Saturday, July 18

राजनीति

स्वास्थ्य बीमाबाट सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित हुन्छ : स्वास्थ्य मन्त्री गिरी
राजनीति, समाचार

स्वास्थ्य बीमाबाट सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित हुन्छ : स्वास्थ्य मन्त्री गिरी

नेपालअखबार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य बीमा मार्फत सबै जनताको उपचारलाई सुनिश्चित गरिने बताएका छन् । शनिवार मनमोहन सामुदायिक अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गिरीले स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाहरूमा समस्याको रूपमा रहेको बताए । बीमा कार्यक्रम सञ्चालन गरेका अस्पतालहरूले कार्यक्रम सञ्चालन गर्न नसकिने बताउन थालेको भन्दै बिमा कार्यक्रम कार्यान्वयनका समस्या छिट्टै समाधान हुने स्वास्थ्य मन्त्री गिरीले बताए । बीमा कार्यक्रम सञ्चालनमा आइपरेका समस्याहरूको बारेमा जानकारी लिन आफूले सम्बन्धित निकायसँग छलफल गरी सकेको भन्दै समस्या समाधानको पहल छिट्टै गरिने गिरीको भनाई छ । गरिब जनताले स्वास्थ्य बीमा कार्यक्रम मार्फत धेरै सुविधा लिन सक्ने भएपनि कार्यक्रम कार्यान्वयनमा धेरै समस्या भएको गिरीको भनाई छ । रोटरी क्लबले उपलब्ध गराएका स्...
सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली छ : प्रधानमन्त्री प्रचण्ड
राजनीति, समाचार

सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली छ : प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढेको टिप्पणी गरेका छन् । आइतबार टुँडिखेलमा खायोजित सोनाम ल्होछार समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन । ‘आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जर्गेना हुन नदिने एउटा चेष्टा भइरहेको छ,’ प्रचण्डले भने । विगतमा ‘सामन्ती, एकात्मक र अधिनायकवादी शासन’बाट नेपालभित्रै रहेका जातजातीय, भाषा र संस्कृतिमाथि दमन भएको समेत उनको भनाइ छ । ‘एकातिर सामान्ती एकतात्मकताको हस्तक्षेपविरुद्धको लडाइँ अझैं जारी छ भने अर्कोतिर बैदेशिक सांस्कृति हस्तक्षेपका कारणले पनि हामी नयाँ परिस्थितिमा छौं,’ प्रचण्डले भने । नेपालको राष्ट्रिय संस्कृतिको जर्गेना गर्ने दायित्व सबैमा आएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।...
सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्छ : माधव नेपाल
राजनीति, समाचार

सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्छ : माधव नेपाल

नेपालअखबार,काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले परम्परागतरूपमा मनाइँदै आएका सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् । सोनाम ल्होछारको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रमा फरक विशेषता बोकेका पर्व संस्कृतिले नेपाली समाजलाई एकापसमा एकताबद्ध गर्न सहयोग पुर्‍याउने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले मुलुकामा बसोबास गर्ने सबै जातजातिका समुदायका मौलिक चाडपर्व तथा संस्कृति नेपालको विशेषता रहेको उल्लेख गर्दै बहुसंस्कृतिले सम्पन्न नेपाल र नेपालीको अन्तर्राष्ट्रिय तहमा गौरव बढाएको बताए। सोनाम ल्होछारका सन्दर्भमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको विज्ञप्तिमा बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा...
बालकोट पुगेका उपेन्द्रलाई ओलीले भने- सरकारमा सहभागी हुनुस्
राजनीति, समाचार

बालकोट पुगेका उपेन्द्रलाई ओलीले भने- सरकारमा सहभागी हुनुस्

नेपालअखबार, काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गरेका छन्। जसपाका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उनले त्यस्तो आग्रह गरेका हुन्। यादव शनिबार ओलीलाई भेट्न निवास बालकोटमा पुगेका थिए। ओलीले जसपा अध्यक्ष यादवलाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन आग्रह गरेको ओलीको सचिवालयले जानकारी दिएको छ। यसअघि निर्वाचनमा पनि मिलेर गएको र अब सरकारमा पनि मिलेर अगाडि बढ्नुपर्ने बताउँदै ओलीले यादवलाई सरकार गठनका क्रममा समस्या आउँदा सबैलाई मिलाएर लैजाने आश्वासन दिएका हुन्। जसपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सामेल भएको छैन। जसपाका लागि २ मन्त्रालय खाली राखिएको छ। तर जसपाले असन्तुष्टि जनाउँदै सरकारमा सहभागी भएको छैन। प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्।...
सोनाम ल्होसार पर्वले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति
राजनीति, समाचार

सोनाम ल्होसार पर्वले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति

नेपालअखबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन् । सोनाम ल्होसारको अवसरका एक शुभकामना सन्देश दिंदै उनले सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेकी छन् । राष्ट्रपतिले यस्ता चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको उल्लेख गरेकी छन् । तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् । सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्ष...
पर्वहरुले सामाजिक सद्भावना बढाउँदै आएका छन् : शेरबहादुर देउवा
राजनीति, समाचार

पर्वहरुले सामाजिक सद्भावना बढाउँदै आएका छन् : शेरबहादुर देउवा

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन् । उनले तामाङ जातिको महत्वपूर्ण पर्व ‘सोनाम ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो मुलुकमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आआफ्ना विशिष्ट संस्कति र परम्परा रहेको उल्लेख गरेका छन् । सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको बताउँदै उनले यी पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिएका छन् ।...
ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो : प्रधानमन्त्री
राजनीति, समाचार

ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो : प्रधानमन्त्री

नेपालअखबार, काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व रहेको बताएका छन् । तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्वको अवसरमा एक शुभकामना दिँदै प्रधानमन्त्रीले यहाँ बसोबास गर्ने सबै जाति-जातजातिको आ–आफ्नो भिन्न–भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बताए। “सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो”, उनले भने । नेपाली जनताले नेपालमा सात दशक लामो लोकतन्त्रका लागि आन्दोलन गरेपछि धर्मनिरपेक्ष, समानुपातिक समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको उनको भनाइ छ । यसका लागि तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भ...
तिलगंगालाई विश्वविद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिवद्धता
राजनीति, समाचार

तिलगंगालाई विश्वविद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिवद्धता

नेपालअखबार,  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तिलगगा अँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइतबीच शनिबार भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले तिलगङ्गा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् । डा. रुइतले तिलगंगा आँखा केन्द्रलाई विश्वविद्यालयका रुपमा विकास गर्न सरकारलाई आग्रह गरेका थिए । प्रधानमन्त्रीले पनि डा. रुइतको चाहना अनुसार विश्वविद्यालय बनाउन सहयोग गर्ने बताएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ’ भेटमा प्रधानमन्त्रीले भने, ‘यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ ।’ डा. रुइतले हालैमात्र बहराइन सरकारले प्रदान गर्ने इसा अवार्ड पाएका थिए । प्रधानमन्त्री प्रचण्डले यो सम्मानले नेपालको शीर उँचो राखेको ...
गठबन्धनमा उपप्रधानमन्त्री हटाउने प्रस्ताव गरिसकेको छु : गृहमन्त्री
राजनीति, समाचार

गठबन्धनमा उपप्रधानमन्त्री हटाउने प्रस्ताव गरिसकेको छु : गृहमन्त्री

नेपालअखबार, काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्रीको पदबाट हटाएपनि खास फरक नपर्ने बताएका छन्। शनिबार प्रतिनिधि सभाको बैठकपछि पत्रकाहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्रीको पदबाट हटाउने भए सुरूमा आफ्नैबाट हटाएपनि फरक नपर्ने बताएका हुन्। यसले सरकारलाई कुनै भार नथपिने भएकाले राखिएको पनि उनको तर्क थियो। ‘उपप्रधानमन्त्रीहरू बन्दै गएका कुराहरू छन्। यसले थप भार पार्ने भन्दापनि गठबन्धनबाट गर्ने भनिएको हो। हटाउने भएपनि सबैभन्दा पहिला मेरोबाट हटाइदिँदा हुन्छ, केही फरक पर्दैन,’ उनले भने, ‘अभ्यास हो यो तर त्यसले धेरै कुनै ठूलो भार नपर्ने देखिएको छ। मैले प्रस्ताव राखेको छु, त्यसमा झुन्डिनुपर्छ जस्तो मलाई लाग्दैन।’ उनले आफू सरकारमा हुँदा नतिजा निकाल्नेगरी काम गर्ने पनि बताए। उनले हत्या आरोपित सांसद नेकपा एमालेका लक्ष्मी कोइरी महतोलाई चाँडै समात्ने पनि बताए।...
राष्ट्रपतिको निर्वाचनमा प्रतिपक्षसहितको सहमति भए राम्रो: जनार्दन शर्मा
राजनीति, समाचार

राष्ट्रपतिको निर्वाचनमा प्रतिपक्षसहितको सहमति भए राम्रो: जनार्दन शर्मा

नेपालअखबार, काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिको निर्वाचनमा प्रतिपक्षसहितको सहमति भए राम्रो हुने बताएका छन्। शनिबार बसेको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता पक्षसँग स्पष्ट बहुमत भएपनि प्रतिपक्षसहितको सहमति भए राम्रो हुने बताएका हुन्। ‘सरकार र जुन गठबन्धन बनेको छ, त्यसको बीचमा एउटा छलफल, सहमति भएर प्रतिपक्षसहित पनि सहमति हुन्छ भने त्यो राम्रो हो,’ उनले भने, ‘भएन भने गठबन्धन दलभित्र नै सहमति बन्छ। किनभने गठबन्धनमा अहिले बहुमत छ। निर्वाचित बहुमतले गर्ने हो। सरकारमा भएका दलहरूले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति हुनुहुन्छ।’ उनले गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने र कांग्रेसको अपेक्षाबारे आफूलाई थाहा नभएको पनि बताए। ‘अब केही दिनपछि एजेन्डा राष्ट्रपतिमा प्रवेश गर्छ। पार्टीहरूमा छलफल हुन्छ। सहमति, असहमति, उम्मेदवारको छनो...