Friday, July 17

राजनीति

उपप्रधानसहित ४ मन्त्रालय राप्रपाले माग्यो
राजनीति, समाचार

उपप्रधानसहित ४ मन्त्रालय राप्रपाले माग्यो

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेलगायत सर्त राखेको छ। पुस २७ मा बिदा दिनुपर्ने माग सरकारले न्यूनतम साझा कार्यक्रममै समावेश गर्नुपर्ने माग राप्रपाको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई समर्थन गर्ने बताइरहेका छन्। तर सरकारमा सहभागीताबारे आफूहरूका एजेन्डा न्यूनतम साझा कार्यक्रममा समावेश गर्नुपर्ने अडानमा राप्रपा छ। राप्रपा अध्यक्ष लिङ्देन सत्ता साझेदार दलका शीर्ष नेताका बैठकमा सहभागी हुने गरेका छन्। सत्ता साझेदार दलहरूले गत पुस १४ मा एक समिति गठन गर्दै ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका थिए। तर उक्त कार्यक्रम ल्याउन ढिलाइ भइरहेको छ। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वा...
गण्डकीमा २५ पुसभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान
प्रदेश ४, राजनीति, समाचार

गण्डकीमा २५ पुसभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

काठमाडौं । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरेका छन् । प्रदेशमा सरकार बनाउनका लागि दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सकने प्रदेश सभा सदस्यले पुस २५ गते सोमबार ४ बजेभित्र दाबी पेश गर्नु पर्ने छ । गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत नआएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउन आह्वान भएको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसकने प्रदेश सभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ती गर्नका लागि पुस २५ गते ४ बजेभित्र दाबी पेश गर्न प्रदेश प्रमुखबाट आह्वान गर्नुभएको व्यहो...
एकीकृत समाजवादीले बनायो वाम एकताका लागि कार्यदल
राजनीति, समाचार

एकीकृत समाजवादीले बनायो वाम एकताका लागि कार्यदल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले वाम एकताको प्रक्रिया अघि बढाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । बिहीबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार कार्यदलको सदस्यहरूमा नेताहरू गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेका छन् । उक्त कार्यदलले वाम एकताका लागि वार्ता, संवाद, छलफल र पहलको अगुवाइ गर्नेछ ।...
प्रधानमन्त्रीले विश्वासको मत लिने यस्तो छ प्रक्रिया
राजनीति, समाचार

प्रधानमन्त्रीले विश्वासको मत लिने यस्तो छ प्रक्रिया

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुस २६ गते मंगलबार विश्वासको मत लिंदैछन् । नेकपा एमालेसहित सरकारमा सहभागी दलहरुले विश्वासको मत दिने बताइसकेका छन् भने सरकारमा सहभागी नभएको एकीकृत समाजवादीले २६ गतेमात्रै निर्णय गर्ने बताएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने निश्चित प्रकि्रया छ । विश्वासको मतका लागि प्रधानमन्त्री कार्यालयबाट संघीय संसदलाई विश्वासको मत लिनको लागि सूचना दिनुपर्छ । सूचनापछि विश्वासको मतका लागि संसद सचिवालयले तयारी थाल्छ । प्रधानमन्त्री कार्यालयबाट विश्वासको मत लिने सूचना संसद सचिवालयलाई पुगिसकेको छ । सोही अनुसार संसद सचिवालयले पनि विश्वासको मतका लागि कार्य थालनी गरेको छ । विश्वासको मत लिनेबारे सूचना पढेर सुनाउने प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी सूचना प्रतिनिधि सभाको बैठक -२५ गते बस्दै)मा सभामुख (सभामुख नभएको बेला ज्य...
आज सरकारको न्यूनमत साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी
राजनीति, समाचार

आज सरकारको न्यूनमत साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी

नेपालअखबार, काठमाडौं । सत्ता साझेदार दलहरूले आज सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि  बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई बिहीबारसम्म अन्तिम रुप दिने सहमति भएको उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । गठबन्धनको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारेसमेत छलफल भएको थियो । भागवण्डा मिलाउन मन्त्रालय फुटाउने पक्षमा सरकार नरहेको पनि गृहमन्त्री लामिछानेले स्पष्ट पारेका थिए ।...
एकीकृत ट्रेड युनियन महासंघ बैशाख १८ देखि २० मा राष्ट्रिय महाधिवेशन गर्ने
राजनीति, समाचार

