Friday, June 19

विचार

माधव नेपाल नभएको भए संविधान मासिन सक्थ्यो: डा.रामवरण यादव
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

माधव नेपाल नभएको भए संविधान मासिन सक्थ्यो: डा.रामवरण यादव

नेपालअखबार,काठमाडौँ। ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक सार्वजनिक गरिएको छ। सार्वजनिक पुस्तकमा नेकपा (एकीकृत समाजवादी) का तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनमा खेल्नु भएको भूमिकालाई ब्याख्या गरिएको छ। पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा उक्त पुस्तक विमोचन गरिएको हो। राजधानीको पर्यटन बोर्डमा मंगलबार आयोजित पुस्तक विचोन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति डा.यादवले लोकतान्त्रिक आन्दोलनमा माधव नेपालको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। पूर्वराष्ट्रपति डा.यादवमा संसद विघटनप्रति संकेत गर्दै माधवकुमार नेपाल नभएको भए संविधान मासिने सक्ने खतरा रहेको स्मरण गराउनु भयो। उहाँले भन्नुभयो, ‘नेताहरू धेरै छन् । तर, माधवकुमार नेपाल जस्तो सालिन नेता कम छन्। पुष्पाल, मनमोहनपछि माधव नेपाल नेपाली कम्युनिष्ट आन्दोलनको राजनेता हो। उहाँको ...
पार्टीलाई कमजोर बनाउन बिभिन्न टिका टिप्पणि भैरहेको छ अफवाहको पछाडी नलाग्न कार्यकर्तालाई सुझाव: सम्मानित नेता झलनाथ
राजनीति, विचार, समाचार

पार्टीलाई कमजोर बनाउन बिभिन्न टिका टिप्पणि भैरहेको छ अफवाहको पछाडी नलाग्न कार्यकर्तालाई सुझाव: सम्मानित नेता झलनाथ

नेपालअखबार,पोखरा। नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी का सम्मानित नेता झलनाथ खनालले कास्की जिल्ला पार्टी कार्यलयमा कार्यकर्ता संग भेटघाट गरेका छन । नेकपा एकिकृत समाजवादी कास्की जिल्ला कमिटी को आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता खड्क हमालले गरेका थिए भने प्रमुख अतिथीको रूपमा नेकपा एसका सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल रहनु भएको थियो ।  यसै गरि कार्यक्रममा बिशेष अतिथी तुलबहादुर गुरूगं , श्रीनाथ बराल , पोखरा महानगरपालीका प्रमुख धनराज आचार्य रहनु भएको थियो भने कार्यक्रमको संचालन डि.बी राईले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी झलनाथ खनालले पार्टीको महाधिवेशनको समयमा हाम्रो पार्टीलाई कमजोर बनाउन बिभिन्न टिका टिप्पणि भैरहेका छन अफवाहको पछाडी नलाग्न कार्यकर्तालाई सुझाव दिनुभयो । समाजवादी क्रान्तिको लागी त्यसका लक्ष्य , कार्यदिशा लगायतका बिषयमा अब आउने महा...
नवौं महाधिवेशनमा छुटेको देश बनाउने कार्यक्रम पुन:लेखन सुरू भएको छ: महासचिव भुसाल
राजनीति, विचार, समाचार

नवौं महाधिवेशनमा छुटेको देश बनाउने कार्यक्रम पुन:लेखन सुरू भएको छ: महासचिव भुसाल

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नवौँ महाधिवेशनबाट छुटेको देश बनाउने कार्यक्रम पुन: लेखन सुरू भएको जानकारी दिनु भएको छ। सोमबार कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रम फायर साइडमा बोल्दै महासचिव भुसालले उक्त कुरा जानकारी दिनुभएको हो। उहाँले भन्नुभएको छ,‘हामी पार्टीको महाधिवेशनमा जुटिरहेका छौं। आगामी १०औं महाधिवेशनमा हामीले नवौं महाधिवेशनमा छुटेका कुराहरू पुन: लेख्नेछौं। हाम्रो जीवनमा एउटा ठूलो प्रक्रिया टुटेको छ। हामीले नवौं महाधिवेशनबाट समृद्ध नेपाल सुखी नेपाली बनाउने अब बाटो यो हो भनेर भन्नेसम्म देखाएका थियौँ। अझै स्पष्ट कार्यक्रम भनेको समृद्ध नेपाल सुखी नेपाली हुनका लागि कृषिमा के हुनुपर्छ? उद्योगमा के हुनुपर्छ ? शिक्षा, स्वास्थ्य, रोजगारमा के हुने ? पूर्वाधार र अरु उत्पादनका क्षेत्रमा के गर्ने ? समृद्ध नेपाल सुखी नेपाली बनाउने राजनीति...
उपेन्द्र यादवले भने ‘महाधिवेशनको प्रक्रिया रोकिने छैन’
राजनीति, विचार, समाचार

