Friday, August 14

राजनीति

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै
राजनीति, समाचार

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ । त्यसका लागि पौने २ बजे बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी बोलाइएको हो । आजै ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट पेस गर्दै छन् ।...
राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकेन: अध्यक्ष नेपाल
राजनीति, समाचार

राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकेन: अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेको स्पष्ट पार्नुभएको छ। १८औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना मन्तव्य दिदै उहाँले उक्त कुरा स्पष्ट पार्नुभएको हो। बिहिबार जारी विज्ञप्तिमा भनिएको छ, 'नेपाली जनताको दशकौँ लामो सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। २०६२र६३ को जनक्रान्तिको जगमा गठन भएको संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। गणतन्त्र स्थापनाका लागि भएको ऐतिहासिक जनक्रान्ति सहित न्यायपूर्ण आन्दोलनहरूमा शहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूका योगदानको उच्च प्रशंसा गर्दछु। जनताको बलिदानपूर्ण सङ्घर्षको फलस्वरूप लोकतान्त्रिक गणतन...
मोहम्मद अफताव आलम रिहा
राजनीति, समाचार

मोहम्मद अफताव आलम रिहा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताव आलम रिहा भएका छन् । नख्खु कारागारमा राखिएका उनी बुधबार रिहा भएका हुन् । आज मात्रै उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याएकाे थियाे । उच्च अदालत वीरगन्जले आलमलाई सफाइ दिएपछि आलम रिहा भएका नख्खुका जेलर भीमराज कोइरालाले बताए । उनीमाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो । यसअघि उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो ।...
गृहमन्त्री लेखकसहित बालुवाटार पुगे सभापति देउवा
राजनीति, समाचार

गृहमन्त्री लेखकसहित बालुवाटार पुगे सभापति देउवा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।  संसदमा विपक्षीले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान राखेका बेला मन्त्री लेखक र सभापति देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन् । बजेटको सम्मुखमा विपक्षी दलले भिजिट भिसामा गृहमन्त्रीको समेत कनेक्सन रहेको भन्दै राजीनामा माग्दै सदन अवरोधमा उत्रेका छन् ।  विपक्षीको अवरोधले सदनमा बजेट पेस गर्न सरकारलाई सकस पर्ने देखिएपछि सत्तारुढ दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।...
संघीयता कार्यान्वयनको चिन्ता मलाई जति अरूलाई छैन : अध्यक्ष प्रचण्ड
राजनीति, समाचार

संघीयता कार्यान्वयनको चिन्ता मलाई जति अरूलाई छैन : अध्यक्ष प्रचण्ड

नेपालअखबार,गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई संघीयता कार्यान्वयनको चिन्ता आफूलाई जति अरुलाई नभएको बताएका छन् । भीमसेनथापा गाउँपालिका–खाञ्चोकस्थित प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकार संघीयता कार्यान्वयनमा चिन्तत नरहेको बताएका हुन् । संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँट र समन्वय आवश्यक रहेको बताएका प्रचण्डले आफू प्रधानमन्त्री भएका बेला त्यसका लागि काम गरेको दावी गरे । ‘संघीयता कार्यान्वयनको चिन्ता मभन्दा बढी कसैलाई छैन भन्ने मेरो दाबी छ । त्यसैले पाँच वर्षदेखि रोकिएको समन्वय परिषद्को बैठक प्रधानमन्त्री भएका बेला बोलाएँ,’ उनले भने । संविधानले तोकेको संघीय संरचना कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण नहुँदा प्रदेश सरकारहरू अप्ठ्यारोमा परेको उनको भनाइ छ । प्रचण्डले सरकार त्यसप्रति गम्भी...
राप्रपाले गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग्ने
राजनीति, समाचार

