Monday, August 17

राजनीति

साउदीमा इस्लामिक राष्ट्रका प्रमुखहरु भेला
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

साउदीमा इस्लामिक राष्ट्रका प्रमुखहरु भेला

नेपालअखबार,काठमाडौं। अरब र मुस्लिम राष्ट्रका नेता सोमबार साउदी अरेबियाको राजधानी रियादमा भेला भएका छन् । यो सम्मेलन गाजा र लेबनानमा इजरायलसँग चलिरहेको युद्धमा केन्द्रित रहने साउदी अरेबियाको सरकारी मिडिया एजेन्सी वाफाले जनाएको छ। वाफालाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ, ‘इजरायली आक्रमण सहित प्यालेस्टाइन र लेबनानी क्षेत्रमा बढ्दो हिंसाले अरब र इस्लामिक नेताहरूलाई तत्काल कदम चाल्न बाध्य बनाएको छ, त्यसकारण  सम्मेलनको आयोजना गरिएको हो ।’ प्यालेस्टाइन र लेबनानी क्षेत्रमा इजरायली आक्रमण रोक्न, आम जनताको सुरक्षा र यस क्षेत्रमा शान्ति र स्थिरता स्थापना गर्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिनु यस सम्मेलनको मुख्य प्राथमिकता रहेको बताइएको छ। रियादमा हुन लागेको सम्मेलनमा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ पनि साउदी अरब पुगेका छन् । उनले एक्समा लेखेका छन्, ‘म रियाद पुगेको छु...
राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसबिच भेटवार्ता
राजनीति, समाचार

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसबिच भेटवार्ता

नेपालअखबार,बाकु । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबिच संक्षिप्त भेट भएको छ । अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उनीहरुबिच भेट भएको हो । भेटमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याका बारेमा संक्षिप्त कुरा भएको छ । ‘जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो । हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ’ उनीहरुबिच भएको संक्षिप्त कुराकानीलाई उद्यृत गर्दै राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । महासचिव गुटेरसले राष्ट्रपति पौडेल बसेको ठाउँमा आएर भेटेका हुन् । आजबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्र...
राष्ट्रपति पौडेल अजरबैजानमा, ‘अहिलेको विश्वको मुख्य समस्या नै जलवायु परिवर्तन हो’
राजनीति, समाचार

राष्ट्रपति पौडेल अजरबैजानमा, ‘अहिलेको विश्वको मुख्य समस्या नै जलवायु परिवर्तन हो’

नेपालअखबार,बाकु । राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजानको बाकु आइपुगेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९)मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै आज यहाँ आइपुगेका हुन् । भेटका क्रममा राष्ट्रपति पौडेलले अहिलेको विश्वको समस्या नै जलवायु परिवर्तन भएको र यो सम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिबद्धता प्रकट गरेको रकÞम लगानी गर्न तथा कार्बन उत्सर्जनमा न्यून योगदान गरेर पनि मारमा परेका विकासशील देशका लागि लगानी गर्न प्रेरित गर्नुपर्ने बताएको प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार अनुसार मन्त्री अहमदोले अहिलेको सम्मेलनको मुख्य विषय नै त्यही भएको उल्लेख गर्दै विकाशसील देशमाथि न्याय गरिनुपर्ने बताएका थिए । उनले अजरवैजानम...
अमेरिकी सेना नेपाल आएको होइन, एक जना रथी आएका हुन् : रक्षामन्त्री राई
राजनीति, समाचार

अमेरिकी सेना नेपाल आएको होइन, एक जना रथी आएका हुन् : रक्षामन्त्री राई

नेपालअखबार,काठमाडौं । रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेमा सत्यता नरहेको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । बैठकमा माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपालमा अमेरिकी सेना आएको विषय के हो भनेर सोधेकी थिइन् । जवाफ दिँदै राईले भने, ‘एक जना रथी नेपाल भ्रमणमा आउनुभएको छ । अन्य दलबलसहित आउनुभएको होइन । यसमा यति भने पुग्छ भन्ने लाग्छ ।’...
सत्ताको संघर्षले निम्त्याएको एक ‘सेक्स टेप प्रकरण’
राजनीति, विश्व, समाचार

सत्ताको संघर्षले निम्त्याएको एक ‘सेक्स टेप प्रकरण’

नेपालअखबार,मालाबो । सारा विश्वले यसलाई ‘अर्को सेक्स टेप स्क्यान्डल’  का रूपमा हेरिरहेको छ । तर, वास्तवमा यो इक्वेटोरियल गिनीको नयाँ राष्ट्रपति बन्छ भन्ने वास्तविक ‘नाटक’ को एउटा अंश हुनसक्छ । पछिल्लो हप्ता एक शीर्ष सरकारी अधिकारीले आफ्नो कार्यालय र अन्य ठाउँमा विभिन्न महिलाहरूसँग यौनसम्बन्ध बनाइरहेका १ सय ५० देखि ४ सयवटासम्म भिडियो बाहिरिएका छन् । यो प्रकरण यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसले मध्य अफ्रिकाको सानो देशलाई स्तब्ध बनाएको छ । भिडियोमा देखिएका अधिकांश महिला सत्ताको केन्द्रमा रहेका मानिसहरूको पत्नी र आफन्त रहेका छन् । उनीहरू बाल्टासार इबाङ मिस्टर इन्गोंगासँग यौन क्रियाकलापमा संलग्न देखिएका छन् । यो सबै पुष्टि गर्न कठिन भइरहेको छ किनभने इक्वेटोरियल गिनीको समाज निकै सङ्कुचित रहेको छ भने त्यहाँ स्वतन्त्र प्रेसको अस्तित्व नै छैन । केहीले यो प्रकरणको केन्द्रमा रहेका ...
राष्ट्रपतिद्वारा चीन र अमेरिकामा नयाँ नेपाली राजदूत नियुक्त
राजनीति, समाचार

राष्ट्रपतिद्वारा चीन र अमेरिकामा नयाँ नेपाली राजदूत नियुक्त

नेपालअखबार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा नेपाली राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले यसअघि नै संसदीय सुनुवाइ पूरा भइसकेका प्राडा कृष्ण प्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई अमेरिकाको राजदूत पदमा नियुक्त गरेका हुन् । राष्ट्रतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरेको शीतल निवासले जनाएको छ ।...
सबै स्थानीय तहमा खबरदारी अभियान चलाउँछौं: प्रचण्ड
राजनीति, समाचार

सबै स्थानीय तहमा खबरदारी अभियान चलाउँछौं: प्रचण्ड

नेपालअखबार, काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सबै स्थानीय तहबाट खबरदारी अभियान चलाउने तयारी गरिरहेको बताएका छन्। मकवानपुरमा आइतबार भएको पत्रकार सम्मेलनमा बोल्दै उनले देशव्यापी अभियान सञ्चालन गरी जनतासमक्ष पुग्ने बताए। माओवादी सरकार बाहिर रहँदा अहिले जनतामाझ पुग्न सहज भएको उल्लेख गर्दै उनले केही कमजोरी सुधार गरेर परिवर्तनका पक्षमा सशक्त ढङ्गबाट अघि बढ्ने बताए। अध्यक्ष दाहालले देशमा व्याप्त भ्रष्टाचार र व्यथिति अन्त्यका लागि विद्यमान निर्वाचन प्रणाली र शासकीय स्वरूप नै परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनले भ्रष्टाचारको मूल कारण भनेको ठूलो धनराशी खर्च गरेर चुनाव जित्नु हो भन्दै त्यसको अन्त्यका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा आफूहरूले उठाएको बताए। अध्यक्ष दाहालले शासकीय स्वरूपमा परिवर्तन नआउञ्जेल नेपालमा स्थिरता कायम नहुने...
कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति
प्रशासन, राजनीति, समाचार

कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति

नेपालअखबार,काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए ।अधिकारीलाई प्रहरीले आइतबार नै मोरङको विराटनगरबाट काठमाडौं ल्याएको थियो । अधिकारी एउटा कार्यक्रममा भाग लिन जापान गएका बेला ३ जना अपरिचित व्यक्ति पनि उनीसँगै गएका थिए । उनीहरुलाई भने नेपाल फर्किँदा त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरिसकेको छ ।...
रविलाई थप १३ दिन हिरासतमा राख्न अनुमति
प्रशासन, राजनीति, समाचार

रविलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

नेपालअखबार,पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।...
प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रिय हितका लागि : एमाले
राजनीति, समाचार

प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रिय हितका लागि : एमाले

नेपालअखबार, काठमाडौँ । नेकपा (एमाले) ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा रुपान्तरण गर्ने निर्णय गरेको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमणलाई नेपालको राष्ट्रिय हितमा हुनेगरी सफल बनाउने निर्णय गरेको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । “द्विपक्षीय भेटघाट र वार्ता सकाएर उहाँ फर्कनुहुन्छ । चिनियाँ राष्ट्रपति नेपाल आउँदा उच्चस्तरीय समझदारी र नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीन भ्रमण भएका समझदारीमा नै हाम्रो जोड हुनेछ,” उपमहासचिव ज्ञवालीले भने, “त्यसको अलवा द्विपक्षीय अन्य हितका विषयमा पनि हामी छलफल गर्नेछौँ । नेपालको अधिकतम राष्ट्रियहितमा हुनेगरी यो भ्रमणलाई सफल पार्दछौँ ।” उपमहासचिव ज्ञवालीकाका अनुसार बैठकले सरकारले चार महिनाको समीक्षाको गरेको छ । सरकारले आधारभूतरूपमा...