Saturday, July 11

राजनीति

पृथ्वी जयन्तीको निम्तो दिन देउवाकहाँ पुगे लिङ्देन
राजनीति, समाचार

पृथ्वी जयन्तीको निम्तो दिन देउवाकहाँ पुगे लिङ्देन

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । बुधबार राप्रपा अध्यक्ष लिङ्देन र पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाबिच भेटवार्ता भएको हो । पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।  भेटमा दुई पार्टीका अध्यक्षहरूबिच आसन्न चुनाव र समकालीन राजनीतिका विभिन्न विषयमा कुराकानी भएको श्रेष्ठले जनाएका छन् ।...
आज राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता
प्रशासन, राजनीति, समाचार

आज राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता

नेपालअखबार,काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ । आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रम...
नेकपाका केन्द्रीय सदस्यहरूको शपथ ग्रहण पुस २९ गते
राजनीति, समाचार

नेकपाका केन्द्रीय सदस्यहरूको शपथ ग्रहण पुस २९ गते

नेपालअखबार,काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्यहरूले पुस २९ गते शपथ ग्रहण गर्ने भएका छन् । मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको एकतामा जोडिएका प्रमुख घटकहरूको परामर्श बैठकले शपथग्रहण गर्ने निष्कर्ष निकालेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बागमती प्रदेशको हकमा तोकिएको ठाउँमा उपस्थित भएर र अन्य प्रदेशको हकमा सम्बन्धित प्रदेशलाई नै जिम्मा दिएको उनले बताए । ‘बागमती प्रदेशको हकमा केन्द्रले तोकेको ठाउँमा सथप ग्रहण समारोह गर्ने । बाहिरको हकमा प्रदेशको तोकेको ठाउँमा शपथ ग्रहण समारोह गर्ने भनिएको छ’, उनले भने ।...
देश तीन महिनामा कायापलट हुँदैन : सञ्चारमन्त्री
राजनीति, समाचार

देश तीन महिनामा कायापलट हुँदैन : सञ्चारमन्त्री

नेपालअखबार, काठमाडाैँ । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अस्थिर राजनीतिक प्रणालीका कारण नेपालमा विकास हुन नसकेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री खरेलले नेपालको राजनीतिक प्रणालीमा कुनै पनि मन्त्री वा प्रधानमन्त्रीले पूर्ण रुपमा पाँच वर्ष आफ्नो कार्यकाल पूरा गर्न नसकेको बताए । उनले यस्तो अस्थिर राजनीतिक प्रणालीबाट कायापलट गर्न सम्भव नरहेको जिकिर गरे । आफू मन्त्री भएको तीन महिनामा पनि कुनै चमत्कार नहुने उनको भनाइ । मन्त्री खरेलले अहिले भएका अल्झनहरुलाई सुल्झाउने काममा अझै आफू लाग्ने बताए । अबको दुई महिनामा मन्त्रालयबाट हुने कुनै पनि अल्झनमा सहयोग गर्ने बताए ।...
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेस निर्णय
राजनीति, समाचार

राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेस निर्णय

नेपालअखबार, काठमाडौं ।  नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा चुनावमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। ‘माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गर्दछ,’ उनले जारी गरेको सूचनामा भनिएको छ। कांग्रेस, एमाले, नेकपा र जनता समाजवादी पार्टी नेपालबीच राष्ट्रिय सभामा तालमेल गर्ने सहमति भएको छ। ती दलहरूसँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकले निरन्तर छलफल गरेका थिए। आजको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति खड्काले दलहरूसँग भएका कुराकानीबारे जानकारी गराएका थिए। कार्यसम्पादन...
प्रधानमन्त्रीको निर्देशन- राजनीतिमा लाग्नेले तत्काल मन्त्री छोड्नुहोस्
राजनीति, समाचार

प्रधानमन्त्रीको निर्देशन- राजनीतिमा लाग्नेले तत्काल मन्त्री छोड्नुहोस्

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिमा लाग्न खोज्ने मन्त्रीहरूलाई बाटो क्लियर गर्न निर्देशन दिएकी छन् । चुनाव नजिकिँदै जाँदा केही मन्त्रीहरू राजनीतिक क्रियाकलापमा लागेको र उनीहरू दलमा नै आबद्ध भएकाले प्रधानमन्त्री कार्कीले सोमबारको बैठकमा अब तत्काल पद छोड्न भनेकी हुन् । ‘हामी अहिले फरक परिस्थितिमा छौं । यस अवधिसम्म तपाईंहरूले सरकारमा बसेर राम्रो योगदान गर्नुभयो । तर अब हामी अर्को चरणमा प्रवेश गर्दैछौं । यस्तो अवस्थामा केही साथीहरू राजनीतिमा जान चाहेको, चुनाव लड्न चाहेको प्रस्ट देखिएको छ । त्यसो हुँदा उहाँहरूले राजनीतिमा जाने हो भने तत्काल मार्गप्रशस्त गर्दा राम्रो हुन्छ’ प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने,’ अरू साथीहरू जसले यस्तो चाहना राख्नुभएको उहाँहरूका लागि पनि त्यही कुरा लागू हुन्छ । हामी कस्तो परिस्थितिमा छौं तपाईंहरूलाई थाहा छँदैछ...
प्रचण्डले गरे पार्टी परामर्श बैठकमा भारत भ्रमणबारे ब्रिफिङ
राजनीति, समाचार

