नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन–विश्वलाई ५ वर्षको कारबाही
नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहलाई कारबाही गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिकामा फर्किन भनेको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा इतर पक्षले भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी राखेको छ ।
यसैबीच पटकपटक संस्थापन पक्षीय नेताहरूसँग भएको वार्ता असफल भएपछि अन्तिम समयमा उनीहरूलाई कारबाही गर्ने निर्णय देउवा पक्षले गरेको हो ।
कारबाहीको निर्णय सुनाउँदै गर्दा केन्द्रीय कार्यसमिति बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्का भावविह्वल देखिए ।
बैठकमा सहभागी एक केन्द्...










