Saturday, July 11

राजनीति

ने.का. गण्डकी प्रदेशको कार्यसम्पादनको वैठकमा विविध निर्णय
राजनीति, समाचार

ने.का. गण्डकी प्रदेशको कार्यसम्पादनको वैठकमा विविध निर्णय

नेपालअखबार , पोखरा। नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादनको वैठक आज विविध निर्णय सहित सम्पन्न भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा भएको उक्त वैठकमा आसन्न मंसीर ४ गते हुन गइरहेको निर्वाचन लक्षित रणनीतिका साथै अन्य योजना सहित वैठकमा छलफल भएको थियो । उक्त वैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरु निर्वाचनमा सहभागी गठबन्धन दलका उमेद्वारहरुलाई विजयी गराउनको लागि प्रदेश कार्य समितिले सम्बन्धित जिल्ला, क्षेत्र र प्रदेश कार्य समितिलाई प्रभावकारी रुपमा परिचालन गर्न गण्डकी प्रदेशका तर्फबाट तयार गरेको घोषणा पत्र “गण्डकी प्रदेशको संकल्प” लाई ११ वटै जिल्लामा पठाउने निर्णय गरिएको प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु) ले जानकारी गराए । गण्डकी प्रदेश भित्रका जिल्लाहरुमा प्रदेशको तर्फबाट आवश्यक समन्वय र परिचालन गर्न प्रदेश सभापति लगायतले जिल्ला–जिल्लामा भ्रमण गर्ने र न...
सत्ता गठबन्धनका शीर्ष नेताले काठमाडौंमा प्रशिक्षण दिने
राजनीति, समाचार

सत्ता गठबन्धनका शीर्ष नेताले काठमाडौंमा प्रशिक्षण दिने

नेपालअखबार, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले आज काठमाडौंमा प्रशिक्षण दिंदै छन् । काठमाडौंको काडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे प्रशिक्षण कार्यक्रम राखिएको माओवादी केन्द्रका काठमाडौं जिल्ला इञ्चार्ज कुमार पौडेलले जानकारी दिए । पूर्वसभामुख एवम् काठमाडौं क्षेत्र नम्बर २ को उम्मेदवारसमेत रहेकी माओवादी नेतृ ओनसरी घर्तीका अनुसार नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंह लगायतले प्रशिक्षण दिने छन् ।प्रशिक्षण कार्यक्रममा सत्ता गठबन्धन आवद्ध दलका नेता तथा कार्यकर्तालाई सहभागी हुन भनिएको छ ।...
सत्तारुढ गठबन्धनले ७ प्रदेशमा संयुक्त भेला गर्ने
राजनीति, समाचार

सत्तारुढ गठबन्धनले ७ प्रदेशमा संयुक्त भेला गर्ने

नेपालअखबार, काठमाडौं । सत्तारुढ गठबन्धनले देशका सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको हो । कात्तिक ४ गते पोखरामा हुने संयुक्त भेलाको समन्वय नेकपा एकीकृत समाजवादीले गर्ने छ । यस्तै ४ गते नै बुटवलमा, ५ गते विराटनगर र जनकपुरमा तथा ६ गते सुर्खेतमा हुने भेलाको नेपाली कांग्रेसले समन्वय गर्ने छ । ६ गते धनगढीमा र ७ गते काठमाडौंमा हुने प्रदेशस्तरीय संयुक्त भेलाको समन्वय गर्ने जिम्मेवारी भने नेकपा माओवादी केन्द्रले पाएको छ । यस्तै गठबन्धनको बैठकले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको ४ दलका शीर्ष नेताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।...
सहरी विकास मन्त्री चौधरीले फिर्ता गरे सरकारी गाडी
राजनीति, समाचार

सहरी विकास मन्त्री चौधरीले फिर्ता गरे सरकारी गाडी

नेपालअखबार, दाङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता गरेको उनको सचिवालयले जनाएको छ । निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै शुक्रबार बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेको मन्त्री चौधरीका प्रेस संयोजक सूर्य विसीले जानकारी दिए ।मन्त्री चौधरी दाङ क्षेत्र नम्बर  १ बाट प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट उम्मेदवार बनेका छन् ।...
समानुपातिक उम्मेदवारविरुद्ध १९ वटा उजुरी
राजनीति, समाचार

समानुपातिक उम्मेदवारविरुद्ध १९ वटा उजुरी

नेपालअखबार, काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा रहेका उम्मेदवारहरुविरुद्ध निर्वाचन आयोगमा १९ वटा उजुरी परेको छ । निर्वाचन आयोगका कर्मचारीहरुका अनुसार प्राप्त उजुरीमाथि आयोगले अध्ययन गरिरहेको छ । यसअघि राजनीतिक दलहरुले असोज २ र ३ गते आयोगमा समानुपातिक तर्फको बन्द सूची बुझाएका थिए । उक्त बन्दसूचीमा हेरफेर गर्न आयोगले दलहरुलाई असोज १६ गतेसम्मकोा समय दिएको थियो । दलहरुका तर्फबाट नाम हेरफेर गर्न दिने लगायतका कार्य सकाएपछि आयोगले दाबी विरोध र उजुरीका लागि खुला गरेको थियो । दलहरुका तर्फबाट पेश भएको र संशोधन भइ दलहरुका तर्फबाट फाइनल भएको उम्मेदवारहरु उपर आयोगले दाबी, विरोध र उजुरी लिएको हो ।प्राप्त उजुरीहरुको अध्ययन÷जाँचबुझ गरेर कार्तिक ९ गते समानुपातिकतर्फको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।...
प्रधानमन्त्री देउवाले गरे जसपा ४ मन्त्री  बर्खास्त
राजनीति, समाचार

