Wednesday, July 22

राजनीति

आज प्रतिनिधि सभाको बैठक बस्दै
राजनीति, समाचार

आज प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहान ११ बजेबाट सुरु हुने बैठकमा सम्भावित तीन कार्यसूची छन् । बैठकमा कानुन मन्त्री “ुवबहादुर प्रधानले सम्पत्ती शुद्धीकरण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पेस गर्ने छन् । त्यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ । यसैगरी कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।...
वर्तमान सत्ता गठबन्धनमा खटपट   : अध्यक्ष नेपाल
राजनीति, समाचार

वर्तमान सत्ता गठबन्धनमा खटपट : अध्यक्ष नेपाल

नेपालअखबार, पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति चयन गर्दा देशलाई प्रतिगामी दिशामा जान नदिने बताएका छन् । नेपालले राष्ट्रपतिको चुनावलाई लिएर वर्तमान सत्ता गठबन्धनमा खटपट समेत सुरु भएको बताए । पोखरामा समाजवादी प्रेस सङ्गठनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले राष्ट्रपतिमा सबैले स्विकार्ने व्यक्तिलाई आफ्नो पार्टीले पनि सघाउने सङ्केत गरे । ‘देशलाई प्रतिगामी दिशामा दिँदैनौँ, राष्ट्रपतिमा सबैले स्विकार्ने व्यक्तिको खोजी हुन्छ । हाम्रो पार्टीले उम्मेदवारी दिनेछैन,’ नेपालले भने । नेपालले देश प्रतिगमनको दिशातर्फको यात्रामा लागेको पनि सङ्केत गरे । ‘सत्ता गठबन्धनको किचलो सुरु भइसकेको छ । हामी सबैले सङ्केत पाइसकेका छौँ । अब हामी सतर्क बन्नुपर्छ,’ उनले भने ।...
अहिलेको स्थिति फेर्न देशभित्र र बाहिरका अनेक शक्ति क्रियाशील छन्: ओली
राजनीति, विचार, समाचार

अहिलेको स्थिति फेर्न देशभित्र र बाहिरका अनेक शक्ति क्रियाशील छन्: ओली

नेपालअखबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देश भित्र र बाहिरका शक्तिहरू देश बरबाद पार्न सक्रिय रहेको बताएका छन् । मंगलबार अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले देश बचाउने सुरक्षागार्ड रहेको पनि बताए । ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौं । यो सफलताको कुरा हो । हाम्रो पार्टीका आम साथीहरु प्रसन्न भएको देखिन्छ । प्रसन्न हुनुपर्दछ तर कथंकदाचित यो स्थिति फेरियो भने ?’, ओलीले प्रश्न गर्दै भने, ‘यो संसद्को बनावट नै अस्थिरताको कारक हुने बनावट छ । बहुमत कसैको छैन, हाम्रो पार्टीसँग पनि छैन । बहुमतभन्दा निकै तल सिट छ । भित्र र बाहिरका धेरै शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन् ।’ उनले कुनै डाकाले बैंकमा डकैती गनुपर्यो भने पहिला पालेलाई आक्रमण गर्ने भन्दै पालेकै अवस्थामा देश जोगाउने काममा एमाले लागेको...
स्ववियू चुनावमा ५० प्रतिशत महिला सहभागिता अनिवार्य गर्न माग
राजनीति, समाचार

स्ववियू चुनावमा ५० प्रतिशत महिला सहभागिता अनिवार्य गर्न माग

नेपालअखबार, काठमाडौं। राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को आसन्न चुनावमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने माग भएको छ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले संविधानले ३३ प्रतिशत सुनिश्चित गरिसकेकोमा त्यसलाई ५० प्रतिशतमा लैजानुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको हो । मंगलबार अनेरास्ववियूका महासचिव आरती लामाको नेतृत्वले त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयलाई ज्ञापन पत्र बुझाएको हो। ‘आज नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा महिला सहभागिता अनिवार्य अथवा ३३ प्रतिशत सुनिश्चित गरेको अवस्था छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यसकारण त्रिभुवन विश्वविद्यालयले आगामी चैत्र ५ गते सम्बन्धन प्राप्त क्याम्पसहरुमा घोषणा गरेको स्ववियु निर्वाचनमा पनि कम्तिमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गराउँदै ५० प्रतिशत महिला अनिवार्य सहभागिता...
प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतको भेट
राजनीति, समाचार

प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतको भेट

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा महत्वपूर्ण छलफल भएको थियो । भेटवार्तामा इपीएसमार्फत् अझ बढी कामदार कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो । आगामी वर्ष नेपाल र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने भएकाले त्यसलाई भव्यताका साथ मनाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।...
सुदूरपश्चिमको प्रदेशस्तरीय प्रशिक्षणका लागि सम्मानित नेता खनाल धनगढीमा
राजनीति, समाचार

