कांग्रेस र एमालेले सभामुखमा दाबी गरेपछि बागमती प्रदेशसभा बैठक अनिश्चित
नेपालअखबार,बागमती । बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दाबी गरेपछि बागमती प्रदेशसभाको बैठक अनिश्चित बनेको छ ।
जेनजी प्रदर्सनका क्रममा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले गत असोज १ गते लिखित राजीनामा दिएपछि सभामुख पद रिक्त भएको हो ।
रिक्त सभामुख पदमा सत्तारुढ दुवै दलले दाबी गरेपछि विगत चार महिनादेखि बागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन । तत्काल बैठक बस्ने कुनै सूचनासमेत नआएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले बताए ।
“हामीले बैठकको सबै तयारी गरिसकेका छौँ, तर अहिलेसम्म सरकारबाट बैठकको कुनै सूचना आइपुगेको छैन”, सचिव पौडेलले भने, “बैठकको सूचना आउनासाथ हामी त्यसमा जुट्छौँ ।” गत कात्तिकको दोस्रो साता नै प्रदेशसभाको बैठक बोलाउने तयारी भएको थियो, त्यसका लागि अस्थायी रूपमा ...









