Saturday, August 15

राजनीति

चैत २४ गते सार्वजनिक बिदा, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
राजनीति, समाचार

चैत २४ गते सार्वजनिक बिदा, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

नेपालअखबार,काठमाडौँ । सरकारले आगामी चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २४ गते सार्वजनिक बिदा दिने निर्णय लिएको हो । त्यस्तै, नेपाली सेनातर्फ उपरथी पदमा एउटा विशेष बढुवा, एउटा सहायक रथी पदमा बढुवा लगायतका विभिन्न ११ वटा निर्णय सो दिन बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो । उक्त बैठकका निर्णयहरू बुधबार पत्रबार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । यस्ता छन् मन्त्रिपरिषद् निर्णयहरूः...
माधवकुमार नेपाल म्यानमार प्रस्थान
राजनीति, समाचार

माधवकुमार नेपाल म्यानमार प्रस्थान

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल म्यानमार प्रस्थान गरेका छन् । मंगलबार साँझ अध्यक्ष नेपाल म्यानमार प्रस्थान गरेका हुन् । Myanmar Narrative Think Tank को निमन्त्रणामा आयोजित Forum on Myanmar Beyond 2025: Challenges and Opportunities in the Multipolar World, Nay Pyi Taw, Myamar on 21 March कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल म्यानमार प्रस्थान गरेका उनको निजी सचिवालयले जानकारी दिएको छ ।पान्डेका स्वकिय सचिव प्रविण केसीका अनुसार अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।...
फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको छुट्टाछुट्टै भेटवार्ता
राजनीति, समाचार

फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको छुट्टाछुट्टै भेटवार्ता

नेपालअखबार,काठमाडौँ  । परराष्ट्रमन्त्री आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए.मनालोसँग आज नयाँ दिल्लीमा छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेकी छन्। भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेकी मन्त्री राणाले बुधबार बिहान सो भेटवार्ता गरेकी हुन्। ती भेटका क्रममा आपसी हित र द्विपक्षीय चासोका विविध विषयहरुमा कुराकानी भएको थियो । त्यस भेटका अवसरमा मन्त्री राणाले जर्जियाकी विदेशमन्त्री बोचोरिसभिलीसँग नेपालले आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को सदस्य लगायत अन्यमा पनि उम्मेदवारी दिएकाले त्यसमा सहयोग र समर्थनका लागि जर्जियासँग आग्रह गरिन्। साथै मन्त्री राणाले कृषि, जलविद्युत, पूर्वाधार निर्माण, पर्यटन लगायतका क्षेत्रमा नेपाल र जर्जियाबीच संयुक्त ...
नवनियुक्त राजदूत नेपालीले लिए राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ
राजनीति, समाचार

नवनियुक्त राजदूत नेपालीले लिए राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ

नेपालअखबार,काठमाडौँ  । श्रीलंकाका लागि नेपालका नवनियुक्त राजदूत डा. पूर्णबहादुर नेपालीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि नेपालका नवनियुक्त आवासीय राजदूत नेपालीलाई बुधबार राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। नेपालीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले गत फागुन १९ गते राजदूतमा नियुक्त गरेका थिए। पद तथा गोपनीयताको शपथ समारोहमा सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।...
चैत १० गतेभित्र सबै कमिटीको बैठक गर्न एकीकृत समाजवादीको निर्दशन
राजनीति, समाचार

चैत १० गतेभित्र सबै कमिटीको बैठक गर्न एकीकृत समाजवादीको निर्दशन

नेपालअखबार,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समाजवादी अभियानका नीति तथा कार्यक्रम अनुमोदन गराउन यही चैत १० गतेभित्र मातहतका सबै कमिटीका बैठक गर्न निर्देशन दिएको छ। सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रुपान्तरणका लागि सुरु गरेको समाजवादी अभियानलाई देशभर प्रभावकारी रूपमा सञ्चालन गर्न सबै कमिटीबाट कार्यक्रम अनुमोदन गराउन बैठक आह्वान गरिएको हो । अभियान यही चैत २ देखि आगामी वैशाख २२ गतेसम्म जारी रहने छ । काठमाडौं, ललितपुर र भक्तपुर पार्टी जिल्ला कमिटीहरूको संयुक्त बैठक बिहीबार पार्टी केन्द्रीय कार्यालयमा राखिएको  छ। केन्द्रीय मोर्चा सङ्गठनको बैठक यही चैत ७ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा ३ बजे बस्ने बैठकले यही चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौँमा हुने विरोध प्रदर्शन तथा आमसभाको तयारी, व्यवस्थापन तथा अधिकतम जनसहभागिता गराउने विषयमा...
ट्रम्पको प्रस्तावमाथि पुटिनले राखे यस्ता सर्त
राजनीति, विश्व, समाचार