सुदूरपश्चिमको प्रदेशस्तरीय प्रशिक्षणका लागि सम्मानित नेता खनाल धनगढीमा

नेपालअखबार, धनगढी ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल धनगढी पुग्नू भएको छ । पूर्व प्रधानमन्त्री  समेत रहनु भएका नेता  खनाल मंगलबार बिहान पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि सुदूरपश्चिमको  धनगढी पुग्नु भएको हो । सोमबारबाट सुरु भएको प्रशिक्षण भोलि सकिने पार्टीका सुदूरपश्चिम इन्चार्ज गरीमा शाहले बताउनु भयो । सोमबार पार्टीका अध्यक्ष माधव नेपालले प्रशिक्षण दिनुभएको थियो  । पार्टीको प्रदेशस्तरीय प्रशिक्षणमा पार्टीका केन्द्रीय कमिटी सदस्य र ९ बटै जिल्ला कमिटीका अध्यक्ष र सचिव सहितका नेताहरु सहभागि छन् ।...
भारतीय विदेश सचिवले निवासमै पुगेर भेटे अध्यक्ष नेपाललाई
राजनीति, समाचार

भारतीय विदेश सचिवले निवासमै पुगेर भेटे अध्यक्ष नेपाललाई

नेपालअखबार, काठमाडौँ ।  भारतीय विदेश सचिव विनय मोहन क्वात्राले  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपाललाई भेट्न विदेश सचिव क्वात्रा मंगलबार बिहान कोटेश्वर स्थित निवासमा पुग्नु भएको हो । भेटमा  पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । आज लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त  राउतलगायतलाई भेट्ने कार्यक्रम तय भएको नेपालस्थित भारतीय दूतावास स्रोतले जनाएको छ । हिजो सचिव स्तरीय बैठकमा सहभागी भएपछि समकक्षी परराष्ट्र मन्त्री विमला राई, राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।...
मधेस प्रदेशसभाको बैठक बस्दै
राजनीति, समाचार

मधेस प्रदेशसभाको बैठक बस्दै

नेपालअखबार, जनकपुर । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज २८ दिनपछि बस्दैछ । गत माघ ४ गतेदेखि स्थगित बैठक आज बस्न लागेको हो । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चित कालका लागि स्थगित गरिएको थियो । सभामुख रामचन्द्र मण्डलद्वारा आज दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।...
सार्वजनिक यातायात तत्काल खुल्ने
राजनीति, समाचार

सार्वजनिक यातायात तत्काल खुल्ने

नेपालअखबार, काठमाडाैँ । यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ । आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित गर्न व्यवसायी र मजदुर राजी भएका हुन् । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो । मजदुरले आन्दोलन फिर्ता लिएसँगै सार्वजनिक यातायात तत्काल खुल्ने भएका छन् । आजको उपत्यकाको सार्वजनिक सवारीको बन्द फिर्तासँगै भोलिदेखि आह्वान भएको देशव्यापी आन्दोलन समेत फिर्ता भएको अखिल नेपाल स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम ज्वालाले बताए । यसअघि मजदुर सङ्गठनहरूले १० बुँदे माग राख्दै ११ गतेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।...
एकीकृत समाजवादी सुदूरपश्चिमको प्रशिक्षक प्रशिक्षण
राजनीति, समाचार

एकीकृत समाजवादी सुदूरपश्चिमको प्रशिक्षक प्रशिक्षण

नेपालअखबार, धनगढी । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) सुदूरपश्चिमको प्रदेश स्तरीय प्रशिक्षण शुरु भएको छ । समाजवादको नेपाली रुप, पार्टी संगठन निर्माण, युवा पुस्ताहरू लाई पार्टी प्रति आकर्षण बढाउन र कमिटी चलायमान बनाउन प्रशिक्षकहरू तयार गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको बताइएको छ । पार्टीको नीति तथा कार्यक्रम मार्फत कार्यकर्ता लाई जागरुक पार्न ३ दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको पार्टीका प्रदेश इन्चार्ज गरीमा शाहले जानकारी दिनु भयो ।  प्रशिक्षणमा पार्टीका अध्यक्ष माधव नेपाल ,उपाध्यक्ष प्रमेश हमाल, स्कुल विभागका सचिव अषेश घिमिरे, स्थायी कमिटी सदस्यहरूले प्रशिक्षण गराउने छन् । सोमबार देखी सुरु भएको प्रशिक्षण फाल्गुन २ गते सम्म चल्ने छ । प्रशिक्षणमा प्रदेश अन्तर्गत ९ जिल्लाका ६० जना सहभागी छन् । प्रशिक्षक प्रशिक्षण पछि अभियानकै रुपमा जिल्ला, स्थानीय कमिट...