Sunday, August 16

राजनीति

भीम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने
राजनीति, समाचार

भीम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने

नेपालअखबार,धनगढी । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने भएका छन् ।आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला आयोजना गर्ने जनाएका हुन् । मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माणको उद्घोष गरेका उनले भेलामा उपस्थितिको लागि अपिल गरेका छन् । उनले भने, ‘कैलाली र कञ्चनपुरको जागरण भेला शनिबार गर्दै छौ । भेलामा जुनसुकै दलमा आबद्ध रहेका देशभक्त नागरिकहरूलाई उपस्थितिको लागि हार्दिक आह्वान गर्दछु ।’ यसैबिच नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका छन् । प्रधानमन्त्री ओलीलाई आज फेरि निरङ्कुश र स्वेच्छाचारी नेतृत्वको आरोप लगाउँदै उनले संसद् छलेर ल्याएको अध्यादेशको काम समेत नभएको जिकिर गरे...
एकीकृत समाजवादीले तोक्यो ३३ विभागका प्रमुख र उपप्रमुख
राजनीति, समाचार

एकीकृत समाजवादीले तोक्यो ३३ विभागका प्रमुख र उपप्रमुख

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत (एकीकतृ समाजवादी) ले केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखहरू तोकेको छ । पार्टीले जारी गरेको अपानी ४ मार्फत ३३ वटा केन्द्रीय विभागका प्रमुख र उप्रमुख तोकेको हो । जसमा पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्मानित नेता झलनाथ खनालले पाएका छन् भने उपप्रमुखको जिम्मेवारी नेताद्धय डा. बेदुराम भुसाल र डा. विजय पौडेलले पाएका छन् । यस्तै सङगठन विभाग प्रमुखको जिम्मेवारी डा. बेदुराम भुसालले पाएका छन् । यो विभागके उपप्रमुखमा रामचन्द्र यादव रहेका छन् । विदेश विभागको प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुखमा घनेन्द्र बस्नेत, उपप्रमुखमा प्रमोद शर्मा, प्रचार विभाग प्रमुखमा उपाध्यक्ष प्रकाश ज्वाला, उपप्रमुखमा दामोदर अर्याल र चमिना भट्टराई रहेका छन् । सङघीय तथा प्रादेशिक मामिला प्रमुखमा उपाध्यक्ष जगन्नाथ खतिवडा, अनुगमन तथा मूल्याङकन विभाग प्रमुखमा ...
चार संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

चार संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे बस्ने अर्थ समितिको बैठक बस्नेछ । बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवं भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग) सँग  छलफल हुनेछ । त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा नेपालमा बाँदरको कहर नियन्त्रण सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिक...
राजनीतिकर्मीहरुले खेलकुदबाट अनुशासन सिक्न आवश्यक: गृहमन्त्री लेखक
खेलकुद, राजनीति, समाचार

राजनीतिकर्मीहरुले खेलकुदबाट अनुशासन सिक्न आवश्यक: गृहमन्त्री लेखक

नेपालअखबार,पोखरा ।  पोखरामा आजदेखि आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा पोखराको टुँडिखेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरे । उद्घाटन खेलमा आयोजक बुद्धटोल युवा क्लबले क्याफे अमेरिकानो बारिष्टा ट्रेनिङ सेन्टरलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक दोस्रो चरणमा प्रवेश गरेको क्लबका अध्यक्ष आशिम थापाले जानकारी दिए । उनका अनुसार बुद्धटोलको जीतमा विपिन मगर र रिनिस तामाङले समान १/१ गोल गरे  । यस्तै दोस्रो खेलमा एन टु क्याफेले मसिना बगरलाई १–० गोलले पराजित गर्यो । एन टु क्याफेको जीतमा विशाल गुरुङले निर्णायक गोल गरे । भोलि पनि पहिलो चरणकै खेलहरु सञ्चालन गरिने अध्यक्ष थापाले बताए । युवाहरुलाई खेलकुदमा जोड्न गृहमन्त्री लेखकको जोड प्रतियोगिताको उद्घाटन गर्द...
प्रदेशको औचित्य प्रमाणित गर्न अझै कसरत गरौँ : प्रदेश प्रमुख भट्ट
राजनीति, समाचार

प्रदेशको औचित्य प्रमाणित गर्न अझै कसरत गरौँ : प्रदेश प्रमुख भट्ट

नेपालअखबार,पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशको औचित्य पुष्टि गर्न अझै कसरत आवश्यक रहेको बताए । गण्डकी प्रदेश स्थापनाको सात वर्ष पुगेको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले नागरिकसामु जिम्मेवार भएर काम गर्न सरकारलाई सुझाए ।‘प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न प्रदेश सभा र प्रदेश सरकारले वित्तीय अनुशासन एवं मितव्ययी हुन र नागरिकहरूलाई छिटो सेवा प्रवाह गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘आवधिक योजनालाई कुशल कार्यान्वयन गरियो भने प्रदेश सरकारको योगदानको अवश्य पुष्टि हुनेछ ।’ ‘प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न प्रदेश सभा र प्रदेश सरकारले वित्तीय अनुशासन एवं मितव्ययी हुन र नागरिकहरूलाई छिटो सेवा प्रवाह गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘आवधिक योजनालाई कुशल कार्यान्वयन गरियो भने प्रदेश सरकारको योगदानको अवश्य पुष्टि हुनेछ ।’...
बेलायती राजकुमार दम्पतीले भेटे राष्ट्रपति
राजनीति, समाचार

बेलायती राजकुमार दम्पतीले भेटे राष्ट्रपति

नेपालअखबार,काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।मंगलबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राजकुमार एडवार्ड तथा उनकी पत्नी सोफियाले भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई देशबिच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको शीतल निवासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।...
संघीयतासम्बन्धी कानुन निर्माणमा राजनीतिक नेतृत्व नै असन्तुष्ट : दाहाल
राजनीति, समाचार

संघीयतासम्बन्धी कानुन निर्माणमा राजनीतिक नेतृत्व नै असन्तुष्ट : दाहाल

नेपालअखबार,काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीयतासम्बन्धी ऐन, कानुन निर्माण गर्नेकुरामा राजनीतिक नेतृत्व नै असन्तुष्ट रहेको बताएका छन् । सोमबार सरोकार दर्पणको लोकार्पण विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जनस्तरमा अहिले संघीयताप्रति नकारात्मक भावना जागृत हुनु स्वभाविक रहेको बताउँदै उनले संघीयतासम्बन्धी ऐन, कानुन निर्माणमा नेताहरू नै असन्तुष्ट रहेको बेलामा नागरिकहरूले सेवा सुविधा, छिटो छरितो नपाउँदा गुनासो गर्नु सामान्य रहेको दाहालले बताए । ‘अहिले जनस्तरमा अलि बढी संघीयताप्रति नकारात्मक ओरेन्टेशन भएको हो की भन्ने अनुभूत हुन्छ । संघीयता आफैंमा गलत हो, संघीयताका सिद्धान्तहरू आफैंमा गलत छन् भन्नेतिर त म धेरै पाउँदिन,’ उनले भने, ‘संघीयता हामीले ल्यायौँ । हामीले नै संघीयता कार्यान्वयन गर्न जाँदैछौँ । कार्यान्वयन गर्नको निम्ति हुने हरेक गतिविधिहर...
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक फागुन ८ र ९ गते
राजनीति, समाचार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक फागुन ८ र ९ गते

नेपालअखबार,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन ८ र ९ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । बैठकमा पार्टीको संगठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग बनाइने मोर्चाबारे निर्णय गरिने छ यही माघ ३० गते गर्ने भनिएको अधिवेशन केही दिनपछि गर्ने तालिका हेरफेर गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने बैठकमा पार्टीका नेताहरुलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी तथा कार्य प्रगतिको छलफल गरिने जनाइएको छ ।बैठकमा सबै जनवर्गीय संगठनका कार्य प्रगति तथा ती सङ्गठनका अधिवेशनबारे निर्णय गरिने छ । केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्था...
आज मन्त्रिपरिषद बैठक बस्दै
राजनीति, समाचार

आज मन्त्रिपरिषद बैठक बस्दै

नेपालअखबार,काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।
माछापुच्छ्रे हिमाल कालो भएकोमा चिन्ता : सभापति देउवा
राजनीति, समाचार

माछापुच्छ्रे हिमाल कालो भएकोमा चिन्ता : सभापति देउवा

नेपालअखबार, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिमा जितहार स्वभाविक हुने भएकाले जित्दैमा उत्ताउलो नहुन आग्रह गरेका छन् । कांग्रेस पोखरा महानगरको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले नेता कार्यकर्तालाई सम्हालिएर राजनीति गर्न सुझाएका हुन् । ‘राजनीतिमा जित हार हुन्छ । हार्दैमा सबै सकिँदैन, जित्दैमा उत्ताउलो हुन पर्दैन,’ उनले भने । सभापति देउवाले माछापुच्छ्रे हिमाल कालो भएकोमा चिन्ता व्यक्त गरे । ‘म विद्यार्थी राजनीति गर्दा यहाँ जेलमा परेको थिएँ । निस्केर बाहिर हेर्दा माछापुच्छ्रे हिमाल निकै सुन्दर थियो,’उनी भन्छन्,‘अहिले हिमाल कालै भएछ । हिउँ पग्लिएर सकिएछ । पर्यावरण जोगाउन कांग्रेसले तल्लो तहबाट पहल गरोस् ।’...