एकीकृत ट्रेड युनियन महासंघ बैशाख १८ देखि २० मा राष्ट्रिय महाधिवेशन गर्ने

नेपालअखबार, काठमाडौं । एकीकृत ट्रेड युनियन महासंघ नेपाल आईसिटीयूको बैठक सम्पन्न भएको छ ।  सोमवार काठमाडौं स्थित गार्डेन होम ठमेलमा सम्पन्न भएको  छैटौँ राष्ट्रिय कमिटी बैठकले आगामी २०८० बैशाख १८ देखि २० सम्म राष्ट्रिय महाधिवेशन गर्ने  निर्णय गरेको छ ।  एकीकृत ट्रेड युनियन महासंघ नेपाल आईसिटीयूका अध्यक्ष विष्णु लम्सालको अध्यक्षतामा बसेको बैठकले आगामी कार्ययोजना समेत पारित गरेको छ । एकीकृत ट्रेड युनियन महासंघ नेपालका महासचिव  दीपक पौडेलले सञ्चालन गरेको कार्यक्रम  औपचारिक अनौपचारिक श्रमको बारेमा श्रम विभागका निर्देशक लगायतबाट प्रशिक्षण लगायत प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समीक्षा गरिएको थियो ।...
जनताको मत र समर्थन हुँदाहुँदै पनि बाकसमा मत खसाल्न सकिएन -अध्यक्ष नेपाल
राजनीति, समाचार

जनताको मत र समर्थन हुँदाहुँदै पनि बाकसमा मत खसाल्न सकिएन -अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ ।  युवा संघ नेपालले एकीकृत समाजवादीका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ । युवा संघ नेपाल काठमाडौँले  आफ्नो पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ । बुधबार भएको सम्मान कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले  हामीले थ्रेसहोल्ड पार गरेको भए कसैले हवाईजहाज दिन्थ्यो, रकम दिन्थ्यो भन्ने प्रश्न गर्नुभएको थियो । अध्यक्ष माधवकुमार नेपालले भन्नुभयो  ‘जनताको मत र समर्थन हुँदाहुँदै पनि बाकसमा मत खसाल्न सकिएन र थ्रेसहोल्ड पार भएन,’ , ‘हाम्रा नेता कार्यकर्ता जसरी खट्नुपर्थ्यो त्यसरी भएन।’ थ्रेसहोल्ड पार गर्न नसके पनि केही नहुने भन्दै अध्यक्ष नेपालले  ‘थ्रेसहोल्ड पार गरेको भए हामीलाई एउटा हेलिकप्टर वा हवाईजहाज दिन्थ्यो कि केही दिनेवाला थिएन। कुनै पार्टी अफिस दिन्थ्यो कि, कुनै रकम दिन्थ्यो कि केही दिन्थेन ,’  ‘कतिपय द...
प्रधानमन्त्री प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष नेपालको भेट
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष नेपालको भेट

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।
आज नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै समसामयिक राजनीतिलगायत विषयमा धारणा सार्वजनिक गर्ने
राजनीति, समाचार

आज नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै समसामयिक राजनीतिलगायत विषयमा धारणा सार्वजनिक गर्ने

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिलगायत विषयमा धारणा सार्वजनिक गर्ने भएको छ। प्रवक्ता प्रकाशशरण महतले बुधबार अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गर्न लागेका छन्। नेकपा माओवादी केन्द्रलगायत ५ दलसँग मिलेर कांग्रेस गत मंसिरको चुनावमा सहभागी भएको थियो। तर त्यसबेला गठबन्धनमा रहेको दल माओवादीले चुनावपपछि नयाँ गठबन्धन गरेको छ भने कांग्रेस प्रतिपक्षमा पुगेको छ। कांग्रेसले आज निर्वाचन परिचालन तथा प्रचारप्रसारमा खटिएका पार्टीका नेता/कार्यकर्ता लगायतलाई पनि धन्यवाद दिने कार्यक्रम छ। चुनावअघि गठबन्धन गरिएको र चुनावपछि उक्त गठबन्धनलाई सभापति शेरबहादुर देउवाले जोगाउन नसकेको भन्दै कांग्रेसभित्र आलोचनासमेत भइरहेका छन्। साथै कांग्रेसले चुनावी समीक्षा पुस २२ गते केन्द्रीय समिति बैठकबाट गर...
सरोज यादव मधेश प्रदेशमा एमाले संसदीय दलको नेता चयन
राजनीति, समाचार

सरोज यादव मधेश प्रदेशमा एमाले संसदीय दलको नेता चयन

नेपालअखबार, जनकपुर । नेकपा एमाले मधेश प्रदेशको संसदीय दलका नेतामा सरोज यादव सर्वसम्मत चयन भएका छन्। मंगलवार जनकपुरधाममा बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेता छानेको हो। आकांक्षीहरु बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको थियो। प्रदेश कमिटीले यादवको नाम चयन गरेको हो। एमाले केन्द्रीय सदस्य समेत रहेका यादव महोत्तरी क्षेत्र नं. ४ (क) बाट निर्वाचित भएका थिए । मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनमा एमालेले मधेश प्रदेशमा २३ सांसद जितेर ठूलो दल बनेको छ ‌।...