Saturday, July 11

राजनीति

हर्क साम्पाङ भन्छन्- हाम्रो उपमेयरलाई काठमाडौं बसुन्जेल पखाला लाग्यो अनि मैले व्यंग्य गरेँ
राजनीति, समाचार

हर्क साम्पाङ भन्छन्- हाम्रो उपमेयरलाई काठमाडौं बसुन्जेल पखाला लाग्यो अनि मैले व्यंग्य गरेँ

नेपालअखबार, काठमाडाैं । धरानका मेयर हर्क साम्पाङले काठमाडौंको फोहोरमैला र खासगरी मेयर बालेन शाहलाई लक्षित गरी सामाजिक सञ्जालमा लगातार टिप्पणी लेखिरहेका छन्। उनले आफ्ना फेसबुक स्ट्याटस र भिडिओमा प्रयोग गरेको भाषाशैलीलाई लिएर सामाजिक सञ्जालमा विरोध पनि भइरहेको छ। यसै सन्दर्भमा नेपालअखबारसंग धरानका मेयर साम्पाङलाई उनका स्ट्याटसहरूबारे कुराकानी गरेको छ। हामीले उनलाई सोध्यौं, ‘तपाईंले किन बालेनलाई नै लक्षित गरी स्ट्याटस राख्नुभयो?' जवाफमा साम्पाङले काठमाडौं सबैको साझा राजधानी भएकाले टिप्पणी गर्नु आफ्नो अधिकार भएको बताए। ‘यो हामी सबैको राजधानी होइन? कि तपाईंहरूको मात्र हो?’ उनले भने, ‘हामी सबैको हो भने यो मेरो पनि राजधानी हो। मैले मेरो राजधानीमा कुनै कुरा भएको छैन भनेर बोल्न पाउने कि नपाउने?’ उनले अगाडि भने, 'मैले धरानको मेयरका रूपमा होइन, एक आममानिसका रूपमा काठमाडौंका...
कर्मचारी बीचको विभेद अन्त्य हुनुपर्छ : श्रममन्त्री कुँवर
राजनीति, समाचार

कर्मचारी बीचको विभेद अन्त्य हुनुपर्छ : श्रममन्त्री कुँवर

नेपालअखबार, काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कर्मचारी, कर्मचारी बीचको विभेदलाई हटाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल सरकारी, अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री कुँवरले कर्मचारी कर्मचारी बीचको विभेदलाई हटाई सबै कर्मचारीहरूमा समानता हुनुपर्ने बताएका हुन् । अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरूका तर्फबाट आफ्नो मन्त्रालयमा डेलिगेसन पुगेको बताउँदै मन्त्री कुँवरले आफ्नो तर्फबाट त्यसबारे आवश्यक पहल भइसकेको बताए । ‘अस्थायी करार र ज्यालादारी कर्मचारीहरूका आफ्नै व्यथा छन् । सँगैका साथी काम गरेको छ, रिटायर्ड हुँदा पेन्सन बुझेर गएको छ, उसको सामाजिक सुरक्षाको ग्यारेन्टी भएको छ र केटाकेटीहरूको लालनपालन भएको छ । घरपरिवार सुरक्षित छन्’ उनले भने– ‘अर्को सँगैको साथी २० औं वर्षसम्म काम ...
वाइसिएलको दोस्रो राष्ट्रिय भेला राजधानीमा
राजनीति, समाचार

वाइसिएलको दोस्रो राष्ट्रिय भेला राजधानीमा

नेपालअखबार, काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका वामपन्थी शक्तिहरूलाई एकतावद्ध बनाउन आफूहरूले कोसिस गरिरहेको बताएका छन्। कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थी शक्तिहरू मिल्नुपर्ने प्रचण्डको भनाइ थियो। आज काठमाडौंमा आयोजित माओवादीको भ्रातृ संगठन, वाइसिलको दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले शान्तिपूर्ण फौजका रूपमा वाइसियलले काम गर्नुपर्ने बताए। वाइसियलमा युद्ध लडेका र त्याग र बलिदानी गरेकाहरू रहेको उनले बताए। ‘वाइसियलमा वैचारिक एकता हुनुपर्छ,’ उनले भने। उनले माओवादीकै नेतृत्वमा समाजवादी क्रान्ति गर्न सकिने बताए। ‘माओवादी नेतृत्वमा समाजवादी क्रान्ति गर्न दुनियाँको कुनै तागतले रोक्न सक्दैन,’ उनले भने। उनले पद पाउनका लागि हिजोआज प्रतिस्पर्धा हुन लागेको बताए। ‘संघर्षतिरभन्दा पद पाउनका लागि प्रतिस्पर्धा हुन थाल्यो। य...
आयोगका पदाधिकारीहरूलाई  प्रशिक्षण दिँदै  एकीकृत समाजवादी
राजनीति, समाचार

