Monday, August 17

राजनीति

बैंकसहित लेबनानका २४ स्थानमा आक्रमण गर्ने  इजरायलको चेतावनी
राजनीति, विश्व, समाचार

बैंकसहित लेबनानका २४ स्थानमा आक्रमण गर्ने इजरायलको चेतावनी

नेपालअखबार,बेरुत । इजरायली सेनाले लेबनानमा बस्ने मानिसहरूका लागि नयाँ चेतावनी जारी गरेको छ। यो नयाँ चेतावनी अनुसार, इजरायलले चाँडै नै लेबनानको राजधानी बेरुतसहित सम्पूर्ण देशका २४ क्षेत्रमा रातभर आक्रमण गर्ने योजना बनाएको हो। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लाहलाई समर्थन गर्ने बैंक र अन्य वित्तीय लक्ष्यहरूलाई लक्षित गर्ने बताएको छ। यसै क्रममा इजरायलले बेरुतको दक्षिणी क्षेत्रमा रहेको दाहेह सहरमा आठवटा हवाई हमला गरेको छ । यो ठाउँ हिजबुल्लाहको नियन्त्रणमा छ। लेबनानको सरकारी मिडियाले पनि आक्रमण देशको पूर्वी भागमा भएको बताएको छ। हिजबुल्लाहले पनि आइतबार इजरायली सैन्य लक्ष्यहरूलाई लक्षित गरी रकेट प्रहार गरेको बताएको छ। आइतबार साँझ आइडीएफका प्रवक्ता ड्यानियल हगारीले हिजबुल्लाहका आतंककारी गतिविधिहरूलाई आर्थिक सहयोग गर्ने आधारहरू नजिक रहेका जो कोहीले पनि तुरुन्तै सो स्थान छाड्नु पर्न...
भीम रावलसहित विन्दा पाण्डे र उषाकिरणसँग  स्पष्टीकरण सोध्ने एमाले निर्णय
राजनीति, समाचार

भीम रावलसहित विन्दा पाण्डे र उषाकिरणसँग स्पष्टीकरण सोध्ने एमाले निर्णय

नेपालअखबार,काठमाडौँ । नेकपा (एमाले)ले नेता भीम रावलसहितका तीन जना नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले नेता रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनीहरूलाई एमाले केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । नेतृ पाण्डेसहित रावल र तिम्सिनाले पार्टीले जग्गा दान लिएकोबारे आलोचना गरेका थिए । पाण्डेले त व्यवसायी मिनबहादुर गुरुङले पार्टी कार्यालय भवन बनाउन जग्गा दान लिएको विषय फिर्ता गर्नुपर्ने बताएकी थिइन् । उनले उक्त निर्णय सच्चाउन पार्टी नेतृत्वलाई सुझाव समेत दिएकी थिइन् । गत असोज २४ गते गुरुङले कीर्तिपुरमा दिएको ११ रोपनी जग्गामा पा...
मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन्
राजनीति, समाचार

मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन्

नेपालअखबार,  काठमाडौं । सरकारले संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी आयोगहरू बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस समिति पुनर्गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिलाई पुनर्गठन गरी समितिलाई पूर्णता दिएको हो । मिश्र नेतृत्वको सिफारिस समितिमा राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको आयोगको सदस्य रहनेछन् भने सरकारले मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानूनविद्, विधि विज्ञानवेत्ता, द्वन्द्वविद्, समाजशास्त्री, महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संलग्न व्यक्तिहरूमध्येबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, डा.अर्जुनकुमार कार्की र स्टेला तामाङलाई सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् ब...
एमालेको सचिवालय बैठक बस्दै
राजनीति, समाचार

एमालेको सचिवालय बैठक बस्दै

नेपालअखबार,काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । अपराह्न ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने तय भएको एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । बैठकमा रास्वपा सभापति रवि लामिछाने पक्राउ पछिको राजनीतिक परिस्थिति, स्थानीय तहको उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ । स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आगामी २ मंसिरदेखि सुरु हुने र १६ मंसिरमा मतदाता हुने कार्यतालिका छ । यसअघि २४ असोजमा बसेको एमाले सचिवालय बैठकले स्थानीय तह उपचुनावका लागि सम्भावित उम्मेदवारको नामावली कात्तिक २२ गतेसम्म तल्ला कमिटीबाट आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाउन भनेको थियो । साथै सोही दिनको बैठकले एमालेको केन्द्रीय कार्यालय कीर्तिपुरमा स्थापना गर्ने निर्णय गरेको थियो । भोलिपल्ट जग्गा दाता मिनबहादुर गुरुङ दम्पतीसहित...
नेकपा एस फोड्ने दिवा सपना हेर्न बन्द गर्नुस् कमरेड, बरु जनताको मन जित्ने काममा अघि बढ्नुस्
राजनीति, विचार, समाचार, साहित्य \कला, हाइलाइट-समाचार

नेकपा एस फोड्ने दिवा सपना हेर्न बन्द गर्नुस् कमरेड, बरु जनताको मन जित्ने काममा अघि बढ्नुस्

जैनव खातुन। नेकपा एकीकृत समाजवादी पार्टीको बारेमा गरिएको प्रचारबाजी केवल हल्ला मात्र हो। यस्ता हल्लालाई हामी सबै कार्यकर्ताले तोड्नु आवश्यक नै रहेको छ। कहिले कुनै एउटा व्यक्तिले पार्टी फुटालेर जाँदैछन् भन्ने हेडलाइन न्युज आउँछ भने कहिले अर्का व्यक्तिको नाममा यस्ता बेतुके खालका समाचारहरु आइरहेका छन् । यथार्थको धडातल भन्दा फरक रहेर हल्लाका लागि मात्र लेखिएको समाचारहरुलाई हल्ला खल्ला मात्रै रहेको बुझ्न सकिन्छ। नेकपा एकीकृत समाजवादी पार्टीमा रहेका कार्यकर्ताहरू स्वार्थ र प्रलोभनमा परेर पार्टीमा सक्रिय भएका होइनन् । यस पार्टीका कार्यकर्ताहरू सबै त्यो विद्रोहको योद्धाहरु हुन्। जसले देश संविधान, लोकतन्त्र, गणतन्त्र र स्थायी राजनीति हुनका लागि संविधान जोगाउनु पर्छ भन्ने उद्देश्यका साथ नेकपा एमालेबाट विद्रोह गरेका थिए । यो त विद्रोहीहरूको पार्टी हो । नेकपा एकीकृत समाजवादीमा एका, दुई हल्लाखल्ला...
‘रअ’ एजेन्ट विकास यादवमाथि अमेरिकाले लगायो आफ्ना नागरिक हत्या प्रयासको अभियोग
राजनीति, विश्व, समाचार

‘रअ’ एजेन्ट विकास यादवमाथि अमेरिकाले लगायो आफ्ना नागरिक हत्या प्रयासको अभियोग

नेपालअखबार, काठमाडौं । भारतीय गुप्तचर संस्था 'रअ' का पूर्वअधिकारीले आफ्ना नागरिकको हत्या प्रयास गरेको आरोप अमेरिकाले लगाएको छ। बिहीबार सार्वजनिक गरिएको अभियोग पत्रमा विकास यादव नामका रअ अधिकारीले भारतमै बसेर न्यूयोर्कमा रहेका भारत सरकारको आलोचना गर्ने अमेरिकी नागरिक मार्ने योजना बनाएको द न्यूयोर्क टाइम्सले लेखेको छ। यही साता मात्र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो भूमिमा हत्या, जबर्जस्ती असुली लगायत आपराधिक गतिविधि गरेको आरोप भारतमाथि लगाएका थिए। गत नोभेम्बरमा पनि अमेरिकाले भारतमाथि अमेरिकी र क्यानडेली नागरिकता भएका पृथकतावादी शिख गुरूपतवन्त सिंह पन्नुनको अमेरिकामै हत्या गर्न खोजेको आरोप लगाएको थियो। भारतको चर्को र आक्रामक आलोचना गर्ने पन्नुनको हत्याका लागि निखिल गुप्ता भन्ने भारतीयले भाडामा खोजेका सुटर अमेरिकी सुरक्षा निकायको एजेन्ट परेकाले सो कुराको खुलासा भएको थियो।...
इजरायलद्वारा अस्पतालमा आक्रमण
राजनीति, विश्व, समाचार

