रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा आज सुनुवाइ
नेपालअखबार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको इजलासमा आज सुनुवाइ हुन लागेको हो । यसअघि लगातार चारपटकसम्म हेर्न नभ्याइएको सो मुद्दा आज १२ औं नम्बरमा रहेको छ ।
लामिछानेले दोहोरो (नेपाली र अमेरिकी) राहदानी राहदानी लिई प्रयोग गरेको भन्दै युवराज पौडेलले दुई वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए ।
लामिछानेविरुद्ध राहदानीको दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको रिटमा माग दावी गरिएको छ ।
तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ६ चैत २०७९ मा लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए । त्यसविरुद्ध युवराज सफल सर्वोच्च गएका हुन् ।
यसअघि यो मुद्दामा सर्वोच्चले तीन पटक फाइल मगाउने निर्णय गरेको थियो । २२ च...










