Saturday, October 10

विचार

राष्ट्र संकटमा छ, जनतामा निराशा छ, संसदका सबै पार्टी मिलेर राष्ट्रिय मुद्दा तय गरौँ- अमरेशकुमार सिंह
राजनीति, विचार, समाचार

राष्ट्र संकटमा छ, जनतामा निराशा छ, संसदका सबै पार्टी मिलेर राष्ट्रिय मुद्दा तय गरौँ- अमरेशकुमार सिंह

नेपालअखबार, काठमाडौं । रास्वपा सांसद अमरेशकुमार सिंहले राज्य संकटमा भएको र जनतामा नैराश्यता छाएको भन्दै सबै दल एकजुट हुन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद सिंहले संसद्मा उपस्थित सबै दललाई एकजुट बनाउन सभामुखमार्फत सरकारलाई आग्रह गरे । सँगसँगै राष्ट्रिय मुद्दा तय गरेर अघि बढ्नुपर्ने सांसद सिंहको भनाइ छ । ‘संसद्मा उपस्थित सबै दललाई एकजुट पारौं, राष्ट्रिय मुद्दा तय गरौं । हामी सबै मिल्यौं भने मात्रै यो राज्य बाँच्न सक्छ, लोकतन्त्र बाँच्न सक्छ,’ उनले भनेका छन् । साथै, राज्य र जनता रहेमात्रै आफूहरूले राजनीति गर्न पाउने बताउँदै जनता र लोकतन्त्र नै समाप्त हुने कार्य नगर्न आग्रह गरे । ‘आज हाम्रो राज्य संकटमा छ । जनतामा नैरश्यता छ । यो देशमा बाँच्न सकिन्न, गर्न सकिन्नँ, यो भाष्य निर्माण संसद्बाट नगरौं,’ सांसद सिंहले भने, ‘संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्णलाई आग्...
‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको दाबी, पुनर्लेखनको प्रयास नगर्न सरकारलाई चेतावनी
राजनीति, विचार, समाचार

‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको दाबी, पुनर्लेखनको प्रयास नगर्न सरकारलाई चेतावनी

नेपालअखबार, काठमाडौँ । विभिन्न राजनीतिक दलका नेता र कानुनविद्हरूले संविधान संशोधनका लागि गठन गरिएको ‘बहसपत्र तयार गर्ने कार्यदल’ पूर्ण रूपमा अवैधानिक रहेको दाबी गरेका छन्। उनीहरूले संशोधनका नाममा संविधानको पुनर्लेखन गर्न खोजिए देशमा द्वन्द्व चर्किन सक्ने चेतावनी पनि दिएका छन्। बिहीबार काठमाडौँमा संवाद डबलीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले वर्तमान सरकारलाई संविधानको आधारभूत संरचना परिवर्तन गर्ने अधिकार नभएको बताएका हुन्। नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले संविधानका आधारभूत मान्यतामै हस्तक्षेप गर्ने सङ्केत देखिएपछि आफूहरू कार्यदलबाट अलगिएको बताए। उनले आवधिक निर्वाचनबाट बनेको सरकार र संसद्लाई संविधान पुनर्लेखन गर्ने जनादेश नरहेको उल्लेख गर्दै संशोधन आवश्यक भए पनि त्यसअघि संसद्मा रहेका राजनीतिक दलहरूबिच सहमति हुनुपर्ने बताए। ‘संशोधन आवश्यक भए पनि संसद्क...
अख्तियार प्रमुख परैदेखि सलुट गर्दै आउला कि भन्ने डरसमेत रहेको छ – गगन थापा
राजनीति, विचार, समाचार

अख्तियार प्रमुख परैदेखि सलुट गर्दै आउला कि भन्ने डरसमेत रहेको छ – गगन थापा

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री देख्नासाथ काम्ने मानिस अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख बन्ने खतरा रहेको बताएका छन्। अख्तियार प्रमुख परैदेखि सलुट गर्दै आउला कि भन्ने डरसमेत रहेको उनले बताए। ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोग भनेको त यस्तो संस्था हो, जसले सरकारले पनि, प्रधानमन्त्रीले पनि, मन्त्रीहरूले पनि भ्रष्टाचार गर्न सक्छन्, अरू कसैले गरेको भ्रष्टाचार प्रधानमन्त्री आफैले हेर्नुहुन्छ। तर प्रधानमन्त्रीले पनि भ्रष्टाचार गर्नुभयो भने हेर्नुपर्छ है भनेर अधिकार दिएको अख्तियार हिजो दलका नेताले आफ्ना खल्तीबाट मानिस बनाएर दलको छायाँ बन्न खोज्यो भनेर त्यसलाई सुधार गर्न खोज्यौं,’ केन्द्रीय कार्यालय सानेपामा आज भएको कार्यक्रममा सभापति थापाले भने, ‘अब त झन् प्रधानमन्त्रीसँग डराउने मानिस अख्तियार प्रमुख बन्ने खतरा भयो।’ उनकाअनुसार पछिल्ला घटनाक्...
पार्टीभित्र लोकतान्त्रिक अभ्यास र सल्लाहको वातावरण हुनुपर्नेमा जोड : माधव नेपाल
राजनीति, विचार, समाचार