इजरायलद्वारा अस्पतालमा आक्रमण

नेपालअखबार,गाजास्ट्रिप । इजरायली सेनाले शनिबार उत्तरी सहर बेत लाहियाको इन्डोनेसियाली अस्पताललाई घेरा बन्दी गरी आक्रमण गरेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।“इजरायलले अस्पताललाई पूर्ण रूपमा घेरी बिजुली लगायतका सेवाहरु अवरुद्ध गरी अस्पतालका भवनहरुलाई निशाना बनाइ आक्रमण गरेको स्वास्थ्य सेवा निर्देशक मारवान सुल्तानले बताएका छन् । उनका अनुसार आक्रमणका कारण उक्त क्षेत्रका “चिकित्सा कर्मचारी तथा बिरामीहरू गम्भीर जोखिममा रहेका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायलले अस्पतालका भवनहरुमा  लक्षित गरी गरिएको आक्रमणमा “मेडिकल स्टाफका अतिरिक्त ४० जना भन्दा बढी बिरामी  घाइते भएको जनाएको छ । अस्पताल क्षेत्रमा भएको खतरनाक आक्रमणले बिरामी तथा स्वास्थ्य कर्मचारीहरूमा ठूलो त्रास  निम्त्याएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ । यस महिनाको सुरुमा उत्तरी गाजामा नयाँ आक्रम...
पक्राउ परेका रविलाई स्थलमार्गबाटै पोखरा लगिँदै
Uncategorized, प्रशासन, राजनीति, समाचार

पक्राउ परेका रविलाई स्थलमार्गबाटै पोखरा लगिँदै

नेपालअखबार,काठमाडौँ । शुक्रबार साँझ पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई स्थलमार्गबाटै पोखरा लगिने भएको छ । उनलाई गाडीबाटै पोखरा लैजान लागिएको हो । लामिछानेकै इच्छा अनुसार प्रहरीले लामिछानेलाई गाडीबाट ल्याउन लागेको श्रोतले जनाएको छ । लामिछानेसँग उपसभापति डीपी अर्याल कार्यवाहक प्रवक्ता मनिष झा पनि सँगै जाने जनाइएको छ । रास्वपाका अर्का नेता स्वर्णिम वाग्ले तनहुँमा भएकाले त्यहाँबाट पोखरा जाने बताइएको छ । सो पार्टीका अन्य नेता कार्यकर्ता भोलि पोखरा जाने बताइएको छ ।  ...
रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको मुद्दा
प्रशासन, राजनीति, समाचार

रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको मुद्दा

नेपालअखबार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा’मा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरेर पठाइदिन भनिएको छ । कृष्णप्रसाद जैसीसमेतको जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा अघि बढेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्बन्धी मुद्दामा २ कात्तिकमा लामिछानेलाई पक्राउ गर्न अनुमति जारी भएको पत्रमा उल्लेख छ । ‘पक्राउ अनुमति प्राप्त भए पश्चात निज प्रतिवादीको खोजतलास गरी फेला परेमा पक्राउ गरी यस कार्यालयमा पठाइदिनु हुन सादर अनुरोध गरिएको छ’, कास्कीका डीएसपी वसन्तकुमार शर्माले हस्ताक्षर गरेको पत्रमा भनिएक...
रास्वपामा प्रदेश समितिले बोलाए आकस्मिक बैठक
राजनीति, समाचार, समाज

रास्वपामा प्रदेश समितिले बोलाए आकस्मिक बैठक

नेपालअखबार,काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश समितिले आकस्मिक बैठक डाकेका छन् । पार्टी सभापतिलाई प्रहरीले पक्रनसक्ने अवस्था रहेको जनाउँदै प्रदेश सभापतिहरुले बैठक बोलाएका हुन् । मधेसका महामन्त्री मनिषकुमार साहले मातहतको पार्टी संरचनामा बैठकका लागि सर्कुलर जारी गरेका छन् । सत्ता पक्षले गैरराजनीतिक कदम उठाउन सक्ने सम्भावना रहेकाले तयार रहन उनले पार्टी समर्थकलाई सर्कुलर गरेका छन् । झाले जुम मिटिङ बोलाएका छन् । ‘सबै जिल्ला, पालिका, वार्डको जिम्मेवारी रहेका नेतृत्वहरु तयारी अवस्थामा बसौं,’ झाले प्रदेश मातहतका कार्यकर्तालाई लेखिएको मेसेजमा भनिएको छ । सभापति पक्राउ परेपछि आइपर्ने जस्तासुकै चुनौतीलाइ सामना गर्न आन्तरिक रुपमा तत्कालीन रणनीति तयार गर्नुपर्ने भएकाले आवश्यकका लागि जुम मिटिङ बोलाएको साहले मेसेजमा लेखेका छन् । साँझ ५ बजे बोलाइएको मिटिङमा प्रदेश समिति, जिल्ला संयोजक, उप...