इटलीमा सरकार टिकाउन चुनावी प्रणाली बदल्ने विधेयकमा मतदान, विपक्षीको चर्को आलोचना
नेपालअखबार,काठमाडौं । इटलीमा चुनावी प्रणाली परिवर्तन गर्ने विवादास्पद विधेयकमाथि आज संसद्को तल्लो सदनमा अन्तिम मतदान हुँदैछ।
प्रधानमन्त्री जर्जिया मेलोनी नेतृत्वको सरकारले अघि बढाएको नयाँ चुनावी कानुनमा ४२ प्रतिशत मतको सीमा पूरा गर्ने सबैभन्दा बढी मत पाउने पार्टी वा गठबन्धनलाई संसद्मा १०५ सिटको बोनस दिने प्रस्ताव छ।
यो बोनसमा तल्लो सदन चेम्बर अफ डेपुटिजका लागि ७० र माथिल्लो सदन (सिनेट) का लागि ३५ सिट छन्। तर यी सिट संसद्को कुल सङ्ख्यामा थपिने होइनन्। इटलीको संसद्मा रहेका कुल ६०० सिटभित्रैबाट ७० र ३५ सिट बोनसका रूपमा विजयी गठबन्धनलाई दिइनेछन्।
विधेयकअनुसार बोनस पाउन एउटै पार्टी वा गठबन्धनले चेम्बर अफ डेपुटिज र सिनेट दुवैमा कम्तीमा ४२ प्रतिशत मत पाउनुपर्छ। ४२ प्रतिशत नपुगेमा वा दुवै सदनमा सबैभन्दा बढी मत पाउने पार्टी वा गठबन्धन फरक भएमा बोनस सिट दिइने छैन र सिट समानुपातिक प्रणालीबाट...