आयोगका पदाधिकारीहरूलाई प्रशिक्षण दिँदै एकीकृत समाजवादी

नेपालअखबार,  काठमाडौँ ।    नेकपा ( एकीकृत समाजवादी ) पार्टी स्कुल विभागले विभिन्न आयोगका पदाधिकारीहरू र सदस्यहरूलाई  प्रशिक्षण गर्दै छ । शुक्रबार बाट सुरु भएको प्रशिक्षण २ दिन सम्म सञ्चालन हुने छ । प्रशिक्षण कार्यक्रममा पार्टी अन्तर्गतका अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीहरू तथा सदस्यहरू गरी एक सय बढीको सहभागिता रहेको पार्टीका केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव अषेश घिमिरेले बताउनु भयो । प्रशिक्षणमा नेपालमा जनवादी क्रान्ति र अबको बाटो विषयमा पार्टीका सम्मानित नेता झलनाथ खनालले सहजिकरण गर्नुहुने छ भने  मार्गदर्शक संगठनात्मक सिध्दान्त  र कार्यदिशा तथा कार्यभार विषयमा पार्टीका महासचिव डा. वेदुराम भुसालले सहजिकरण गर्नुहुने छ ,समाजवादका लागि राजनैतिक अर्थशास्त्रको विषयमा पार्टीका उपमहासचिव डा.विजय पौडेल र पूँजीवादी प्रभुत्व र समाजवादको विषयमा केन्द्रीय सदस्य तथा स्कुल वि...
तल्लो तहका कर्मचारीको सम्मान गर्नुस् : सहरी मन्त्री मेटमणि चौधरी
राजनीति, समाचार

तल्लो तहका कर्मचारीको सम्मान गर्नुस् : सहरी मन्त्री मेटमणि चौधरी

नेपालअखबार,  बुटवल ।सहरी विकास मन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन दिएका छन् । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसुति कक्ष भवनको हिजो बुटवलमा उद्घाटनपछि बोल्दै मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् । नेपालमा तल्ला तहका कर्मचारीलाई अपमान गर्ने चलन रहेकाले त्यसलाई सुधार्नुपर्ने बताउँदै उनले भने, ‘हाकिम भएँ भन्ने नसोच्नुस् । ठुलो भएँ भन्ने नसोच्नुस् । कुचिकारहरुले काम नगरे के होला ? उनीहरुबिना के अस्पताल सफा हुन सक्ला ? तँपाईँहरुले अल्लि पढ्नुभएको होला । तलब पनि बढी होला तर तँपाईहरुलाई चिया खुवाउने, कार्यालय सफा गर्नेहरुलाई अपमान नगर्नुस् । उनीहरुले हेपिएको महसुस नगरुन् ।’ डाक्टर नर्सहरुले दशैं, तिहार, चाडवाड केही नभनी बिरामीको सेवा गर्ने गरेको भन्दै प्रशंसा गरेका मन्त्री चौधरीले बिरामीले दुःख नपाउन्, उनीहरु...
मन्त्री कुँवर र उत्तर कोरियाका राजदूत मेनबीच भेटवार्ता
राजनीति, समाचार

मन्त्री कुँवर र उत्तर कोरियाका राजदूत मेनबीच भेटवार्ता

नेपालअखबार, काठमाडौं  ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र उत्तर कोरियाका राजदूत जो योङ मेनबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत जो योङ मेन मन्त्री कुँवरलाई भेट्न बिहीबार मन्त्रालयमा आउनु भएको थियो । उहाँहरुबीच विशेष गरी दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा छलफल भएको छ । नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने विषयमा पनि उहाँहरुबीच कुराकानी भएको छ । भेटमा मन्त्री कुँवरले उत्तर कोरियाले नेपाललाई पटक पटक गरेको सहयोगको लागि धन्यवाद दिनु भएको छ । त्यस्तै राजदूत मेनले नेपालमा लगानी गर्न आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाइदिन मन्त्री कुँवरसँग आग्रह गनु भयो ।...
एकीकृत समाजवादीको उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्ड  (विज्ञप्तिसहित)
राजनीति, समाचार

एकीकृत समाजवादीको उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्ड (विज्ञप्तिसहित)