पार्टीभित्र लोकतान्त्रिक अभ्यास र सल्लाहको वातावरण हुनुपर्नेमा जोड : माधव नेपाल

नेपालअखबार, पोखरा ।  नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधवकुमार नेपालले तत्काल कम्युनिस्ट पार्टीहरू बिचको एकता कल्पना नगर्न सुझाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट एकता नहुने वक्तव्य दिएका कारण एकता अहिले सम्भव नभएको बताएका हुन् । पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कम्युनिस्ट पार्टीहरू बिचको एकताबारे भ्रममा नपरी पहिले आफ्नै सङ्गठन सुदृढीकरणमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए । ‘अहिले कम्युनिस्ट पार्टीको बिचमा एकता गर्न सम्भव छैन भनेर महामहिम केपी शर्मा ओलीजीले भन्नुभएको छ,’ उनले भने, ‘त्यसैले तत्काल कम्युनिस्ट पार्टीहरूबिच एकता हुन्छ भनेर कसैले पनि कल्पना नगरे हुन्छ । पहिले आफू बलियो बनौँ । हाम्रो पार्टी बलियो भएपछि मात्र अरूमा आशा जाग्छ र ध्यान आकर्षित हुन्छ ।’ नेता नेपालले पार्टीभित्र लोकतान्त्रिक...
संविधान संशोधन गर्नुपर्ने भए पनि त्यसको मेकानिजमको आधारमा गरिनुपर्ने :पूर्वप्रधानमन्त्री झलनाथ खनाल
राजनीति, विचार, समाचार

संविधान संशोधन गर्नुपर्ने भए पनि त्यसको मेकानिजमको आधारमा गरिनुपर्ने :पूर्वप्रधानमन्त्री झलनाथ खनाल

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अनाडीहरूबाट संविधान संशोधन नगरिने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् । संविधान संशोधन एउटा लचिलो दस्तावेज भए पनि संशोधनको नाममा बाँदरको हातमा नरिवल बन्न दिन नहुने खनालको भनाइ छ । संविधान संशोधन गर्नुपर्ने भए पनि त्यसको मेकानिजमको आधारमा गरिनुपर्ने उनले बताए । देशमा अहिले राजनीतिक लगायत अनेक खालका चुनौतीहरू रहेको भन्दै उनले मुलुकको संविधानमाथि नै खतरा देखा परेको उनले बताए । खनालले भने, ‘आज यो देशमा जुनखालका चुनौतीहरू देखापरिरहेका छन् । राजनीतिक चुनौतीदेखि लिएर यो देशको अस्तित्वमाथि खतरा आइरहेको छ । गणतन्त्रमाथि खतरा आइरहेको छ । अहिलेको संविधानमाथि खतरा आइरहेको छ । संविध...
‘नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई सिध्याउने गरी भदौ २३ र २४ को प्रतिगामी षडयन्त्र : पूर्वप्रधानमन्त्री ओली
राजनीति, विचार, समाचार

‘नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई सिध्याउने गरी भदौ २३ र २४ को प्रतिगामी षडयन्त्र : पूर्वप्रधानमन्त्री ओली

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ बाट सुरु भएको प्रतिगमनको सिलसिला जारी रहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ लाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई सिध्याउने गरी भदौ २३ र २४ को प्रतिगामी षडयन्त्र भयो’, ओलीले भने–  ‘त्यस षडयन्त्रले वैधानिक सरकारलाई विस्थापित गर्‍यो । सरकार बनाउने वैधानिक संसद् विघटन गरेर असंवैधानिक सरकार बनाइयो ।’ उनले आफूहरूका केही कमीहरू रहे आत्मसमीक्षा गर्न सकिने बताए । ‘तर हामीले देश बर्बाद पार्‍यौ भन्ने भाष्य गलत हो । प्यारामिटरहरु हेरौँ । देशद्रोही काम गरेर, विकासका काम नगरेर होइन,...
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : पूर्वप्रधानमन्त्री नेपाल
राजनीति, विचार, समाचार

लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : पूर्वप्रधानमन्त्री नेपाल

नेपालअखबार,काठमाडौँ ।नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद(जवज) पुरानो भयो भन्दैमा अवमूल्यन गर्न नहुने बताएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । झण्डै दुई तिहाइ शक्ति नजिक पुगेको कम्युनिस्ट पार्टी के कारणले कमजोर भयो भनेर आत्ममूल्यांकन गर्न सक्नुपर्ने बेला आएको भन्दै नेपालले हामीमा के–के विकृति र विसङ्गति आए भनेर आत्मसमिक्षा गर्नुपर्ने बताए। मदन भण्डारीका खुबी र दुरदृष्टिको अनुसरण गर्न सक्नुपर्ने भन्दै उनले वास्तविकताको धरातलमा उभिएर कुनै पनि चुनौतीको सामना गर्न सक्नुपर्छ भन्ने उनको (मदन) वास्त...
विष्णु पौडैलको पक्राउ पूर्वाग्रही र प्रतिशोधपूर्ण, प्रतिवाद गर्छौं- शंकर पोखरेल
राजनीति, विचार, समाचार

विष्णु पौडैलको पक्राउ पूर्वाग्रही र प्रतिशोधपूर्ण, प्रतिवाद गर्छौं- शंकर पोखरेल

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सरकारले प्रतिशोध र पूर्वाग्रह साँधेर पक्राउ गरेको आरोप लगाएका छन्। सोमबार प्रहरीले सुर्खेतबाट उपाध्यक्ष पौडैललाई पक्राउ गरेको थियो। महासचिव पोखरेलले फेसबुकमार्फत वक्तव्य सार्वजनिक गरी पार्टी कार्यक्रममा सुर्खेत रहेको बेला नियोजित रूपमा पक्राउ गरिएको आरोप लगाएका हुन्। सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकले फोनमा कुराकानी गरेर काठमाडौं आएपछि सम्पर्कमा आउनू भनेको तर त्यसको केही समयपश्चात सुर्खेत प्रहरीलाई पत्राचार गरी नियन्त्रणमा लिएको महाचिव पोखरेलले बताएका छन्। 'यो घटनाले राज्यका अनुसन्धान गर्ने निकायलाई अदृष्य शक्तिकेन्द्रले संचालन गरेको देखिन्छ,' उनले भनेका छन्। महासचिव पोखरेलले राज्यका निकाय स्वतन्त्र र निष्पक्ष हुनुपर्ने र उसका निर्णयहरू राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा सस्तो लोकप...
देश र जनतालाई केन्द्रमा राखेर सामाजिक–आर्थिक रुपान्तरणको एजेण्डासहित अघि बढिरहेको दाबी : सहसंयोजक नेपाल
राजनीति, विचार, समाचार

देश र जनतालाई केन्द्रमा राखेर सामाजिक–आर्थिक रुपान्तरणको एजेण्डासहित अघि बढिरहेको दाबी : सहसंयोजक नेपाल

नेपालअखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले पार्टी देश र जनतालाई केन्द्रमा राखेर सामाजिक–आर्थिक रुपान्तरणको एजेण्डासहित अघि बढिरहेको दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । केही व्यक्तिहरूले पार्टीबारे नकारात्मक प्रचार गरिरहेको भन्दै भ्रममा नपर्न समेत पार्टीपंक्तिलाई आग्रह गरे । ‘कोही कोही मान्छेहरु नकारात्मक प्रचार गरेर हिँडिरहेका छन् । तर हामीले बुझिरहेका छौँ जुन पार्टी देशलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्दछ, जुन पार्टी जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्छ, जुन पार्टी विश्वास भावले  समाजमा आमुल परिवर्तनको सामाजिक आर्थिक रुपान्तरणको एजेण्डा लिएर अगाडि बढ्छ,’ उनले भने । उनले देशलाई केन्द्रबिन्दुमा राख्ने, जनताका मुद्दालाई प्राथमिकतामा राख्ने र समाजमा आमूल परिवर्तन ल्या...
करका दर हरेरफेरमा अर्थमन्त्रीले राज्यलाई अर्बौं नोक्सानी पुर्‍याएको ज्ञानेन्द्र शाहीको आरोप
राजनीति, विचार, समाचार

करका दर हरेरफेरमा अर्थमन्त्रीले राज्यलाई अर्बौं नोक्सानी पुर्‍याएको ज्ञानेन्द्र शाहीको आरोप

नेपालअखबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हरेरफेर गरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  राज्यलाई अर्बौं नोक्सानी पुर्‍याएको आरोप लगाएका छन् । ‘बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौं रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईंले  सहयोग गर्नुहोस्’ शाहीले सामाजिक सञ्जालमा लेखेका छन् । करका दर हेरफेर गरेको आरोपका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न अर्थमन्त्री वाग्ले तयार नभएको सन्दर्भमा उनले यस्तो बताएका हुन् । संसदीय दलका नेता शाही अगाडि लेख्छन्, ‘यदि तपाईंले कुनै गल्ती गर्नुभएको छैन र सबै प्रक्रिया पारदर्शी ढंगले सम्पन्न भएको हो भने संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सत्य तथ्य बाहिर ल्याउने सबैभन्दा उचित माध्यम ...