निजी विद्यालय गैरनाफामुलक बनाउने व्यवस्था परिमार्जन गर्नुपर्छ: विश्वप्रकाश शर्मा
नेपालअखबार ,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यालय शिक्षा विधेयकमा रहेको निजी विद्यालयलाई गैरनाफामुलक बनाउने भन्ने व्यवस्थालाई परिमार्जन गरिनुपर्ने बताएका छन्।
ढिलोचाँडो निजी विद्यालयलाई गैरनाफामुलक बनाउने व्यवस्था राख्दा निजी क्षेत्र निरूत्साहित हुने शर्माको भनाइ छ।
‘निजी क्षेत्रका विद्यालयहरूलाई क्रमश गैरनाफामुलक बनाउँदै जाने पारित प्रस्ताव मुलुकले अंगिकार गरेको `सामाजिक न्याय सहितको खुला बजार अर्थव्यवस्था´ को नीति विपरीत छ,’ प्रज्ञा भवनमा शनिबार बखान पुस्तक विमोचन कार्यक्रममा बोल्दै शर्माले भने, ‘छात्रवृत्तिको निश्चित आकार बढाउने, निश्चित करबाट राज्य लाभान्वित हुने विषय एउटा हो, तर ढिलोचाँडो गैरनाफामुलक बनाउने भन्नु निजी क्षेत्रलाई सम्पूर्ण रूपले निरुत्साहित गर्नु हो , संसदीय प्रक्रियाबाट यसलाई हटाएर परिमार्जन गर्नुपर्छ l’
उनले संसदीय समितिबाट पारि...










