Tuesday, August 11

राजनीति

एक थोपा रगन नबग्नेगरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की
राजनीति, समाचार

एक थोपा रगन नबग्नेगरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छिन् । द एसिएन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल) को प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिए । आन्फ्रेल थाइल्यान्डको ब्यांककमा सचिवालय रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको सञ्जाल हो । सचिवालयका कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वको टोली अहिले नेपालको निर्वाचन वातावरणको मूल्यांकन गर्न काठमाडौं आइपुगेको छ । लामो समय न्यायाधीश र प्रधानन्यायाधीशका रुपमा काम गरेको व्यक्तिको नेतृत्वको सरकार भएकाले यसले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने भन्नेमा आफूहरू विश्वस्त रहेको प्रतिनिधिमण्डलका सदस्यहरूले बताए । ‘तपाईंको लामो समयदेखिको न्यायिक अ...
एकताअघि नै भूसाल र झाँक्री सहित ६ नेता कारबाहीमा परेका थिए
राजनीति, समाचार

एकताअघि नै भूसाल र झाँक्री सहित ६ नेता कारबाहीमा परेका थिए

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा हुनुअघि नै नेकपा एकीकृत समाजवादीका ६ नेतालाई कारबाही गरिएको खुलेको छ । घनश्याम भूसाल, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, दामोदर अर्याल, नन्दलाल बन्जाडे र धर्मराज निरौलालाई पार्टीबाट कारबाही गरिएको अध्यक्ष माधव कुमार नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । माधव नेतृत्वको एकीकृत समाजवादी हिजो (बुधबार) नै माओवादी केन्द्रसहितका विभिन्न १० घटकसँगको एकतामा समाहित भइसकेको छ । पार्टी केन्द्रीय कमिटीको बैठकले गरेको निर्णय उल्लंघन गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय लिएको हो ।...
उब्जनबहादुर शाहीले त्यागे एमाले
राजनीति, समाचार

उब्जनबहादुर शाहीले त्यागे एमाले

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवम् मुगुको खत्याड गाउँपालिकाका पूर्वअध्यक्ष उब्जन बहादुर शाही एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई आज बिहान नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले पार्टीमा स्वागत गरेका छन् । स्वागत कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेताहरु प्रकाश ज्वाला, चन्द्र बहादुर शाही, ठगेन्द्र प्रकाश पुरी लगायत सहभागी थिए । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० दलले एकता गरी नयाँ पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी राखेका छन् । उनीहरुले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन समेत दिइसकेका छन् ।...
नेपाली कम्युनिस्ट पार्टी गठनबारे आयोगलाई जानकारी
राजनीति, समाचार

नेपाली कम्युनिस्ट पार्टी गठनबारे आयोगलाई जानकारी

नेपालअखबार,काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताबारे जानकारी गराएको छ । विभिन्न १० दल र समूह एकीकरण गर्दै बनेको नेपाली कम्युनिस्ट पार्टी दल दर्ताका लागि जानकारी गराएको आयोग श्रोतले जनाएको छ । दल गठन गर्दछाैँ भन्ने सामान्य जानकारी आएको हो । दल दर्ताको निवेदन आयोगको ढाँचामा आइसकेको छैन’, आयोग श्रोतले भन्यो– ‘अयोगको ढाँचाअनुसार फारम भरेर दिनुपर्ने दल दर्ताको निवेदन आइसकेको छैन ।’ त्यसबारे एकीकृत पार्टी घोषणा हुनुअघि नै जानकारी गराइएको हो ।...
बिहारका १८ जिल्लामा आज हुँदैछ विधानसभा चुनावको मतदान
राजनीति, विदेश, समाचार

बिहारका १८ जिल्लामा आज हुँदैछ विधानसभा चुनावको मतदान

नेपालअखबार,काठमाडौँ । बिहारमा आज बिहीबारदेखि विधानसभा निर्वाचनको पहिलो चरणको मतदान सुरु हुँदैछ। केही बेरअघि मतदान सुरू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। पहिलो चरणमा प्रदेशका १८ जिल्लाका १२१ विधानसभा क्षेत्रमा मतदाता आफ्ना प्रतिनिधि चयन गर्न मतदान गर्दै छन्। यस चरणमै राजधानी पटनामा पनि मतदान भइरहेको छ। यो चरणमा बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी, अर्का उपमुख्यमन्त्री विजय सिन्हा र राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादवजस्ता चर्चित नेताहरूको राजनीतिक भविष्य निर्धारण हुनेछ। शान्तिपूर्ण र निष्पक्ष मतदान सुनिश्चित गर्न भारतको निर्वाचन आयोगले कडा सुरक्षा व्यवस्था मिलाएको छ। संवेदनशील मतदान केन्द्रहरूमा विशेष निगरानी राखिएको जनाइएको छ। दोस्रो चरणको मतदान नोभेम्बर ११ मा २० जिल्लाका १२२ निर्वाचन क्षेत्रमा हुनेछ भने परिणाम नोभेम्बर १४ मा सार्वजनिक गरिनेछ। बिहारमा ७४...
कांग्रेसका ‘विशेष महाधिवेशन पक्षधर’ ले बोलाएको विशेष भेला आज
राजनीति, समाचार

