबार,काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् । जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको भन्दै उनले कार्कीको राजीनामा मागेका हुन् । उनले जेनजीको माग आफूले पुरा गर्ने समेत बताएका छन् । उनले भनेका छन्– 'सुशीला जी, तपाईँले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजीनामा दिनुस् ! म गर्छु उनीहरूको माग पूरा एक एक गरेर !'...
संयुक्त राष्ट्र संघमा नेतान्याहुलाई बोल्ने अधिकार नभएको भन्दै प्रदर्शन
राजनीति, विश्व, समाचार

संयुक्त राष्ट्र संघमा नेतान्याहुलाई बोल्ने अधिकार नभएको भन्दै प्रदर्शन

नेपालअखबार,काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संयुक्त राष्ट्र संघमा सम्बोधन गर्ने अधिकार नभएको भन्दै न्युयोर्कमा प्रदर्शन भएको छ । महासभामा नेतान्याहूले दिएको भाषणकै समयमा बाहिर टाइम्स स्क्वायरमा ‘फ्री प्यालेस्टाइन ’को नारा लगाउँदै ठूलो प्रदर्शन भइरहेको थियो । नेतान्याहुको भाषण सुरु हुनासाथ सयौं प्रदर्शनकारी टाइम्स स्क्वायरमा भेला भएका थिए । विरोधमा यहुदी धर्मगुरु रब्बी यित्ज्चोक ड्यूश पनि सहभागी थिए । उनले नेतान्याहुलाई संयुक्त राष्ट्रमा बोल्ने अधिकार नभएको बताउँदै भने, ‘उनी हाम्रो धर्मको प्रयोग गरेर आफ्ना अपराधलाई लम्ब्याउन खोज्दैछन्, उनी हाम्रो नाममा बोलिरहेका छैनन्।’ प्रदर्शन स्थल वरिपरि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । रब्बी ड्यूशले गाजामा युद्ध अन्त्य हुनु पर्नेमा विश्वभरका अधिकांश यहुदीहरू सहमत रहेको दाबी गर्दै सात अक्टोबरको आक्रमणको निन्दा ग...
मन्त्रिपरिषद्‌का निर्णयहरू यस्ता छन्
राजनीति, समाचार

मन्त्रिपरिषद्‌का निर्णयहरू यस्ता छन्

नेपालअखबार,काठमाडौं। सरकारले नेपाल सरकार (कार्य विभाजन) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ । जसमा प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको छ । यस्तै संयुक्त राज्‍य अमेरिकामा आयोजना हुने विश्व बैंक समूह र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री र अर्थमन्त्रालयका सचिवको भ्रमण स्वीकृत गरेको छ । हेर्नुहोस् मनत्रिपरिषद्‌का निर्णयहरू :...
ट्रम्पद्वारा गाजामा शान्ति स्थापनाका लागि २१ बुँदे योजना सार्वजनिक
राजनीति, विश्व, समाचार

ट्रम्पद्वारा गाजामा शान्ति स्थापनाका लागि २१ बुँदे योजना सार्वजनिक

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति कायम गर्न नयाँ २१ बुँदे योजना अघि सारेका छन्। वासिङ्टनले सार्वजनिक गरेको यो योजना अरब तथा मुस्लिम मुलुकका नेताहरूसँग दिइएको हो। समाचार एजेन्सी एएफपीका अनुसार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानलाई यसबारे जानकारी दिइएको छ। अमेरिकाले यो पहलले इजरायलसहित सम्पूर्ण मध्यपूर्वका देशहरूको चासो सम्बोधन गर्ने दाबी गरेको छ। युद्धविराम, बन्धक मुक्त र सहायता प्रस्ताव यो प्रस्तावमा गाजामा स्थायी युद्धविराम, प्यालेस्टिनी क्षेत्रमा रहेका बन्धकहरूको रिहाइसहित इजरायली सेनाको फिर्ती र मानवीय सहायताको अबाध आपूर्ति सुनिश्चित गर्ने प्रावधान राखिएको छ। कूटनीतिक स्रोतका अनुसार अरब र मुस्लिम नेताहरूले यसलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले गाजामा इजरायली कारबाही र कब्जा गर्ने प्...
सीटीईभीटीलाई शिक्षामन्त्रीले दिए चार निर्देशन
राजनीति, समाचार

सीटीईभीटीलाई शिक्षामन्त्रीले दिए चार निर्देशन

नेपालअखबार,काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीईभीटी) लाई विभिन्न चार वटा निर्देशन दिएका छन् । मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्त भित्र पेस गर्न सीटीईभीटीलाई निर्देशन दिइएको छ । त्यस्तै एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको नतिजा तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशन गर्ने व्यवस्था गर्न समेत निर्देशन दिइएको शिक्षामन्त्री पुनले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । सीटीईभीटी कार्यालयमा विद्यार्थी, अभिभावक र शिक्षकहरूको गुनासो सुन्ने र प्राप्त गुनासोको अभिलेखीकरण र सम्बोधन गर्ने शाखा तुरुन्त बनाई सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ । २०६९ सालदेखि अहिलेसम्म सम्बन्धनको लागि प्राप्त भएका सम्पूर्ण आवेदनहरू छानबिन गरी असोज मसान्तभित्र रिपोर्ट पेस ग...
अनलाइन सञ्चारमाध्यम सूचना विभागमै दर्ता हुने
राजनीति, समाचार

अनलाइन सञ्चारमाध्यम सूचना विभागमै दर्ता हुने

नेपालअखबार,काठमाडौँ । सरकारले अनलाइन सञ्चार माध्यम दर्ता तथा नवीकरण सूचना विभागबाट गर्न सकिने भएको छ। यसअघि तत्कालीन केपी शर्मा ओलीको सरकारले अनलाइन सञ्चारमाध्यमलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता तथा नवीकरण गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको विरोध समेत भएको थियो। अहिले अन्तरिम सरकारले जिल्ला प्रशासन कार्यालयबाट गर्न नपर्ने गरी पूर्ववत अवस्थामै पुर्‍याएको हो। ‘छापाखाना तथा प्रकाशन ऐन २०४८ बमोजिम अनलाइन सञ्चार माध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण विभागका  महानिर्देशकलाई स्थानीय अधिकारीका रूपमा तोक्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालयबाट गर्नपर्ने छैन। अब सूचना विभागमै दर्ता गर्न सकिनेछ,’ सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।...