उपेन्द्र यादवले भने ‘महाधिवेशनको प्रक्रिया रोकिने छैन’

नेपालअखबार,काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीले निर्णय गरे अनुसार महाधिवेशनको प्रक्रिया अगाडि बढ्ने बताएका छन् । गए राति अमेरिकाबाट कतार हुँदै नेपाल आइ पुगेका अध्यक्ष यादवले एयरपोर्टमा आफ्ना पार्टीका नेताहरूसँग कुरा गर्दै सो कुरा बताएका हुन् । एयरपोर्टमा स्वागतका लागि पुगेका नेताहरूसँग अनौपचारिक कुराकानीमा उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले महाधिवेशनको विषयमा पार्टीमा निर्णय भइसकेको छ, त्यो नरोकिने बताएका थिए । जसपाले जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । त्यसको तयारी चलिरहेको बेला अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको छ । अशोक राईले जनता समाजवादी पार्टी नामको पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेको छन् । जसपा नेपालमा १२ जना सांसद छन् । त्यसमध्ये सात जना सांसदले अशोक राइलाई साथ दिएका छन् भने पाँच जना उपेन्द्र यादवको ...
हामी प्रधानमन्त्री बन्छौं भनेर कतिलाई पोलेको होला : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

हामी प्रधानमन्त्री बन्छौं भनेर कतिलाई पोलेको होला : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडाैं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले जनताको मन जित्दै गएकोमा समाजका केही प्रवृत्तिलाई पोलेको बताएका छन्। सोमबार पार्टीनिकट अनेमसंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री बन्छन् कि भनेर त्यस्ता प्रवृत्तिलाई पोल्ने गरेको बताएका हुन्। ‘कम्युनिष्ट पार्टीले जनताको विश्वास जित्दै आएको छ। हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थालेको छ। तिनिहरूलाई पोले पोलोस्। दनदनी आगोले पोलिदियोस्,’ उनले भने, ‘त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ।’ अध्यक्ष नेपालले एकीकृत समाजवादी प्रधानमन्त्री बन्न भन्दा देश विकासको सवालमा चिन्तित रहेको बताए। ‘कसै कसैलाई लागेको छ हाम्रो पार्टी पनि सरकारमा जान चिन्तित छ कि, मन्त्री प्रधानमन्त्री बन्न मरिहत्ते गरिरहेको छ कि,’ उनले भने, ‘ती लोभीपापीहरूको कुरा हो। इमानदार मान्छ...
वर्तमान व्यवस्था र संविधानमाथि चुनौती खडा भइरहेको छ: अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

वर्तमान व्यवस्था र संविधानमाथि चुनौती खडा भइरहेको छ: अध्यक्ष नेपाल

नेपालअखबार, मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधान माथि नै चुनौती आइरहेको बताएका छन् । पछिल्लो समयमा लोकतान्त्रिक गणतन्त्र र संविधान तथा संघीयता माथि चुनौती आउन थालेको बताएका हुन् ।शनिबार हेटौँडामा आयोजित एकीकृत समाजवादी पार्टी मकवानपुरको ९ औँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पछिल्लो समय व्यवस्था र संविधान माथि चुनौती दिने प्रतिगामी शक्ति सक्रिय भइरहेको बताए । ‘अहिलेको लोकतन्त्र, संविधान माथि नै चुनौती थपिएको छ । हामीले जनताको रगत पसिनासँग साटेर ल्याएको गणतन्त्र र संघीयता नै रहने हो की होइन भन्ने चुनौती आइरहेका छन्,’ उनले भने, ‘व्यवस्था र संविधानका विरुद्ध प्रतिगामी शक्तिहरू सक्रिय भएर लागिरहेका छन् । राष्ट्रियता माथि चुनौती आउने सम्भावना छ ।’ उनले वर्तमान व्यवस्था र संविधान जो...
नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै होः अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै होः अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै उस्तै रहेको टिप्पणी गरे । उनले नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गरे । उनले राजनीतिक स्थायित्व देशलाई चाहिएको बताए । नेपालले राजनीतिक स्थायित्व देश परिवर्तन, विकासका लागि चाहिएको बताए । उनले देश विकासका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवर्द्धन, राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने बताए । अध्यक्ष नेपालले भने, ‘अहिलेको नेपालको राजनीति नेपालको मौसम जस्तै छ । तर हामी चाहन्छौँ, मौसमको बारेमा केही भन्न नसके जस्तै नेपालको राजनीतिमा भन्न नसक्ने ...
केन्द्रीय पार्टी कार्यालय निर्माण अभियानमा जुट्न एमालेको आह्वान
राजनीति, विचार, समाचार

केन्द्रीय पार्टी कार्यालय निर्माण अभियानमा जुट्न एमालेको आह्वान

नेपालअखबार, काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको केन्द्रीय कार्यालय निर्माण अभियानमा जुट्न पार्टीको सिङ्गो पङ्क्तिलाई आह्वान गरेको छ । आइतबार गोदावरीको सनराइज हलमा सम्पन्न पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा एमालेले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण अभियानका लागि रकम जम्मा गर्नका लागि क्युआर कोड सार्वजनिक गर्दै सो प्रस्ताव गरेको हो । मुख्यतः पार्टी कार्यकर्ता र सहयोगीहरूबाट नै कार्यालय भवन निर्माण कार्य सम्पन्न गर्ने अभियान सुरु गरिएकाले त्यसमा साथ दिन पार्टीको सिङ्गो पङ्क्तिलाई आह्वान गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले पार्टीको क्युआर कोडमा तत्काल रकम जम्मा गरी पार्टी कार्यालय भवनको पहिलो दाता बन्न पनि पार्टी पङ्क्तिलाई आग्रह गरे । उनले भने, ‘पार्टीको आफ्नै कार्यालय भवन हुन त हाम्रो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनकै योजनाको अङ्ग हो । कह...
नेकपा एससँग सत्ता उलटफेर गर्नसक्ने क्षमता रहेको भन्दै कमजोर नठान्न चेतावनी दिए : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

नेकपा एससँग सत्ता उलटफेर गर्नसक्ने क्षमता रहेको भन्दै कमजोर नठान्न चेतावनी दिए : अध्यक्ष नेपाल

नेपालअखबार, रौतहट । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूसँग सत्ता उलटफेर गर्नसक्ने क्षमता रहेको भन्दै कमजोर नठान्न चेतावनी दिएका छन् । गृह जिल्ला रौतहटको सदरमुकाम गौर नगरपालिका–२ स्थित लालबकैया नदीमा निर्मित झुलुङ्गे पुल शुक्रबार उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । नेकपा एकीकृत समाजवादीलाई सानो दल वा कमजोर ठान्ने भुल ग¥यो भने त्यो सह्य नहुने चेतावनी पनि नेपालले दिए । ‘हामी र हाम्रो दल कसैको दास भएर कसैको इशारामा हिँड्दैनौँ,’ अध्यक्ष नेपालले भने, ‘हामी स्वाभिमानी छौँ र आफ्नै मूल्य–मान्यता अनुसार अगाडि बढेका छौँ ।’ उनले सुदूरपश्चिममा ४ सिट हुँदा पनि आफ्नै पार्टीको मुख्यमन्त्री रहेको जिकिर गर्दै बागमती, मधेससहितका प्रदेशमा नेकपा एकीकृत समाजवादीको सहभागिता विना सरकार बनाउने कल्पनासमेत गर्न नसकिने प्रस्ट पारे । उद्घ...
प्रचण्ड र ओलीले सहमति पालना गरेनन् : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

प्रचण्ड र ओलीले सहमति पालना गरेनन् : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा उपलब्ध सचिवालय सदस्यहरूसँगको छलफलका क्रममा अध्यक्ष नेपालले सुदूरपश्चिम प्रकरण ओली र प्रचण्डले सहमति पालना नगर्दाको परिणाम भएको ब्रिफिङ गरेका हुन् । त्यसक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टी अहिलेको समीकरण भत्काउनतर्फ नलाग्ने तर हेपिएर र पेलिएर पनि बस्न नसक्ने निष्कर्ष सुनाएका थिए । ‘प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीले हामीसँग गरेको सम्झौता पालना भएन । केन्द्र र प्रदेश सरकार सञ्चालनमा उहाँहरू एकलौटी ढंगले अघि बढ्न खोजेको देखियो’, अध्यक्ष नेपालको भनाई उद्धृत गर्दै उपमहासचिव समेत रहेका जगन्नाथ खतिवडाले  भने, ...