Thursday, August 13

राजनीति

निजामती सेवा विधेयकमा प्रतिनिधि सभामा एक्सिडेन्ट भयो, भाइरस पस्यो: मन्त्री गुरूङ
राजनीति, समाचार

निजामती सेवा विधेयकमा प्रतिनिधि सभामा एक्सिडेन्ट भयो, भाइरस पस्यो: मन्त्री गुरूङ

नेपालअखबार,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले प्रतिनिधि सभामा निजामती सेवा विधेयकको प्रतिवेदनमा भाइरस पसेको बताएका छन्। ‘एक्सिडेन्ट भयो, भाइरस पस्यो भन्नुपर्‍यो,’ राष्ट्रिय सभामा विधेयक माथिको सैद्धान्तिक छलफलमा जबाफ दिने क्रममा मन्त्री गुरूङले भने, ‘त्यो भाइरस फाल्ने काम राष्ट्रिय सभाको हो।’ संघीय निजामती सेवा विधेयकलाई मंगलबार राष्ट्रिय सभाले सैद्धान्तिक स्वीकृति दिएको छ। प्रतिनिधि सभाबाट पारित भइसकेको यो विधेयकमा निजामती कर्मचारीलाई संवैधानिक नियुक्तिमा २ वर्षको कुलिङ पिरियडको व्यवस्था गरिएको थियो। तर सरकारले ल्याएको विधेयकको प्रावधान नहटाउँदा कुलिङ पिरियड निष्प्रभावी हुने गरी पारित हुन पुगेको थियो। सांसदहरूले यो त्रुटिलाई षड्यन्त्रका रूपमा व्याख्या गर्दै आएका छन्। प्रतिनिधि सभाले विधेयकमा यसरी बाझिने व्यवस्था गरिएपछि छानबिनका लागि नेपाली कांग्र...
संसद विघटनले मलाई पछ्याइरहन्छः पूर्वराष्ट्रपति भण्डारी
राजनीति, समाचार

संसद विघटनले मलाई पछ्याइरहन्छः पूर्वराष्ट्रपति भण्डारी

नेपालअखबार, काठमाडौँ ।   पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले संविधान अनुसार संसद विघटन सदर गरेको बताएकी छन्। कसैको दबाबले भन्दा पनि आफूले संविधानले गरेको व्यवस्था अनुसार दुईपटक संसद विघटन सदर गरेको बताएकी हुन्। मदन भण्डारी फाउण्डेसनले मंगलबार अनामनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूको जिज्ञासाको उत्तर दिने क्रममा पूर्वराष्ट्रपति भण्डारीले संसद विघटनको घटनाले आफूलाई पछ्याइरहने कुराबारे जानकार रहेको समेत बताएकी छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको  सिफारिस अनुसार  २०७७ पुस ५ मा पहिलोपटक र २०७८ जेठ ७ मा दोस्रोपटक प्रतिनिधिसभा विघटन भएको थियो। ओलीले दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्दा तत्कालै सदर गरेको भन्दै त्यसबेलाकी राष्ट्रपति भण्डारीको ठूलो आलोचना भएको थियो। यद्यपि संसद्को ती दुवै विघटन सर्वोच्च अदालतले बदर गरेको थियो। मंगलबा...
सामान्य प्रशासनमन्त्रीमा न्यौपाने नियुक्त
राजनीति, समाचार

सामान्य प्रशासनमन्त्रीमा न्यौपाने नियुक्त

नेपालअखबार,काठमाडौँ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले एमालेकी राष्ट्रिय सभा सांसद भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलले न्यौपानेलाई मन्त्री नियुक्त गरेकी जानकारी दिए । यसअघिका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार बिहान राजीनामा दिएका थिए । घूस संवाद गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए ।...
ऊर्जा उत्पादनमा सधै सहजीकरण हुन्छः पूर्व प्रधानमन्त्री देउवा
अर्थ, राजनीति, समाचार