ट्रम्पको प्रस्तावमाथि पुटिनले राखे यस्ता सर्त

नेपालअखबार,वासिङ्टन डीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा तत्कालै लागू हुनेगरी र पूर्ण युद्धविराम गर्नुपर्ने अमेरिकी प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार पुटिनसँग फोनमा कुराकानी गरेका थिए ।यस वार्तापछि पुटिनले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने कुरामा सहमति जनाएका छन् । तर उनले एक महिना लामो बृहत् युद्धविराममा हस्ताक्षर गर्नचाहिँ मानेनन् । साउदी अरबमा हालैको हप्तामा अमेरिका र युक्रेनी प्रतिनिधि मण्डलले ट्रम्पले पेस गरेको एक महिना लामो युद्ध विराम सम्झौतामा सहमति जनाएका थिए । यसमा हस्ताक्षरका लागि रुस र पुटिनलाई मनाउने जिम्मा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पलाई दिएका थिए । युक्रेनलाई दिँदै आएको विदेशी सैन्य सहायता र गुप्तचर जानकारी आदानप्रदान बन्द भए मात्र बृहत् युद्ध विराम सम्भव हुने सर्त पुटिनले ट्रम्पसामु पेस गर...
माओवादी केन्द्रको जागरण अभियान आजदेखि पुनः सुरु
राजनीति, समाचार

माओवादी केन्द्रको जागरण अभियान आजदेखि पुनः सुरु

नेपालअखबार,काठमाडौं । नेकपा माओवादी केन्द्रले जागरण अभियान पुनः सुरु हुँदै छ । अभियान सुरु गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु आज (बुधबार) बारा जाँदैछन् । अपराह्न चार बजे अभियान टोलीलाई स्थानीयले स्वागत गर्नेछन् । त्यसपछि आजैबाट कार्यक्रमहरु सुरु हुनेछन् । विहीबार दिनभर बाराका कार्यक्रममा सहभागी भएर शुक्रबार पर्सा पुग्ने कार्यक्रम छ । यही १२ फागुनमा झापाको कचनकवलबाट सुरु भएको अभियान २४ फागुनमा  स्थगित  गरिएको थियो । एक दिन एक जिल्लामा बिताउने र जनतासँग भेटघाट गर्ने अभियान आजबाट पुनः सुरु गर्न लागिएको हो । ७ र ८ गते बारा र पर्साको कार्यक्रम सकिएपछि माओवादी नेताहरुको टोली ९ गते चितवन आउने छ । पूर्वपश्चिम राजमार्ग र हुलाकी मार्गमा केन्द्रित माओवादी केन्द्रको जागरण अभियान बीचबीचमा विश्राम गर्दै अघि बढ्ने छ र सुदूरपश्चिमको कञ्चनपुर पुगेर सम्पन्न हुनेछ । यसअघि माओ...
परराष्ट्रमन्त्री राणा र माल्दोभाका विदेशमन्त्री पोपसोइबीच भेटवार्ता
राजनीति, समाचार

परराष्ट्रमन्त्री राणा र माल्दोभाका विदेशमन्त्री पोपसोइबीच भेटवार्ता

नेपालअखबार, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र माल्दोभाका उपप्रधानमन्त्री एवं विदेशमन्त्री मिहाइ पोपसोइबीच भेटवार्ता भएको छ । नयाँदिल्लीमा भारतीय विदेश मन्त्रालयद्वारा आयोजित ‘राइसिना डायलग’को क्रममा परराष्ट्रमन्त्री राणाले पोपसोइसँग भेटवार्ता गरेकी हुन् । भेटका क्रममा नेपाल र माल्दोभाबीचको सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा डा. राणाले जलवायु परिवर्तनको असरबाट नेपाल नराम्रोसँग प्रभावित भइरहेको भन्दै विश्वव्यापी रूपमा बढ्दो यो समस्यासँग मिलेर काम गर्ने विषयमा छलफल भएको जनाएकी छन् ।...
प्रतिनिधि सभाको चैत १५ गतेसम्मको क्यालेन्डर तयार
राजनीति, समाचार

प्रतिनिधि सभाको चैत १५ गतेसम्मको क्यालेन्डर तयार

नेपालअखबार,काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको क्यालेन्डर तयार गरेको छ। आज बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को बैठकको निर्णयअनुसार चैत १५ गतेसम्म बस्ने बैठकको क्यालेन्डर तयार गरिएको हो। क्यालेन्डरअनुसार अब चैत ३, ४, ६, ७, १३, १४ र १५ गरी ७ दिन बैठक बस्ने छ। बैठकले भोलि ३ गते बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरेको छ। भोलि (आइतबार) बस्ने बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यसैगरी उनले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरिय...
राज्य संचालकको स्वेच्छाचारीले देश अप्ठ्यारोमा : समाजवादी मोर्चा
राजनीति, समाचार

राज्य संचालकको स्वेच्छाचारीले देश अप्ठ्यारोमा : समाजवादी मोर्चा

नेपालअखबार,काठमाडौं । समाजवादी मोर्चाले राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको जनाएको छ । देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरूको क्रियाकलापबारे दृष्टिकोण अगाडि सार्न शनिबार आयोजित पत्रकार सम्मेललनमा समाजवादी मोर्चाले यस्तो जनाएको हो । मोर्चाले भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त रहेको पनि उल्लेख गरेको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाह¦को अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् । राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त छ,’ विज्ञप्तिमा भनिएको छ । मोर्चाले सरकारको गलत रबैय...