औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य : मन्त्री भण्डारी
नेपालअखबार,काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास र आधुनिकीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्स प्रविधि अपरिहार्य बनेको बताएका छन् । राष्ट्रिय युवासंघ नेपालद्वारा आयोजित इन्टरनेशनल आर्टिफिसियल इन्टेलिजेन्स एण्ड रोबोटिक्स कन्फरेन्समा बोल्दै उनले आर्टिफिसयल इन्टेलिजेन्स सम्बन्धी नीति तथा कानुन निर्माण गरी यसको विकास मार्फत औद्योगिक विकास र समृद्धिमा फड्को मार्ने गरी सरकार लागिपरेको बताएका हुन् ।
‘यसका लागि नीतिगत र कानुनी संरचना निर्माण र पूर्वाधार विकासमा लागेका छौँ । डिजिटल पूर्वाधार विस्तार र सुदृढीकरण, औद्योगिक क्लस्टर र टेक्नोलोजी पार्क स्थापना, इन्टरनेट कनेक्टिभिटी र नेटवर्क विस्तार, डाटा सेन्टर र क्लाउड कम्प्युटिङ सेवा, एआई अनुसन्धान र विकास, क्षमता विकास, उद्योग–शिक्षा साझेदारी, अन्तर्राष्ट्रिय सहकार्य र ज्ञान हस्त...