कांग्रेसका ‘विशेष महाधिवेशन पक्षधर’ ले बोलाएको विशेष भेला आज

नेपालअखबार,काठमाडौँ ।  कांग्रेसका ‘विशेष महाधिवेशन पक्षधर’ ले बोलाएको भेलाको काउन्टरमा नियमित महाधिवेशन पक्षधरहरूले पनि विशेष भेला बोलाएका छन् । नियमित महाधिवेशन पक्षधरले आज बिहान साढे ११ बजे गौशालामा रहेको अनुपम फुडल्याण्डमा भेला बोलाएका हुन् । भेला बोलाउनेमा संस्थापन र डा शेखर कोइराला नेतृत्वको इतर समूहका नेता छन् । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा आयोजना हुन लागेको भेलाको आयोजना गर्नेमा कांग्रेस बागलुङका सभापति जित शेरचन, तरुण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाही, मनहरि श्रेष्ठ, बद्री अर्याल, बिजुला बर्मा, पुष्प शाही, लाओस राई, दीपक भट्टराई, शिव रिमाल, प्रेमिका रानामगर, भुवन भट्ट, विपिन अधिकारी, इन्दु शर्मा लगायतका छन् । कर्ण, भुपेन्द्रजंग शाही, राई, भट्टराई, अर्याल, रिमाल, रानामगर नेता डा। कोइराला समूहका हुन् । त्यस्तै शेरचन, श्रे...
नेपालको आह्वान जेनजीलाई आउनुहोस्, हातेमालो गर्दै भ्रष्टाचार र राजनीतिक विकृति अन्त्यमा लागौं
राजनीति, समाचार

नेपालको आह्वान जेनजीलाई आउनुहोस्, हातेमालो गर्दै भ्रष्टाचार र राजनीतिक विकृति अन्त्यमा लागौं

नेपालअखबार, काठमाडौँ ।नवघोषित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजीहरूलाई भ्रष्टाचार, राजनीतिक विकृति, विसंगति अन्त्यका लागि हातेमालोका लागि आह्वान गरेका छन्। बुधबार भृकुटीमण्डमा आयोजित पार्टी एकता घोषणामा बोल्दै सहसंयोजक नेपालले आजैमात्र केही जेनजीलाई एकीकृत समाजवादीमा भित्र्याएकोसमेत दाबी गरे। ‘आज मात्रै केही जेनजी युवालाई एकीकृत समाजवादीमा स्वागत गरेँ। अरू जेनजीलाई पनि भन्न चाहन्छु- आउनुहोस् हातेमालो गर्दै अगाडि बढौं। सुशासनको पक्षमा होस्, भ्रष्टाचारको अन्त्य, जनताको जीनवमा परिवर्तन गर्ने, समाजको विकृति विसंगति, राजनीतिमा देखिएका विकृतिको अन्त्य, सबै कुरामा हातेमालो गरौं,’ उनले भने। उनले एकीकृत पार्टीमा आउन छुटेका सबै वाम शक्तिलाई एकीकरणमा समाहित हुन आग्रह पनि गरे। ‘जनताको चाहना बुझ्नुस्, उनीहरू एकीकृत कम्युनिस्ट पार्टी खोजिरहेका छन्। क्रान्तिकारी पार्ट...
नेपाली कम्युनिस्ट पार्टीको २३ बुँदे घोषणापत्र
राजनीति, समाचार

नेपाली कम्युनिस्ट पार्टीको २३ बुँदे घोषणापत्र

नेपालअखबार,काठमाडौं । विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी को घोषणापत्र सार्वजनिक गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । पार्टीका नेता देव गुरुङले सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् । नेकपा माओवादी र नेकपा एससहितका विभिन्न १० वटा घटक मिलेर नयाँ दल घोषणा गरिएको हो । पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई तोक्ने प्रस्ताव पारित भएको छ । ता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव हलबाट पारित गरिएको हो । यस्तो छ घोषणापत्र:...
नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा दाहाल, नेपाल सहसंयोजक
राजनीति, समाचार

नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा दाहाल, नेपाल सहसंयोजक

नेपालअखबार, काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसंयोजकमा माधवकुमार नेपाल चुनिएका छन् । उनी माओवादी केन्द्रका संयोजक र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल थिए । नेता महिन्द्र राय यादवले प्रस्ताव गरेपछि अनुमोदन भएको थियो ।बुधबार माओवादी, नेकपा एस, नेपाल समाजवादी पार्टीलगायतका दलहरूबीच एकता भएको हो ।...
आज भृकुटीमण्डपबाट माओवादी-समाजवादीको एकता घोषणा हुँदै
राजनीति, समाचार

आज भृकुटीमण्डपबाट माओवादी-समाजवादीको एकता घोषणा हुँदै

नेपालअखबार,  काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९ वटा दल र समूहबीच आज एकता घोषणा हुँदैछ । एकतामा सहभागी दलहरुले आज दिउँसो १ बजे भृकुटीमण्डपमा सभा गरेर एकता घोषणा गर्न लागेका हुन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो । गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी भएका छन् । एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्ने सहमति भएको छ । चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ ।मूल पार्टी एकतामा जाँदा केही नेताहरू भने अलग्गिएका छन् । माओवादीबाट जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरु बाहिरिएका छन् भने एकीकृत समाजवादीबाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल, घनश्याम भूसाल, रामकुमारी झाँक्रीलगायतका नेताहरु बाहिरि...