प्रधानमन्त्री देउवाले गरे जसपा ४ मन्त्री बर्खास्त

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तामेल गरेको जसपाका चार जना मन्त्रीहरूलाई देउवाले बिहीबार बर्खास्त गरेका हुन्। देउवाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव बर्खास्त गरेका छन् । उनीहरुको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै सम्हालेका छन् ।...
भीम रावलकाे ओलीमाथि २० आरोप
राजनीति, समाचार, हाइलाइट-समाचार

भीम रावलकाे ओलीमाथि २० आरोप

नेपालअखबार, काठमाडाैं । नेकपा एमाले नेता भीम रावलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भारतीय गुप्तचरका प्रमुख सामन्त गोयललाई बालुवाटारमा भेटवार्ता गरेपछि राष्ट्रिय राजनीति झन संकटग्रस्त भएको टिप्पणी गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले भारतीय गुप्तचरलाई ओलीले भेटेपछि तत्कालिन नेकपामा समेत अन्तरविरोध चर्किएर यो अवस्था आएको बताएका छन् । तत्कालिन प्रधानमन्त्री ओली २०७७ साल कात्तिक ७ गते राती प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका थिए । पूर्णपाठ : २०७९ साल मंसिर ४ गते हुने आम निर्वाचनमा उम्मेदवारी रोकिएको सम्बन्धमा भीम रावलको धारणा २०७९ साल मंसिर ४ गते हुने आम निर्वाचनमा उम्मेदवारको सिफारिश चयन गर्न भदौ १९ गते साँफेबगर, अछाममा सम्पन्न नेकपा (एमाले), प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर एक समन्वय समितिको बैठकबाट प्रतिनिधि सभाको सदस्यको उम्...
९ जनाको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट
राजनीति, समाचार

९ जनाको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

नेपालअखबार,  काठमाडौं । ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्यले विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेजीको माग गर्दै रिट दर्ता भएको हो । सुनसरी–३ का कांग्रेस उम्मेदवार गच्छदार र तनहुँ–१ का स्वतन्त्र उम्मेदवार गोविन्द राज जोशी भ्रष्ट्रचार मुद्दा खेपिरहेका छन् । त्यस्तै चितवन–३ का राप्रपा उम्मेदवार विक्रम पाण्डेविरुद्ध पनि भ्रष्टचार मुद्दा रहेको, सिन्धुपाल्चोक १ (क) बाट उम्मेदवार रहेका डीबी तामाङ भन्ने युद्धविक्रम तामाङ ज्यान मार्ने उद्योगमा प्रहरीको फरार सूचीमा रहेका, महोत्तरी १ कि उम्मेदवार लक्ष्मी महतो सशस्त्र प्रहरी बलका जवान थमन विकको...
देशमा विकास र सविधानको रक्षा गर्न गठबन्धन आवश्यक छ : पूर्वमन्त्री आले
राजनीति, समाचार

देशमा विकास र सविधानको रक्षा गर्न गठबन्धन आवश्यक छ : पूर्वमन्त्री आले

विमल विष्ट, डोटी ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीका) नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले लोकतान्त्रिक गणतन्त्रात्मक सविधानको रक्षा तथा देशको विकास गर्नका लागि भएपनि देशमा गठबन्धन आवश्यक रहेको बताउनु भएको छ । गठबन्धनले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नु हुँदै पूर्वमन्त्री आलेले पूर्वमन्त्री आलेले सहजपुरदेखि बोगटान, दिपायल हुँदै उरैभञ्ज्याङसम्म सडक बनाएरै छोड्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मेरो अर्जुन दृष्टि भनेको धनगढीदेखि उरैभञ्ज्याङसम्म सडक पु-याउने हो, यो सडक बनेमा चिन तथा भारतका पर्यटक तथा व्यापारी यहाँ आउँने छन्, यो क्षेत्र पर्यटन सहित व्यापारिक हब हुने छ । पूर्वमन्त्री आलेले डोटीमा गठबन्धनले आफूलाई जिताउनेमा विश्वस्त रहेको बताउँनु हुँदै जिल्लामा गठबन्धनका साझा उम्मेदवार निर्वाचित गराउनका लागि आफू हर सम्भव प्रयास गर्ने र गठबन्धनको जीत हुने बताउनुभयो...
अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी
राजनीति, विश्व, समाचार

अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

नेपालअखबार, अमेरिका। अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गरेका छन्। अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा आयोजित उक्त सत्रमा सदस्य राष्ट्रहरुले सामना गर्नुपरेको बहुपक्षीय विश्वव्यापी समस्याको विषयमा छलफल भएको थियो । उक्त सत्रमा सहभागीले विश्वव्यापीरुपमा सिर्जना भएको समस्याको समाधान गर्न वित्तीय सहायता प्रदान गरेर नेपालजस्ता देशका समस्या सम्बोधन गर्नुपर्ने कुरामा जोड दिएका थिए । यसैगरी अर्थमन्त्री शर्माले साइडलाइन कार्यकारी संवाद सत्रमा सहभागी भएर जलवायु उत्सर्जनको समस्यासँग जुध्न र सदस्य राष्ट्रहरुले चालेका कदमका बारेमा छलफल गरेका छन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृ...