घट्टेखोला–धम्पुस सडक टेण्डरमा गयो,अब सम्पन्न गर्ने जिम्मा हाम्रो हो :बराल
नेपालअखबार, पाेखरा । कास्की क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले कास्कीको माछापुच्छ्रे गाउँपालिकाको घट्टेखोला हुँदै धम्पुस खानी गाउँको सडक आफूहरुको प्रयासमा कार्यक्रममा परेको बताउनुभएको छ ।
उहाँले यस सडक योजना अब टेण्डरमा गईसकेकोले यो बाटोलाई सम्पन्न गर्नुपर्ने जिम्मा पनि आफुहरुकै काँधमा रहेको स्पष्ट पार्नुभयो ।
माछापुछ«े गाउँपालिकाको धम्पुसमा आज आयोजना गरिएको चुनावी सभामा बोल्दै बरालले भन्नुभयो,‘हामीले यो बाटो ल्याउन पहल ग¥यौं, विपक्षीहरुले रोक्न धेरै प्रयास गरे, तर हामीले उनीहरुको अबरोध चिर्दै योजना पारेका छौं । अब यो बाटो टेण्डरको प्रकृयामा गईसकेकोले सम्पन्न पनि हामीले नै गर्ने हो ।’
बरालले आफु प्रदेश सभामा हुँदा धेरै कामहरुको थालनी भएको बताउँदै ति कामहरु पनि पुरा गर्न प्रदेश सभामा पनि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताउनुभयो । यहाँ...










