Monday, August 17

राजनीति

नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कँदै
राजनीति, समाचार

नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कँदै

नेपालअखबार,काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्कने भएकी छन् । उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारतको नयाँ दिल्ली पुगेकी हुन् । युरोपबाटै त्यहाँ पुगेकी उनले शनिबार र आइतबार एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी थिइन् । उनी आज साँझ स्वदेश फर्कँदै छिन् । स्वास्थ्य परीक्षणका लागि नै उनी नयाँ दिल्ली पुगेकाले यस पटक कुनै औपचारिक भेटघाटको कार्यक्रम नरहेको उनको सचिवालयले जानकारी दिएको छ । शुक्रबार भने उनले भारतको नयाँ दिल्लीमा आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई सम्बोधन गरेकी थिइन् । सो सम्बोधनमा उनले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको बताएकी थिइन् । मन्त्री डा रा...
कास्की अदालतमा रवि लामिछानेसहित पाँच जनाको बयान सुरू हुँदै
प्रशासन, राजनीति, समाचार

कास्की अदालतमा रवि लामिछानेसहित पाँच जनाको बयान सुरू हुँदै

नेपालअखबार,कास्की। सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ। आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ४४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो। लामिछानेसहित पाँच जनाविरूद्ध भने सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ । जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले लामिछाने,  छविलाल जोशीसहित अदालतमा उपस्थित गराइएका पाँच जना प्रतिवादीको बयान सुरु हुने जानकारी दिए। 'गोलामार्फत इजलासको टुङ्गो लागेपछि प्रतिवादीहरुको बयान सुरु हुन्छ, बयान सकिएपछि मात्र थुनछेकको आदेश हुन्छ,' उनले भने। सरकारी वकिलको कार्यालयले पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा...
डेनमार्कको राजदूतमा तुलाधर नियुक्त
राजनीति, समाचार

डेनमार्कको राजदूतमा तुलाधर नियुक्त

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई आज राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।...
मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन्
राजनीति, समाचार

मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन्

नेपालअखबार,काठमाडौँ । सरकारले हवाई सेवा प्रदायक र नियमनकारी निकायलाई अलग–अलग गर्ने गरी तयार गरिएका दुई विधेयकहरूलाई संसदमा पेस गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसब्बा गुरुङले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिए । बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिमार्जित कार्यविवरण स्वीकृत गरेको छ भने कान्ति बाल अस्पताल विकास समितिको अध्यक्ष पदमा श्रीराम सुवेदीलाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने नि...
रविलाई निलम्बन गर्ने चिठी, संसद् पुग्यो
प्रशासन, राजनीति, समाचार

रविलाई निलम्बन गर्ने चिठी, संसद् पुग्यो

नेपालअखबार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न सरकारी वकिलको कार्यालय कास्कीले संघीय संसद सचिवालयमा पत्र पठाएको छ। ‘हामीले सम्पत्ति शुद्धीकरण ऐनको दफा २७को प्रयोजनका लागि भन्ने पत्र प्राप्त गरेका छौं,’ संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले भने, ‘कानुन बमोजिम गर्छौं।’ सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वतः निलम्बन हुने व्यवस्था छ। लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा आजै मुद्दा दर्ता भएको छ। ‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक ...
एमालेले सचिवालय बैठक बोलायो
राजनीति, समाचार

एमालेले सचिवालय बैठक बोलायो

नेपालअखबार,काठमाडौँ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय संगठन विभागको संगठन विस्तार योजनाबारे छलफल गरिने छ।...
आज रविविरुद्ध अदालतमा मुद्दा दर्ता हुँदै
राजनीति, समाचार

आज रविविरुद्ध अदालतमा मुद्दा दर्ता हुँदै

नेपालअखबार,काठमाडौं । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालतमा मुद्दा दर्ता हुँदैछ । भोलिदेखि बयान र बयान सकिएपछि थुनछेक बहस सुरु गर्ने तयारी छ । जिल्ला प्रहरी कार्यालय कास्कीले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनको आधारमा गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईसहित १९ जनाविरुद्ध पुस ५ गते मुद्दा दर्ता भएको थियो । आज पूर्वगृहमन्त्री समेत रहेका लामिछाने विरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ती शुद्धीकरणमा मुद्दा दर्ता हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रवि कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा ...
७७ वटै जिल्लामा एकीकृत समाजवादीले क–कसलाई बनायो इन्चार्ज र सहइन्चार्ज
राजनीति, समाचार