ऊर्जा उत्पादनमा सधै सहजीकरण हुन्छः पूर्व प्रधानमन्त्री देउवा

नेपालअखबार,काठमाडौँ ।  पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको सामाजिक र आर्थिक विकासका लागि ऊर्जा उत्पादन र लगानी सहजीकरणमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको साधरणसभामा बोल्दै उनले नेपाललाई प्रकृतिले प्रदान गरेको ऊर्जा सम्पत्तिको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए। देउवाले आफ्नो कार्यकालमा विद्युत निर्यात सुरु भएको स्मरण गर्दै भने, ‘म प्रधानमन्त्री हुँदा विद्युत निर्यातको सुरुवात भएको थियो। यो नेपालको ऊर्जा क्षेत्रको महत्वपूर्ण उपलब्धि हो।’ उनले विद्युत उत्पादनलाई थप सहज बनाउन नीतिगत सुधार र लगानीमैत्री वातावरण आवश्यक रहेको बताए। देउवाले सामाजिक विकासमा पछाडि परिनुको प्रमुख कारण उदारवाद भएको उल्लेख गर्दै स्वदेशी र विदेशी लगानीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। ‘लगानीलाई सधैं सहजीकरण गर्नुपर्छ। स्वद...
सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर
राजनीति, समाचार

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सीपयुक्त र सक्षम युवा नै सबल, आत्मनिर्भर र समृद्ध राष्ट्र निर्माणको सबैभन्दा शक्तिशाली आधारस्तम्भ भएको बताएका छन् । विश्व युवा दक्षता दिवसको अवसरमा प्राज्ञिक विमर्श समूहले आइतबार लाजिम्पाट, काठमाडौँमा आयोजना गरेको 'युवा विमर्श' कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले यस्तो धारणा राखेका हुन् । उनले संरचनात्मक बेरोजगारी र अवसरको अभावका कारण देशको सबैभन्दा ऊर्जाशील जनशक्ति विदेश पलायन हुन बाध्य हुनु राष्ट्रिय विकासको प्रमुख चुनौती एवं नीतिगत असफलताको सूचक भएको बताए । 'सीपयुक्त अवसरको अभावमा मानवीय पुँजीको यो निरन्तर क्षयीकरणले हाम्रो भविष्यलाई कमजोर बनाइरहेको छ,' महरले भने, 'यो गम्भीर राष्ट्रिय यथार्थलाई हामीले नजरअन्दाज गर्न मिल्दैन।' नेता महरले दक्षतालाई केवल रोजगारी प्राप्त गर्ने माध्यमका र...
ट्रम्पले युक्रेनलाई अत्याधुनिक हतियार दिने, खर्च नाटोले बेहोर्ने
राजनीति, विश्व, समाचार

ट्रम्पले युक्रेनलाई अत्याधुनिक हतियार दिने, खर्च नाटोले बेहोर्ने

नेपालअखबार,काठमाडौं । उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का साझेदार देश र युक्रेनबीच अमेरिकाबाट हतियार आपूर्तिका लागि नयाँ सम्झौता भएको छ । मिडिया रिपोर्टअनुसार, यस सम्झौता अनुसार अमेरिकाले युक्रेनलाई अत्याधुनिक हतियारसहित ३० करोड डलर बराबरको सहायता प्याकेज पठाउने छ । यो सहायता प्याकेजमा प्याट्रियट मिसाइल प्रणाली र मध्यम दूरीका रकेटहरू समावेश हुनेछन् । यद्यपि यी हतियारबारे अन्तिम निर्णय भने बाँकी नै रहेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार नै अमेरिकाले नाटोमार्फत युक्रेनलाई हतियार पठाउने र त्यसको सम्पूर्ण खर्च नाटोले बेहोर्ने बताएका थिए । नाटो एक अन्तर्राष्ट्रिय सैन्य गठबन्धन हो । अमेरिका स्वयं नाटोको सदस्य हो । सन् २०२५ सम्म नाटोका ३२ सदस्य राष्ट्र छन् । यसको उद्देश्य सदस्य राष्ट्रहरूको सामूहिक सुरक्षाको सुनिश्चितता गर्नु र बाह्य आक्रमणबाट रक्षा गर्नु हो । ...
प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै

नेपालअखबार,काठमाडौं । आज संघीय संसद्का दुवै सदनका बैठक बस्दैछन् । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक सवा एक बजे बोलाइएको छ । आजको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकोछ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । आजको बैठकमा लेखासमितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने र सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । आज राष्ट्रिय सभाको बैठक सवा एक बजे बस्दैछ...
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार प्रयास जारी छ : पर्यटनमन्त्री
राजनीति, समाचार

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार प्रयास जारी छ : पर्यटनमन्त्री

नेपालअखबार,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिँदै मन्त्री पाण्डेले पोखरा विमानस्थलको दिगो सञ्चालनका लागि आवश्यक कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा रहेको दाबी गरे । उनले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न विभिन्न प्रकारका सहुलियत प्रदान गरिएको र यसले उडान संख्या बढ्ने बताए । हाल हिमालय एयरलाइन्स मार्फत पोखरा–ल्हासा मार्गमा नियमित उडान भइरहेको र अन्य वायुसेवा कम्पनीहरूसँग पनि समन्वय तथा छलफल गरी उडान विस्तार प्रयास भइरहेको उनले बताए । मन्त्री पाण्डेले नेपाल वायुसेवा नि...
शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित विरोध प्रदर्शन
राजनीति, समाचार

शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित विरोध प्रदर्शन

नेपालअखबार,काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सडक अवरुद्ध पार्दै विरोध प्रदर्शन गरेको छ । त्रिभुवन विश्वविद्यालयको सिनेटमा विद्यार्थीको प्रतिनिधित्व विना सिनेट राखेको, शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने र विद्यालय शिक्षा विधेयकमा शिक्षकको नियुक्ति शत प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने मागसहित प्रदर्शन गरेको हो। नेविसंघ त्रिवि समितिले बल्खुस्थित खुला सडकबाट सडक अवरुद्ध पार्दै सुरु गरेको प्रदर्शन त्रिवि पुगेर सकिएको थियो । नेविसंघ त्रिवि सभापति विष्णु बडैलाले विद्यार्थीको प्रतिनिधित्वविनाको सिनेट मान्य नहुने बताए । त्यस्तै विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भइरहेको भन्दै तत्काल ऐन जारी गर्न माग गरेको हो । त्यस्तै ऐनमा शिक्षकहरूको नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने सभापति बडैलाले बताए ।...
इजरायलको आक्रमणमा घाइते भएका थिए इरानका राष्ट्रपति
राजनीति, विश्व, समाचार

इजरायलको आक्रमणमा घाइते भएका थिए इरानका राष्ट्रपति

नेपालअखबार,काठमाडौँ । गत महिना इसराइलले गरेको आक्रमणमा परी इरानका राष्ट्रपति मसउद पेजेस्कियन घाइते भएको खुलेको छ। इरानको रिभोलुसनरी गार्ड कोरनिकट फार्स न्युजले १६ जुनमा इसराइलले गरेको हवाई आक्रमणमा राष्ट्रपति पेजेस्कियन घाइते भएको उल्लेख गरेको छ। इसराइलले इरानमाथि १३ जुनमा आक्रमण सुरू गरेको थियो। बिबिसीका अनुसार त्यतिबेला तेहरानको एउटा भूमिगत संरचनामा राष्ट्रपति पेजेस्कियनले सैन्य अधिकारीहरूसहित राष्ट्रिय सुरक्षा परिषदको बैठक सञ्चालन गर्दै थिए। इसराइलले उक्त भूमिगत संरचनाको प्रवेशद्वार र बाहिरिने ठाउँ दुवै तर्फ ६ वटा बम खसालेको थियो भनेर फार्स न्युजलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ। त्यसपछि राष्ट्रपति पेजेस्कियनसहित त्यहाँ सहभागीहरू आपतकालीन सुरूङमार्गबाट बाहिरिएका थिए। त्यहाँ विद्युत आपूर्तिसमेत बन्द भएका थिए। यद्यपि राष्ट्रपति पेजेस्कियन ज्यान जोगाउन सफल भएका थिए भनेर ...