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा हुने आम निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्ड तय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्डबारे निर्णय गरेर मातहतका निकायलाई सर्कुलर गरेको हो । बैठकले गरेको निर्णयअनुसार प्रतिनिधि सभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवार बनाउनका लागि पार्टीको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तिमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नुपर्नेछ । त्यस्तै जिल्ला कमिटीले क्षेत्रीय समन्वय कमिटीले गरेको सिफारिस गरेका चार जनामध्येबाट कम्तिमा एक महिलासहित बढीमा तीनजनाको नाम प्रदेश कमिटीमा पठाउनुपर्नेछ । प्रदेश कमिटीले तीन जनाप्रति आफ्नो धारणासहित केन्द्रमा पठाउने र केन्द्रीय कमिटीले तल्लो कमिटीबाट सिफारिस भएका मध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मे...
चीनमा चिया निर्यात गर्न सके भारतमा भन्दा तेब्बर फाइदा हुन्छ : खनाल
राजनीति, समाचार

चीनमा चिया निर्यात गर्न सके भारतमा भन्दा तेब्बर फाइदा हुन्छ : खनाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनमा चिया निर्यात गर्न सकेमा भारतमा निर्यात गर्दा भन्दा तेब्बरसम्म बढी फाइदा हुने बताएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले चीनमा बजार पाउन सके नेपाली चियाका लागि नयाँ युग सुरु हुने बताएका हुन् । ‘अहिलेसम्म हामीले भारतीय बजारमार्फत चिया निर्यात गर्दा ४ अर्बको ब्यापार हुन्छ । हरेक वर्ष चीनतिर निर्यात गर्न सकेमा त्यसको दुई वा तीन डबल प्राप्त हुन्छ । यस्तो भयो भने नेपाली चिया उत्पादनका लागि नयाँ युग सुरु हुन्छ’ खनालले भने । चीनमा नेपाली चियाको बजारका लागि आफूले व्यक्तिगत स्तरमा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीन भ्रमणका क्रममा कुराकानी गरेको पनि उनले बताए । ‘मैले चिनियाँ पक्षसँग पनि कुराकानी गरेको थिएँ, कुराकानीमा केही प्रगति भएको छ’ उनले भने, ‘परराष...
सुदेश पराजुलीलाई काठमाडौं-५ बाट उठाउने माधव नेपालको तयारी
राजनीति, समाचार

सुदेश पराजुलीलाई काठमाडौं-५ बाट उठाउने माधव नेपालको तयारी

नेपाल अखबार, काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दलहरुले आ आफ्नो तयारी थालेका छन् । सत्ता गठबन्धनले प्रत्यक्षतर्फको १६५ सिटमा बाँडफाँडको टुँगो लगाउँदैछ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार कांग्रेसले ९०, माओवादी केन्द्रले ४०, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले १८, उपेन्द्र यादवको जसपाले १६ र जनमोर्चाले १ सिटको भागबण्डा भएको छ ।माधव नेपालले काठमाडौं क्षेत्र नम्बर २ छोडेर रौतहटबाट चुनाव लड्ने तयारी गरेका छन् । उनी पछिल्लो समय रौतहटमा केन्द्रित भएका छन् । उनले काठमाडौंमा रहेका १० क्षेत्रमध्ये २ क्षेत्रमा दाबी गरेका छन् । उनले काठमाडौंको ५ र ८ मा दाबी गरेको चर्चा छ । यसपटक उनले पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीलाई काठमाडौं क्षेत्र नम्बर ५ मा अघि साने तयारी गरेका छन् । विद्यार्थी राजनीतिमा सक्रिय पराजुलीलाई अध्यक्ष नेपालले...
नागरिकता विधेयक संसद्‌बाट आजै पारित गर्ने तयारी
राजनीति, समाचार

नागरिकता विधेयक संसद्‌बाट आजै पारित गर्ने तयारी

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट आज पारित गर्ने तयारी भएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको संभवित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ । प्रतिनिधिसभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देशसहित विधेयक फिर्ता भएपछि सभालाई जानकारी दिइन्छ । यस्तो जानकारी संसद सचिवालयले प्रतिनिधिसभामा सोमबार नै गराइसकेको छ । सभालाई विधेयक फिर्ताको जानकारी गराएपछि अगाडि बढ्ने दुई वटा बाटा छन् । पहिलो- सदनमै पुनर्विचार गर्ने । दोस्रो- संसदीय समितिमा पठाएर पुनर्विचार गर्ने । राष्ट्रपतिले पुनर्विचारका लागि नै फिर्ता पठाउने भएका कारण राष्ट्रपतिको संदेश उपर के गर्ने भनेर सरकार र सम्बन्धित मन्त्रालयले निर्णय गर्छ । त्यसपछि सम्बन्धित मन्त्रीले सदनमै पुनर्विचार गर्ने वा संस...