७७ वटै जिल्लामा एकीकृत समाजवादीले क–कसलाई बनायो इन्चार्ज र सहइन्चार्ज

नेपालअखबार,काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ७७ वटै जिल्लामा पार्टीको इन्चार्ज र सहइन्चार्ज तोकेको छ । पार्टीको हालै सम्पन्न स्थायी कमिटी बैठकको निर्णयअनुसार एकीकृत समाजवादीले जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको हो । ताप्लेजुङ इन्चर्जमा खेम ओनेम, झापामा पुष्प पोख्रेल, मोरङमा भीमबहादुर बस्नेत, रौतहटमा सरलाकुमारी यादव, धादिङमा गुरु बुर्लाकोटी इन्चार्ज बनेका छन् । यस्तै नुवाकोटमा राजेन्द्र लोहनी, काठमाडौँमा रमा आले मगर, ललितपुरमा कृष्णलाल महर्जन इन्चार्ज बनेका छन् । यस्तो छ इन्चार्ज र सहइन्चार्जको पूर्णसूचीः  ...
एकीकृत समाजवादीको कार्यविभाजन : यी हुन् सात प्रदेशका इन्चार्ज र सहइन्चार्ज
राजनीति, समाचार

एकीकृत समाजवादीको कार्यविभाजन : यी हुन् सात प्रदेशका इन्चार्ज र सहइन्चार्ज

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । जसअन्तर्गत सातै प्रदेशको लागि इन्चार्ज र  सहइन्चार्ज पनि तोकिएको छ । कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाएको उल्लेख छ । इन्चार्जमा भने पदाधिकारीलाई प्राथमिकता दिएको छ । कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव राजेन्द्र राईलाई तोकिएको छ भने सहइन्चार्ज भए ९ जनालाई बनाइएको छ ।  कार्यविभाजन सूचीअनुसार बलदेव चौधरी, धर्म निरौला, भवानीप्रसाद खापुङ, महेश रेग्मी, राजन राई, केशव कुमार विष्ट, खिनु लङवा लिम्बु, जीवन राई र विद्या चाम्लिङ सहइन्चार्ज बनेका छन् । त्यसैगरी मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी उपाध्यक्षसमेत रहेका धर्मनाथ प्रसाद साहलाई तोकिएको छ । स्थायी कमिटी सदस्य नगेन्द्र चौधरी यस प्रदेशको सहइन्चार्ज बनेका छन् । बागमती प्...
अमेरिकी सरकारको कामकाज ठप्प हुने संघारमा
राजनीति, विश्व, समाचार

अमेरिकी सरकारको कामकाज ठप्प हुने संघारमा

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकी सरकारको कामकाज ठप्प हुने संघारमा छ । खर्च सम्बन्धी विधेयकमा संसद्मा दुई पार्टीबिच सहमति हुन नसक्दा अमेरिकी सरकार बन्दतर्फ उन्मुख बनेको छ । शुक्रवार रातिसम्म यो समस्या समाधान नभए अमेरिका बन्द हुनेछ । अमेरिकी संसदमा ट्रम्प समर्थित विधेयक पारित हुन सकेको छैन । हाउस अफ रिप्रिजेन्टेटिभ्सले राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पको सङ्घीय कार्यहरूलाई बजेट दिने र सरकारी कामकाज ठप्प हुनु एक दिन अघि कर्जा सीमा बढाउने वा निलम्बन गर्ने योजनालाई अस्वीकार गरेको छ । करिब तीन दर्जन रिपब्लिकन र डेमोक्रेटले ट्रम्प समर्थित विधेयकको विपक्षमा मतदान गरेका छन् । संसदमा यो विधेयकको पक्षमा १७४ र विपक्षमा २३५ मत परेको थियो । सरकार बन्द हुनबाट जोगाउन देशको ऋण सीमा बढाउने वा निलम्बन गर्ने प्रावधानलाई कानुनमा समावेश गरेको कुराको ट्रम्पको पार्टीले सधै विरोध गर्दै आएको थियो । तर अब भ...