प्रचण्डले गरे पार्टी परामर्श बैठकमा भारत भ्रमणबारे ब्रिफिङ

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबारे ब्रिफिङ गरेका छन् । परामर्श बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको थियो । जहाँ संयोजक प्रचण्डले भारत भ्रमणबारे ब्रिफिङ गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रचण्ड पार्टीको नेपाली भारत एकता समाजको कार्यक्रममा भाग लिन भात पुगेको उनले बताए । एउटा राष्ट्रिय नेता भारतमा गएर भारतका महत्त्वपूर्ण व्यक्तिहरूसँग कुरा गर्नुले देशको हित गर्ने पनि उनले बताए । अर्का नेताका अनुसार प्रचण्डले भारतमा रहँदा केही नेताहरूसँग भेटघाट भएको ब्रिफिङ परामर्श बैठकमा गरेका छन् ।नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, आशन्न चुनावको तयारी लगायतका विषयमा भारतीय स्वभाविक चासो रहेको पनि प्रचण्डले परामर्श समितिको बैठकमा बताएका छन् ।...
संस्थापन पक्षका २५ केन्द्रीय सदस्य र शेखर कोइरालाबीच छलफल
राजनीति, समाचार

संस्थापन पक्षका २५ केन्द्रीय सदस्य र शेखर कोइरालाबीच छलफल

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसमा निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले नेता डा. शेखर कोइरालासँग छलफल गरेको छ । पाँच दिनअघि सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको उक्त समूहले मंगलबार बिहान इतर समूहको नेतृत्व गर्दै आएका नेता कोइरालासँग छलफल गरेको हो । विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बिहान साढे ८ बजेबाट सुरू भएको छलफल दुई घण्टासम्म चलेको नेताहरूले जानकारी दिएका छन् । केन्द्रीय सदस्य आङगेलु शेर्पाले पार्टीमा चुलिएको महाधिवेशनसम्बन्धी विवादको व्यवस्थापनका लागि मध्यमार्गी निकास निकाल्नेबारे कोइरालासँग आफूहरूले छलफल गरेको जानकारी दिए । ‘मध्यमार्गी लाइनबाट डा. शेखरसँग छलफल भयो । अहिले जुन किसिमको विशेष गर्ने र नगर्ने बीचको टसल आएको छ, त्यसलाई व्यवस्थापन गर्ने र मध्यमार्गी बाटो निकाल्ने बारे छलफल गरिरहेका छौ...
समानुपातिक बन्दसूचीमा परेका मिलन लिम्बुले लिए उम्मेदवारी फिर्ता
राजनीति, समाचार

समानुपातिक बन्दसूचीमा परेका मिलन लिम्बुले लिए उम्मेदवारी फिर्ता

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा परेका मिलन लिम्बुले उम्मेदवारी फिर्ता लिएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लिम्बुले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् । उनले भनेका छन्,'हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको ११० जनाको बन्दसूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको ६ नम्बरमा समावेश रहेता पनि उक्त सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको छु ।' उनले नेपालको संविधानमा सुनिश्चित समानुपातिक/समावेशी प्रणालीलाई अवलम्बन गर्ने पार्टीको प्रतिबद्धताको आधारमा पार्टी र नेतृत्वसँगको सल्लाह अनुसार नै समानुपातिकतर्फ उम्मेदवारी दिएको समेत उनले बताए । उनले भने,'तर, एकता र ध्रुवीकरणको यस चरणमा एकताबाट आउनु भएक...
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत थम्पसनको भेट
राजनीति, समाचार

प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत थम्पसनको भेट

नेपालअखबार, काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुवै पक्षबीच द्विपक्षीय हित, सहयोग र समसामयिक विषयमा छलफल भएको हो । भेटका क्रममा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई लामो समयदेखि पुर्‍याउँदै आएको विकास सहयोग र समर्थनका लागि धन्यवाद व्यक्त गरिन् । उनले आगामी दिनमा पनि नेपालको लोकतान्त्रिक प्रक्रिया, शान्ति र स्थिरताका लागि अमेरिकी सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिन् । विशेष गरी आगामी फागुनमा हुने निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सहयोगको अपेक्षा रहेको बताइन् । प्रधानमन्त्री कार्कीको नेतृत्वको अन्तरिम सरकारले २१ फागुनमा निर्वाचन गराउने तयारी गरिरहेको छ । अमेरिकासँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै...