केही अराजक समूहले बैंकबाट लिएको ऋण तिर्नु पर्दैन भन्दै जनताहरूको भावनामाथि खेलिरहेका छन्: अध्यक्ष नेपाल
नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले वर्तमान समयमा देखिएका चुनौतीको सामना गर्न आफूहरू तयार रहेको बताउनु भएको छ।
बागमती प्रदेश कमिटी तथा केन्द्रीय लेखापरीक्षण आयोगको संयुक्त आयोजनामा लेखा सञ्चलन तथा व्यवस्थापन सम्बन्धि पशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो।
शीर्ष नेताहरूबीच बिहिबार बसेको बैठकले वर्तमान समयमा देखिएका सबैखाले चुनौतीहरूको सामना गर्न तयार हुनुपर्नेमा एकमत रहेको बताउनु भएको छ। बागमती प्रदेश कमिटी अध्यक्ष सावित्री भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले बैंकबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने खालको अतिवादी कुरा गरेर अराजकता मच्चाउन खोज्नेहरूबाट सचेत बन्नुपर्नेमा जोड दिनुभयो।
वर्तमान समयमा देखिएका चुनौतीहरूमाथि ब्रिफिङ गर्दै उहाँले भन्नुभयो, ‘केही अराजक ...