राप्रपाले गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग्ने

नेपालअखबार,काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्रीको राजीनामा माग गरेको छ । मंगलवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । ‘राप्रपाको संसदीय दलको बैठकले नैतिकताका आधारमा गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको छ,’ उनले भने । बैठकले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति बारे संसदमा जवाफ दिनुपर्ने माग गरेको छ । ‘प्रधानमन्त्रीले नेपालको संविधानको ठाडो उल्लंघन गर्दै जेठ १५ गते हुने राप्रपा लगायत दलहरू मिलेर हुने प्रदर्शनलाई हिंसा भड्काउने अभिव्यक्ति दिनुभएको छ, प्रधानमन्त्रीसँग त्यो अभिव्यक्तिको जवाफ माग्ने,’ संसद बैठकको निर्णय बारे जानकारी दिंदै शाहीले भने ।...
प्रतिनिधिसभा बैठक स्थगित विपक्षीको नाराबाजीपछि
राजनीति, समाचार

प्रतिनिधिसभा बैठक स्थगित विपक्षीको नाराबाजीपछि

नेपालअखबार,काठमाडौँ । विपक्षी सांसदको नाराबाजीपछि प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित भएको छ । मंगलबारको बैठकमा विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेका छन् । तर, सभामुख देवराज घिमिरेले सत्ता पक्षका सांसदलाई बोल्न समय दिएसँगै विपक्षी सांसदले नाराबाजी गरेसँगै बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।...
राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ
राजनीति, समाचार

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

नेपालअखबार,काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेललाई अर्थमन्त्री विष्णु पौडेलले बजेटबारे ब्रिफिङ गरेका छन् । उपप्रधानमन्त्री समेत रहेका पौडेलले मंगलबार शीतल निवास पुगेर आर्थिक वर्ष २०८२/८३ को बजेटबारे ब्रिफिङ गरेका हुन् ।सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही बजेटबारे मन्त्री पौडेलले राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका हुन् ।...
गजामा इसराइलको हवाइ आक्रमण, पत्रकारसहित कम्तिमा ३० जना मारिए
राजनीति, विश्व, समाचार

गजामा इसराइलको हवाइ आक्रमण, पत्रकारसहित कम्तिमा ३० जना मारिए

नेपालअखबार,काठमाडौं । इसराइली हवाइ आक्रमणमा गजामा कम्तिमा ३० जनाको मृत्यु भएको छ। आइतबार गजापट्टिको जबालिया क्षेत्रमा इसराइलले गरेको हवाई आक्रमणमा परी कम्तिमा ३० जनाको मृत्यु भएको गजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मारिनेमा एक जना पत्रकार र उद्धारमा खटिएका वरिष्ठ अधिकारी पनि छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकार हसन मज्दी अबु वार्दाको मृत्यु भएको छ। नुसेरातमा भएको अर्को हवाई आक्रमणमा त्यस क्षेत्रको नागरिक आपतकालीन सेवाका एक वरिष्ठ अधिकारी अशरफ अबु नार र उनकी श्रीमतीको मृत्यु भएको रोयटर्सले जनाएको छ। सन् २०२३ को अक्टोबर ७ यता गजामा २२० जना पत्रकारहरू इसराइली हमलामा मारिएको तथ्यांक छ। इसराइली सेनाका चिफ अफ स्टाफ इयाल जामिरले आइतबार खान युनिसमा इसराइली सैनिकहरूलाई भेटेर गजाको युद्ध अनन्त नभएको बताएका थिए। उनले हमासका कम...
कांग्रेस पदाधिकारी बैठक जारी
राजनीति, समाचार

कांग्रेस पदाधिकारी बैठक जारी

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालय पनि मुछिएको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग उठेका बेला कांग्रेसले बैठक बोलाएको हो । केही कांग्रेस नेताहरूले लेखकमाथि प्रश्न उठ्ने बित्तिकै राजीनामा दिएर छानबिनका लागि सहज वातावरण बनाउन सुझाव दिइसकेका छन् भने केहीले मन्त्रीले राजीनामा दिनुनपर्ने अभिव्यक्ति दिँदै आएका छन् । आजको बैठकमा यो विषयसहित पार्टीका अन्य विषयमा पनि छलफल हुने बताइएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति शेरबहादुर देउवाले बैठक बोलाएको बताए । पदाधिकारी बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने मुख्य सचिव पौडेलले जानकारी गराए । महामन्त्री गगन थापाले पनि क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे जानकारी गराउन बैठक डाकिए...