Wednesday, August 12

राजनीति

प्रधानमन्त्री ओलीले सांघाई शिखर सम्मेलनलाई सम्बोधन गर्दै
राजनीति, समाचार

प्रधानमन्त्री ओलीले सांघाई शिखर सम्मेलनलाई सम्बोधन गर्दै

नेपालअखबार,तियानजिन (चीन) ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् ।चीनको तियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ देखि पाँच दिने भ्रमणमा चीनमा छन् । प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ । आजै रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाई सिपानडोनसँग भेटवार्ता हुनेछ ।...
एससिओ शिखर सम्मेलनमा ओलीलाई सीको स्वागत
राजनीति, विश्व, समाचार

एससिओ शिखर सम्मेलनमा ओलीलाई सीको स्वागत

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुन पुगेका छन् । उक्त समारोहमा उनलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले स्वागत गरे । प्रधानमन्त्री ओली र धर्मपत्नी राधिका शाक्यलाई चिनियाँ राष्ट्रपति सी र धर्मपत्नी पेङ लियुआनल् स्वागत गरे । शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली हिजो त्यसतर्फ प्रस्थान गरेका थिए ।...
माघभित्र काठमाडौँ र पोखरामा फाइभजी परीक्षण सुरु हुन्छ : सञ्चारमन्त्री
राजनीति, समाचार

माघभित्र काठमाडौँ र पोखरामा फाइभजी परीक्षण सुरु हुन्छ : सञ्चारमन्त्री

नेपालअखबार,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका छन् । चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उक्त फ्रेमवर्क चाँडै मन्त्रिपरिषद्‌बाट पारित भई कार्यान्वयनमा जाने उनले बताए । उनले डिजिटल नेपाल नीति अन्तर्गत पर्यटन, शिक्षा, सुशासन, विपद् व्यवस्थापन लगायत आठ क्षेत्रमा प्रविधिको प्रयोगलाई विस्तार सरकारको तयारी रहेको बताए । उनले कृत्रिम बुद्धिमत्ता (एआई)को विकास र प्रयोगलाई तीव्रता दिन पाँचौँ पुस्ताको दूरसञ्चार प्रविधि (फाइभजी) आवश्यक रहेको उल्लेख गर्दै काठमाडौँ उपत्यका र पोखरा उपत्यकाबाट माघ महिनाभित्र फाइभजी परीक्षण सुरु हुने समेत बताए । उनले एआईको प्रभावकारी प्रयोगका लागि फाइभजी नेटवर्क अनिवार्यजस्तै भए...
मोदीले सीसँग भने-दुई शक्तिशाली राष्ट्र चीन र भारतले विश्वव्यापी व्यापारमा स्थिरता ल्याउनका लागि रणनीतिक रुपमा अघि बढ्ने प्रतिबद्धता
राजनीति, विश्व, समाचार

मोदीले सीसँग भने-दुई शक्तिशाली राष्ट्र चीन र भारतले विश्वव्यापी व्यापारमा स्थिरता ल्याउनका लागि रणनीतिक रुपमा अघि बढ्ने प्रतिबद्धता

नेपालअखबार,काठमाडौ । कर नीतिका कारण अमेरिकासँग चिढिएका एसियाका दुई शक्तिशाली राष्ट्र चीन र भारतले विश्वव्यापी व्यापारमा स्थिरता ल्याउनका लागि रणनीतिक रुपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनको अवसरमा तियानजिनमा सम्पन्न द्विपक्षीय भेटवार्तामा दुवै नेताले विश्वव्यापी व्यापारमा स्थायित्व ल्याउनेतर्फ दुई मुलुकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । भेटमा प्रधानमन्त्री मोदीले भारत र चीन दुवैले ‘रणनीतिक स्वायत्तता’को अभ्यास गर्ने उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई तेस्रो देशको चश्माबाट हेर्नु नहुने स्पष्ट गरे । द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दा तथा चुनौतीहरू जस्तै आतंकवाद र बहुपक्षीय मञ्चहरूमा निष्पक्ष व्यापारमा साझा समझदारी विस्तार गर्नु आवश्यक रहेको ठहर गरेको...
इसराइली हवाई आक्रमणमा यमनका प्रधानमन्त्री मारिएको दाबी
राजनीति, विश्व, समाचार

इसराइली हवाई आक्रमणमा यमनका प्रधानमन्त्री मारिएको दाबी

नेपालअखबार,काठमाडौँ । हुथी विद्रोहीहरूले इसराइलको हवाई हमलामा यमनका प्रधानमन्त्री अहमद गालिब अल रहाबी मारिएको दाबी गरेका छन्। इसराइलले यमनको राजधानी सनामा बिहीबार गरेको भीषण हवाई आक्रमणमा यमनी प्रधानमन्त्री गालिब र अन्य थुप्रै उच्च अधिकारी मारिएको हुथी विद्रोहीले दाबी गरेका छन्। प्रधानमन्त्री गालिब मारिएको दाबीसहित हुथीले इसराइलले यसको नराम्रो परिणाम ब्यहोर्नुपर्ने चेतावनी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हुथीको राजनीतिक परिषद् (पोलिटिकल काउन्सिल)का प्रमुख महदी अल मशातले प्रधानमन्त्री गालिब मारिएको पुष्टि गरेका हुन्। 'यो रक्तपातको प्रतिशोध लिनेछौं र यी घाउहरूलाई हामी विजयमा रूपान्तरण गर्नछौं,' मशातले भिडिओ सन्देशमार्फत भनेका छन्, 'यमनी जनता, सहिद र घाइतेका परिवारलाई वचन दिन्छौं।' हुथी सञ्चालित  टेलिभिज...
दुई संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

