इरान युद्धबारे पुटिनले भने- हामीलाई अफ्ठ्यारोमा पारे
नेपालअखबार, काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान युद्धका कारण आफूहरू अफ्ठ्यारोमा परेको बताएका छन्।
मस्कोमा पत्रकारहरूसँगको कुराकानीमा पुटिनले इरानसँगै मध्यपूर्वका अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध भएकाले इरान युद्धका कारण मस्कोलाई अफ्ठ्यारो परेको बताएका हुन्।
'इरान अहिले जटिल र गम्भीर परिस्थितिमा छ। इरान र क्षेत्रका अन्य मुलुक दुवैसँग हाम्रो सम्बन्ध भएकाले रुस पनि कठिन अवस्थामा छ,' उनले भने।
उनले सबै पक्ष सहमत भए मध्यपूर्वको तनाव कम गर्न रूसले भूमिका खेल्न सक्ने बताए।
इरानले हतियार बनाउन मिल्नेगरी उच्च प्रशोधन गरेको युरेनियम रूसमा राख्न सकिने उनले बताएका छन्।
इरानी विदेशमन्त्री अब्बास अरागची केही दिनअघि मस्को पुगेर पुटिनसँग भेटेका थिए। त्यतिबेला इरानको उच्च प्रशोधित युरेनियमबारे कुरा भएको थियो।
इरानले ६० प्रतिशतसम्म प्रशोधित गरेको ४०० किलो युरेनियम अमेरिकाले...