दुई संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । सङ्घीय संसद्का आज दुईवटा समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूचीअनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ ।यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यक्रम तय भएको छ ।...
परराष्ट्रमन्त्री डा राणाले बुढानीलकण्ठस्थित निवासमा भित्र्याउनुभयो गौरा
राजनीति, समाचार

परराष्ट्रमन्त्री डा राणाले बुढानीलकण्ठस्थित निवासमा भित्र्याउनुभयो गौरा

नेपालअखबार,काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काठमाडौँको बुढानीलकण्ठस्थित आफ्नो निवासमा शनिबार गौरा भित्र्याउनुभएको छ । मन्त्री डा राणाले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजा सहित गौरा भित्र्याउनुभएको हो । यसअघिका बर्षहरुमा गौरा पुजनका लागि उहाँ धनगढी जाने गरेकामा यसपटक भने धनगढीस्थित निवासको पुनर्निर्माण कार्य भइरहेकाले काठमाडौँमै गौरा भित्र्याउनुभएको हो । हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजा सहित गौरा भित्र्याउने गरिन्छ । विभिन्न वनस्पतिबाट बनेको गौराको मूर्तिलाई देवी पार्वतीको प्रतिकका रुपमा धार्मिक अनुष्ठानका साथ गौरा घर एवं मन्दिरमा भित्र्याउने प्रचलन छ । उहाँले गौरा पर्व सुदूरपश्चिमेलीहरूको विशिष्ठ सांस्कृतिक गौरव भएको र आफू प्रत्येक वर्ष निष्ठापूर्वक ब्रत बसी गौरा पूजा गर्ने गरेको बताउनुभयो । मन्त्री डा राणाले गौराले सामाजिक एकता, सहिष्णुता र भाइचाराको सम्बन्ध स्थ...
महानगर प्रहरी व्यक्तिको प्रतिनिधि हुनु हुँदैन: उपप्रमुख डंगोल
राजनीति, समाचार

महानगर प्रहरी व्यक्तिको प्रतिनिधि हुनु हुँदैन: उपप्रमुख डंगोल

नेपालअखबार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर प्रहरीलाई व्यक्तिको प्रतिनिधि नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिएकी छिन् । ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा उपमेयर उपमेयर डङ्गोलले यस्तो सुझाव दिएकी हुन् । महानगर प्रहरी मेयर बालेन्द्र साहको निर्देशनअनुसार मात्रै चल्ने गरेकोप्रति लक्षित गर्दै उनले फिल्डमा खटिँदा व्यक्तिको नभई संस्थाको प्रतिनिधि भएर खटिन आग्रह गरिन् । उनले कानुनी शासनको प्रतिनिधित्व गर्ने कुराको मानक स्थापना गर्न पनि आग्रह गरिन् । उनले काठमाडौँ महानगरपालिकामा सुशासन स्थापना गर्नको लागि उदाहरण बन्नको लागि पनि सबै नगर प्रहरीलाई आग्रह गरिन् ।...
विद्या भण्डारीको सदस्यता पार्टीले खोसेको होइन, नवीकरण हुँदैन : पोखरेल
राजनीति, समाचार

विद्या भण्डारीको सदस्यता पार्टीले खोसेको होइन, नवीकरण हुँदैन : पोखरेल

नेपालअखबार,काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दलीय राजनीतिक फर्किन नमिल्ने बताएका छन् । संवैधानिक संसदीय व्यवस्थामा पूर्व राष्ट्रपतिहरूले दलीय राजनीतिक फर्किन नमिल्ने उनको तर्क थियो । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रपति भएपछि भण्डारीले पार्टीको सदस्यता आफैँ त्यागेकाले त्यसको नवीकरण गर्ने भन्ने सन्दर्भ नै आउन नहुने तर्क गरे । पार्टी सदस्यता नै नभएकाले पार्टीको विधानले पनि नवीकरणको कुरा गर्न नसक्ने महासचिव पोखरेलको भनाइ थियो । ‘४०/५० वर्षदेखि कायम रहेको सदस्यता त पार्टीले खोसेको होइन नि । उहाँ आफैले राष्ट्रपति हुन लागि छोडेको हो । त्यसअर्थमा पार्टीले खोसिदिएको जस्तो प्रकारको जुन प्रकारको अनुभूति गराउने प्रयास भइरहेको छ,’ उनले भने, ‘त्यो पार्टीले खोसेको होइन । उहाँ जुन भूमिका जानु भयो, त्यो भूमिकाले पार्टी सदस्य...
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच भेटवार्ता
राजनीति, समाचार

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच भेटवार्ता

नेपालअखबार, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच शनिबार थियानजिनमा भेटवार्ता भएको छ । थियानजिन अतिथि गृहमा भएको भेटवार्तामा दुई देशबिच आपसी हितका विषयहरू, द्विपक्षीय सम्बन्ध विस्तार र क्षेत्रीय सहकार्यबारे छलफल भएको बताइएको छ । उच्चस्तरीय भेटलाई नेपाल–चीन सम्बन्ध सुदृढ पार्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । प्रधानमन्त्री आजै आफ्नो औपचारिक भ्रमणका सिलसिलामा चीन पुगेका थिए । उनीसँग नेपाल सरकारका मन्त्री तथा उच्च अधिकारीहरूको टोलीसमेत रहेको छ ।...